धनाढ्यहरुले कसरि फैलाए विश्वभरि कोरोना भाईरस ?

हरेक हप्ता कि ठूला विमान कि त निजि जेटहरु मार्केस, लण्डन, मस्को, फ्लोरिडा, सांघाई, पेरिस, जेनेभा, जुरिच, टोकियो, वा स्टकहोम उड्छन् । सामाजिक संस्थाका भेटघाट, बैठक, सम्मेलनमा भाग लिन । कि अनेक खाले पर्व मनाउन । ति सबै ठाउँ अन्तर्राष्ट्रिय स्तरका जेटहरुद्वारा पुगिन्छ । मानिसहरुलाई थाह नभएको होइन, विश्वका कुनाकाप्चा पुग्न यसरि गरिने यात्रा जोखिमयुक्त हुन्छ । अहिले यो सिद्द भयो ।

कोरोना भाईरस पहिले धनाढ्यहरुकालागि खोलिएका स्की रेसर्टहरुमा पस्यो । अष्ट्रियामा कोरोना भाईरस सबैभन्दा पहिले इच्गल (Ischgl) अर्थात् इबिजा अफ द आल्प्स (nicknamed “Ibiza of the Alps) भन्ने स्कि रेसर्टमा भित्रियो । यहिँबाट अस्ट्रियाभरि कोरोना फैलिने मुख्य माध्यम बन्यो । त्यसपछि कोरोना भाईरस पेरिसको हिल्टन होटेलमा देखियो । बिदा मनाउन पेरिस आएका सयौं धनाढ्यहरुले पेरिसमा बसेका धेरै धनाढ्यलाई सारिदिए । हिल्टनबाट कोरोना बोकेर विश्वका धेरै शहर पुर्याए ।

स्विजरल्याण्डमा सबैभन्दा पहिले भेर्बियर (Verbier) स्की रेसर्टमा देखियो । त्यहाँ खरबपती रसियन र बेलायतीहरु थिए । तिनले यहिँबाट कोरोना लिएर आफ्नो देशका बिभिन्न थलो पुगे । स्विस प्रेसका अनुसार पार्टी र भोजभतेर, न्रित्य र गायनमा जमघट हुँदा यि धनाढ्यले सायद अन्य सयौंलाई सारिसकेका थिए । यि उडेर प्रिथ्वीको चारै कुना गए । भाईरसपनि लगे ।

फ्रान्समा युक्रेनी राजनीतिज्ञहरू र व्यवसायीहरू कुर्सेभाल स्की रेसर्ट (Courchevel station) मा विशेष पर्व मनाउन आएक थिए फर्वरी महिनामै । त्यहाँ अन्य क्षेबाटपनि केहि धनाढ्यहरु पुगेका थिए । त्यहि स्की स्टेशनमा धेरै मिसिए र कोरोना भाईरस एक अर्कामा संक्रमित भयो । तिनले अन्य धेरै शहर पुर्‍याए, धेरैलाई सारे ।

संयुक्त राज्य अमेरिकामा यो कोलोराडोको विसाली स्कि रेसर्ट भाइल (Vail) मा देखा पर्‍यो । त्यहाँ धनाढ्य मेक्सिकनहरु मार्च महिनामा रमाईलो गर्न गएका थिए । ति फर्किएपछि उनीहरूले मेक्सिकोमा भाईरस भएको सार्वजनिक गरे । टकिला भनिने प्रसिद्द पेय पदार्थका मालिक जोसे कुर्भो र मेक्सिको स्टक एक्सचेन्जका निर्देशक जैमे रुइज सक्रिस्तान संक्रमित भएको खबर बाहिर आयो ।

उरुग्वेमा यो भाइरस प्रसिद्द डिजाइनर कारमेला होन्तुले लिएर गए । उनी स्पेनको राजधानी म्याड्रिडको विवाह समारोहमा भाग लिएर उरुग्वे फर्किएका थिए । त्यो विवाहमा पाँच सय जनाले भाग लिएका थिए ।

ब्राजिलमा, इटालीबाट फर्केका धनी पर्यटकहरूले कोरोना लिएर फर्किए । विश्वभरि व्यापारी र चीनबाट फर्केका मानिसहरुले आफ्नो देशलाई संक्रमित बनाए ।

नाइजेरियाका राष्ट्रपतिलाई कोरोना भाइरस लागेको हुन सक्छ । किनभने उनका घनिष्ठ सहयोगीको कोरोना भाईरसबाट म्रित्यु भएको छ । उनी बेलायतको एक अस्पत्तालमा उपचार गरेर नाईजेरिया फर्किएका थिए र बेलायतबाट कोरोना भाईरस सारेको त्यहाँका अधिकारीहरुको भनाई छ ।

बुर्किना फासोका केही मन्त्रीहरूमापनि कोरोना भाइरस लागेको हुनसक्छ । किनकि ति पनि बेलायतबाट फर्किएका थिए । कंगोका राष्ट्रपति ज्याक जोआसिम योम्बीको फ्रान्सको एक अस्पत्तालमा कोरोना भाईरसको उपचारकै क्रममा म्रित्यु भएको थियो । उनीसित धेरै कंगोलीको भेट भएको र उनका आफन्त सबै कंगो फर्किएका थिए ।

तपाइँको प्रतिक्रिया