कहाँ छन् डा गोबिन्द केसी ?

सधैं चर्चामा आइरहने डा. गोबिन्द केसी यस्तो संकटका बेला कहाँ छन् होला ? कतै लुकेर बसेका छन् ? सेवामा हुँदा चर्चामा आइरहने उनी सेवा निब्रित्त भएपछि सबै छोडेर चुपचाप बसेका हुन् ? पटक्कै होइनन् । उनी सुदूरपस्चिमका बिकट गाउँमा असहाय विरामीको सेवामै जुटेका छन् ।

डडेल्धुराको अमरगढी नगरपालिका– ५ मा पर्ने किर्तिपुरबजारमा बस्छन् उनी । रन्जु दर्शनाले फेसबूकमा राखेको जानकारि अनुसार डडेल्धुरा अस्पतालमै कार्यरत एक कार्यालय सहयोगीको घरमा उनी दिनको चार सय भाडा तिर्ने गरी एउटा कोठा लिएर बस्छन । त्यो भाडा उनी आफ्नो गोजीबाट तिर्छन । अस्पतालमा पुगेपछि उनी सिधै आफ्ना बिरामी जाँच्न पुग्छन ।

दुई महिना निशुल्क स्वास्थ्य सेवा प्रदान गर्न भनेर डा गाविन्द केसी गत फागुन २० गते डडेल्धुरा पुगेका डा. के सीबाट डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला र डोटीका हाडजोर्नी सम्बन्धी समस्या भएका धेरैले विशेषज्ञ चिकित्सा सेवा पाएका छन् ।

लकडाउन अघिसम्म उनीसँग उपचार गराउन धेरैको भिड लाग्ने गरेको थियो । तर आजभोली लकडाउनका कारण बिरामीको चाप भने केही कम भएको अस्पतालले जनाएको छ ।

(फोटो-सन्जिव कार्की)

तपाइँको प्रतिक्रिया