स्विजरल्याण्डका अस्पत्तालहरु आर्थिक संकटमा

विश्वकै धनी देशहरु मध्येको देश स्विजरल्याण्डका अस्पत्तालहरु कोरोना भाइरसबिरुद्द लडिरहेका बेला आर्थिक संकटमा परेका छन् । कोरोना भाईरसबिरुद्द लड्दालड्दै अस्पपत्तालहरुको बित्तिय अवस्था कमजोर भएकाले तिनले आर्थिक सहयोगको याचना गरिरहेका छन् । साथै तिनले गैह्र आपतकालिन प्रक्रियाहरुमा लगाइएको प्रतिबन्ध हटाउनसमेत माग गरेका छन् ।

कोरोना भाईरसबिरुद्दको लडाईका लागि भन्दै गैह्र आपतकालिन कतिपय प्रक्रिया र काममा प्रतिबन्ध लगाएकालेपनि अस्पत्तालहरुले राजस्व गुमाएको जर्मन भाषाको अखबार सोनटाग जैटुङले उल्लेख गरेको छ ।

सरकारी प्रक्रिया झन्झटिलो र लामो भएकाले आफ्ना कर्मचारीहरुलाइ तत्कालै तलब बाँड्नपनि अस्पत्तालहरुले सरकारसित नगद रकम माग्न थालेका छन् । “हामीलाई तलब भुक्तानी गर्न नगद चाहिन्छ” भालेज अस्पत्तालका निर्देशक ह्युगो बेर्गेनेर भन्छन् “हामीले केहिदिनभित्र ग्रोभेन्डेन प्रान्तिय अस्पत्तालकालागिपनि २ करोड डलर उठाउनुपर्ने छ” ।

आफ्नो कोष रित्तो भएका अन्य निजि स्तरका क्लिनिक र अस्पत्तालहरुलेपनि आर्थिक सहयोगकालागि स्विस हस्पिटल्स एसोसिएसनसित माग गरेका छन् । यो एसोसिएसनमा दुई सय २० वटा अस्पत्तालहरु आवद्द छन् । स्विस सरकारले आपतकालिन र तात्कालिन सेवा तथा प्रक्रियामा रोक लगाएकालेपनि अस्पत्तालहरुको आय घटेको हो ।

“यस्ता प्रक्रिया खुकुलो नपारे महामारीको संकट निम्तिएका बेला झनै अस्पत्ताल र क्लिनिकहरु राज्यमाथि आश्रित हुनुपर्ने अवस्था आउन सक्छ” स्विस हस्पिटल्स एसोसिएसनकि प्रबक्ता डोरिड डिजेलिद भन्छिन् ।

यो बेलामा स्कि (हिम चिप्लेटी) खेल बन्द हुनुपनि अस्पत्तालहरुको आय घट्नुको कारण हो । स्की रेसर्टहरुमा बिदामा जानेहरु हिम चिप्लेटी खेल्दा दूर्घटनामा परेर धेरै विरामी आउने र तिबाट राम्रो आय हुने उनको भनाई छ । हाल होटेलहरु बन्द बहेकाले पर्यटक छैनन् र रेसर्टहरु बन्द छन् ।

यहि बेला कोरोना भाइरसको संक्रमणले गर्दा अस्पत्तालहरुको खर्चपनि बढेको छ । कोरोना भाईरस बिरुद्दकोलागि थप उपकरण र बचाउका साधनमा थप खर्च भएको छ । अस्पत्तालहरुले अतिरिक्त बेड थपेका छन् र अस्पत्तालमा विरामीहरुलाई छुट्टाछुट्टै राख्नकोलागि पर्खाल लगाएर कोठाहरु अलग पारिएको छ । यसलेपनि अस्पत्तालहरुको खर्च बढेको उनको तर्क छ ।

अस्पत्तालहरुको यो माग र संकटलाई टार्न प्रान्तिय सरकारहरुले के कसरि सहयोग गर्न सकिन्छ भनेर छलफल थालेको सोनटाग जैटुङले जनाएको छ ।

तपाइँको प्रतिक्रिया