धनी देशले गरिब देशलाई रोके औषधी र उपकरण

कोरोना भाईरसको संक्रमण विश्वभरि फैलिएसँगै औषधी उत्पादक करिब ५० देशले आफ्नो देशबाट औषधी बिक्रिमा रोक लगाए । सपन्न देशका यस्तो निर्णयले गरिब देश मारमा परिरहेका छन् । तिनले भेन्टिलेटर आपूर्तिमा समेत रोक लगाइदिएपछि जटिल स्वास्थ्यको उपचारमा झनै समस्या थपिएको छ ।

कोरोना भाईरसले अति उग्र रुप लिएको गत १५ दिनबाट हो । यो बिचमा युरोप, अष्ट्रेलिया, जापान हुँदै कोरोना भाईरस विश्वका एक सय ८५ भन्दा बढि देशमा फैलियो । कोरोना भाईरस फैलिएसँगै औषधी र स्वास्थ्य उपकरणहरुको संकट साना देशहरुले भोगिरहेका छन् । साना देशका नागरिकको उपचारमा जटिलता थपिएको छ ।

स्विजरल्याण्डको सेन्ट ग्यालेनस्थिय एक विश्वबिध्यालायले यसका बारेमा अध्ययन गरेको छ । गएको तिन हप्ता कोरोनाको संक्रमणले तिब्रता पायो । अहिले झन केहि मुलुकमा त्यसको प्रभाव बढ्दो छ । मार्चको २१ सम्मनै ४६ वटा आपूर्ति कम्पनीहरुले निकासी बन्द गरिदिएका थिए । तिनमा ५४ मुलुक थिए । अर्थ, केहि आपूर्ती कम्पनी एउटैले केहि मुलुकका स्वास्थ्य उपकरण आपूर्ति गर्छन् । त्यसैले २१ मार्च सम्म ५४ मुलुकले स्वास्थ्य उपकरण आफ्नो देशबाट निकासीमा प्रतिबन्ध गरेका थिए । स्विजरल्याण्डको सेन्ट गालेन बिश्वबिध्यालयले निकालेको रिपोर्टमा त्यस्तो उल्लेख गरिएको छ ।

यो अध्ययनका मुख्य पात्र जिम एभरेटका अनुसार कोरोना भाईरस फैलिएसँगै आपूर्ती कम्पनीहरुले रोक्का गरेका स्वास्थ्य उपकरण मध्ये भेन्टिलेटरहरुको अभाव गम्भिर समस्या हो । फोक्सोको समस्या धेरै विरामीमा हुन्छ र तिनको उपचारका लागि भेन्टिलेटर चाहिन्छ । कोरोना लागेर विरामी परेकालाई फोक्सोको उपचार गर्नैपर्छ । त्यसकालागि भेन्टिलेटर अत्यावश्यक हो ।

हाल मेडिकल भेन्टिलेटरहरु निकासी गर्ने २५ मुलुकमध्ये ल्याटिन अमेरिकाबाट एउटा मुलुक मात्रै छ । तर अफ्रिका, मध्य एशिया, मध्यपूर्व र दक्षिण एशियाबाट एउटापनि मुलुकले निकासी गर्ने क्षमता राख्दैन । निकासी गर्दैन । बरु ति महादेश र क्षेत्रका मुलुकलाई आफैंलाई चाहिने भेन्टिलेटर र अन्य चिकित्सकिय उपकरण आफूलाई आवस्यक पर्ने मात्रामैपनि उत्पादन गर्ने क्षमता राख्दैनन् । तिनलेपनि युरोप र अन्य मुलुकका ५२ मुलुक मध्ये कुनैबाट ल्याउनुपर्छ, आफ्नै खाँचो टार्नपनि ।

तत्कालकालागि युरोपेली युनियनले भेन्टिलेटरहरुको निकासीमा बन्देज गरेको छ । यद्दपि यसलाई खुल्लमखुल्ला सार्वजनिक गरिएको छैन । युरोपेली मुलुककहरुलेनै निकासीमा बन्देज गरेपछि बाँकि अन्य मुलुकबाट निकासी गर्नेहरुलाई भार परेको छ । र तिनको उत्पादन क्षमता आपूर्ति गर्नुपर्ने भन्दा नाघिसकेको छ । त्यसैले बढ्दो मागलाई उनीहरुले धान्न सक्ने अवस्थामा छैनन् ।

स्विजरल्याण्डको हामिल्टन मेडिकलका अनुसार विश्वमा अहिले भेन्टिलेटरको माग वार्षिक लगभग एक अरब अमेरिकि डलर राशी बराबरको छ । स्विजरल्याण्डले २५ करोड डलर बराबर आपूर्ति गर्छ । भ्यान्टिलेटर उत्पादक कम्पनीहरुमा मुख्य त अमेरिकाको रेस्मेड, स्विडेनको गेटिन्ज, जर्मनीको ड्रागेरवेर्क र चिनको हेइजिङ आयोन्मेड हुन् ।

विश्वको सबैभन्दा ठूलो भेण्टिलेटर उत्पादक कम्पनी मध्ये स्विजरल्याण्डको एक हामिल्टन मेडिकलले यो वर्ष २१ हजार भेन्टिलेटर उत्पादन गर्‍यो । गत साल १५ हजार मात्रै उत्पादन गरेको थियो । माग धेरै आएकोले उत्पादन बढाएपनि माग अनुसार उत्पादन गर्न नसकेको कम्पनीले जनाएको छ । धेरै ठाउँबाट माग आएकोले कता पठाउने  कम्पनीलाई निर्णय गर्न मुस्किल परेको छ ।

तपाइँको प्रतिक्रिया