कोरोनालाई बाटो छेक्दा गम्भिर विरामीलाई मार

नुवाकोटको तादी गाउँपालिकाका नागरिकले गाउँमा कोरोना भाईरस नछिरोस भनेर सडक बन्द गरिदिए । कोरोनाको बाटो छेकेर गाउँ पस्न नदिने भन्दै रुख काटेर बाटोमा ढलाए । तर गम्भिर विरामी परेकाहरुलाई एम्बुलेन्समा हालेर अस्पत्ताल पुर्‍याउन नपाउँदा विरामीको ज्यान जोखिममा पर्नसक्ने भन्ने बुझेनन् ।

तादी गाउँपाकिकाको वडा नम्बर ५ स्थित कटुन्जेमा स्थानीयबासीले विभिन्न स्थानमा रुख काटेर ढलाएका थिए । सडक अवरोध गर्नेलाई बिरामी लैजानकालागि बाटोको अवरोध हटाउन पटक पटक अनुरोध गर्दा मानेनन् । उल्टै ‘बिरामी बोकेर लानु यो कुनै हालतमा हटाईन्न’ भन्ने जवाफ दिएपछि  अन्योलपूर्ण अवस्थाको सृजना भयो । विरामीका आफन्तले सम्बन्धित निकायहरुमा जानकारी गराएर बाटो खुलाए ।  सडक खुलाउन उनीहरुले तादी गाउँपालिकाका अध्यक्ष लगायत ईलाका प्रहरी कार्याल खरानिटारकोसमेत सहयोग लिएका थिए ।

(फोटो स्रोत- महेन्द्र कुमार महेन्द्र)

तपाइँको प्रतिक्रिया