कोरोना महिलामा भन्दा पुरुषमा बढि किन ?

स्विजरल्याण्डमा कोरोना भाईरस संक्रमणले अस्पत्ताल भर्ना भएका १० जना मध्ये छ जना पुरुष पर्छन् । अर्थात् कोरोना संक्रमण पुरुषमा ५८ प्रतिशत देखिन्छ । अझ कोरोना भाईरसकै कारण म्रित्यु हुनेमा त झन पुरुषहरुको संख्या ६० प्रतिशत र महिलाको ४० प्रतिशत मात्रै छ । किन कोरोना भाइरसले पुरुषहरुलाई बढि संक्रमित गर्छ त ?

पुरुषहरुलाई किन बढि आक्रमण गर्छ भन्ने स्पष्ठ जवाफ त देखिन्न । तर चिनमा सार्वजनिक तथ्यांकलेपनि पुरुषहरुमै बढि संक्रमित देखिएको थियो । एस आर एफ न्युजका अनुसार एउटा कारण के हुनसक्छ भने पुरुषहरुले बढि धुमपान गर्छन् । चिनमा ५० प्रतिशत भन्दा बढि पुरुषहरु धुमपान गर्छन् । महिलाहरु भने निकै कमले मात्रै गर्छन् । चिनमा धुमपान गर्नेहरुमा बढि संक्रमित भएको देखियो ।

तर सबै देशमा चिनमा जस्तै नहुनपनि सक्छ । स्विस धुमपानकर्ता मध्ये महिला र पुरुषबिचमा उति भिन्नता देखिएन । किनभने स्विजरल्याण्डमा महिलाहरुलेपनि धुमपान झण्डै पुरुष सरह गरेको देखिन्छ । अर्थात् महिला र पुरुष धुमपानकर्तामध्ये पुरुष धुमपानकर्ता केहि प्रतिशत मात्रै बढि देखिन्छ ।

अर्को कारण महिला र पुरुषको शरिरमा भएको रोग निरोधक क्षमता हो । यौनसित संवन्धित हर्मोनहरु ओइस्ट्रोजिन र टेस्टोस्टेरोन यिनले फरक तरिकाले भूमिका खेल्छन्, महिला र पुरुषको शरिरमा । यि दुई हर्मोनले फरक तरिकाले भूमिका खेल्दा र प्रभाव पार्दा रोग निरोधक क्षमतामापनि फरक पर्छ । महिलाहरुमा यि हर्मोनले रोगसित लड्नुपर्दा छिटो र अझ बलियो तरिकाले भूमिका खेल्छन् ।

अरु कारण के हुन सक्छन् ? पुरुषहरुले भन्दा महिलाले स्वस्थ खाना र स्वस्थ जिवन पद्दतीमा ध्यान दिन्छन्  । तर यो कारणले कोरोना भाईरस संक्रमणमा भूमिका खेलेको छ कि छैन भन्ने चाहिँ स्पष्ठ छैन । तर एउटा कुरा के स्पष्ठ हो भने पुरुषहरु महिलाहरुभन्दा कम जान्छन् चिकित्सककहाँ र उपचार गराउन ढिलोपनि जान्छन् । महिलाहरु केहि हुनासाथ चिकित्सककहाँ छिटो जान्छन् । उपचारमा अग्रसर भैहाल्छन् । यसो गर्दा के हुन्छ भने पुरुषको शरिरलाई रोगले बढि गाँज्छ वा रोग धेरै समय फैलिन्छ र शरिरलाई कमजोर बनाउँछ । यो कारणले गर्दा पुरुषहरुको म्रित्युपनि बढि हुन्छ ।

स्विजरल्याण्ड कोरोना भाइरसबाट धेरै प्रभावित देश मध्ये एक हो । यहाँ मंगलवारसम्म १६ हजारमा कोरोना भाईरस संक्रमित भएको थियो । ति मध्ये ३५० जनाको म्रित्यु भएको थियो ।

तपाइँको प्रतिक्रिया