औलोकै औषधीले कोरोना निको हुने स्विस दाबी, अमेरिकाले तिन करोड बूक गर्‍यो

स्विजरल्याण्डको फर्मास्युटिकल कंपनीले औलोको औषधीबाटै कोरोना भाईरसको उपचार गर्न सकिने दाबी गरेको छ । स्विजरल्याण्डको नोभार्टिस कम्पनीले हाईड्रोक्सीक्लोरोकिन भन्ने औलोको उपचारका लागि प्रयोग गरिएको औषधीलेनै कोरोना भाईरसको उपचार गर्न सकिने दाबी गरेको हो । कोरोना भाईरसको उपचारकै लागि यो कपनीले १३ करोड मात्रा दान गरिसकेको दाबीसमेत गरेको छ ।

“जनावरहरुमा गरिएको पूर्व क्लिनिकल अध्ययन र क्लिनिक्ल अध्ययनको पहिलो तथ्यांकले के देखाउँछ भने हाईड्रोक्सीक्लोरोकिनले कोरोना भाईरसलाई मार्दछ” नोभोर्टिस कंपनीका प्रमुख कार्यकारी निर्देशक भास नारासिंहले स्विजरल्याण्डको सोन्टागजिटुङ अखबारसित भने ।

नोर्भोर्ट्स जस्तै अन्य कंपनीलेपनि हाईड्रोकिक्लोरोकिन उत्पादन गर्छन् । स्विजरल्याण्डको नोभोर्टिस कंपनीले उत्पादन गर्ने यो हाइड्रोक्सिक्लोरोकिनले छालाको क्षयरोग र जोर्नीदोशको पनि उपचार गर्छ । अहिले नोभोर्टिस कंपनीले स्विजरल्याण्डका अस्पत्तालहरुसित क्लिनिकल प्रयोगकालागि मिलेर काम गर्न लागिरहेकोपनि नरसिंहले बताए ।

उनका अनुसार हाइड्रोक्सीक्लोरोकिन र अर्को एक यसैसित सम्बन्धित औषधि क्लोरोकिन, कोरोना भाईरस (कोविड १९) को उपचारको लागि क्लिनिकल परीक्षणमा हाल मूल्यांकन भइरहेको छ ।

नोवार्टिसले यसअघिनै यो औषधी १३ करोड मात्रा र दुई सय ग्रामका पाँच करोड माता सहितको औषधी दिने प्रतिबद्दता गरिसकेको थियो । संयुक्त राज्य अमेरिकालेनै तिन करोड मात्रा लिने सहमति गरिसकेको छ ।

“नोवार्टिसले विश्व स्वास्थ्य संगठनलगायत सरोकारवालाहरुसँग मिलेर काम गर्ने छ । साथै विश्वव्यापी रूपमा यस औषधीको खाँचो पर्ने बिरामीहरूको व्यापक पहुँच सुनिश्चित गर्न औषधिको उत्तम वितरण निर्धारण गर्न काम गर्नेछ,” कम्पनीले भनेको छ ।

अन्य नोवार्टिस औषधिहरूपनि कोरोना भाईरस (कोभिड १९) को सम्भावित उपचारको रूपमा पनि खोजी गरिएको छ । ति मध्ये मल्टिपल स्क्लेरोसिस औषधि एक हो । अर्को गिलन्या र क्यान्सर औषधि जाकावी पनि रहेको नरसिंहले बताए ।

अन्य औषधि फर्महरूले पनि बिरामीहरूलाई सम्भावित कोरोनाभाइरस औषधि ल्याउने काम गरिरहेका छन् । ती मध्ये रोचे कंपनी एक हो जसले सम्भावित नयाँ कोविड १९ को औषधि अटेमेराको क्लिनिकल परीक्षण सुरू गरिसकेको छ ।

स्विस औषधि निर्माताले युएस फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) र अमेरिकी सरकारसँग काम गरिरहेको छ । साइटोकिन रिलीज सिन्ड्रोम र रुमेटोइड अर्थात् रुघाखोकी, र्याल झर्ने आदि जस्ता रोगहरुको उपचार गर्न प्रयोग गरिने औषधिको सुरक्षाको मूल्यांकन गर्न तेस्रो तहको परिक्षणको चरणमा छन् ।

तपाइँको प्रतिक्रिया