पोर्चुगलका सात नेपालीमा कोरोना भाईरस संक्रमण

पोर्चुगलको राजधानी लिस्बोनमा रेस्टुरेन्ट ब्यवशाय गर्दै आएका एक नेपालीसहित सात जनामा कोरोना भाईरस संक्रमण भएको छ । लिस्बोनको मार्कोस पोम्बल भन्ने ठाउँमा बस्ने तिमध्ये दुई जनालाई लिस्बोनकै अस्पत्तालमा उपचार गर्न राखिएको छ । बाँकि छ जना मध्ये एक वालक छन् र उनको रिपोर्ट आउन बाँकि छ । बाँकि पाँच जनामा कोरोना संक्रमण भएपनि सामान्य रहेकाले चिकित्सकको निगरानीमा आफ्नै घरमा कोरोन्टाईनमा बसेका छन् ।

संक्रमित मध्ये एक जनालाई दुईहप्तादेखि ज्वरो आएको थियो । चिकित्सकले औषधी दिएपनि सन्चो नभएपछि परिक्षण गर्दा उनमा कोरोना भएको पुष्टि गरेका थिए । तिनै ब्यक्तिबाट एउटै फ्ल्याटमा बस्ने अन्य सात जनामा कोरोना भाईरस् सरेको आशंका चिकित्सकहरुले गरेका छन् ।

बाँकि पाँच जनाको अवस्था सामान्य रहेकाले चिकित्सकहरुको निगरानीमा आफ्नै कोठामा आइसोलेसनमा बसेको लिस्बोनका पत्रकार राजकुमार थापाले बताए । ति पाँच जना मध्ये दुई जना मधुमेहका रोगी छन् ।

लिस्बोनमा कोरोना संक्रमितहरुको संख्या दिनदिनै बढेकाले अस्पत्तालमा बेडको अभावका कारणपनि सामान्य खालका विरामीलाई घरैमा आइसोलेसनमा बस्न लगाएको जानकारिपनि थापाले दिए ।

तपाइँको प्रतिक्रिया