अमेरिकामा कोरोनाले दुई लाखको ज्यान लिनसक्ने चेतावनी

अमेरिकाले उपचार, नियन्त्रण र सतर्कतामा उच्च सावधानी नपुर्‍याए दुई लाख भन्दा बढि नागरिकको कोरोना संक्रमणबाट म्रित्यु हुन सक्ने चेतावनी दिएका छन् । कोरोना भाइरस बिरुद्दको लडाईमा अमेरिकी तयारिप्रति असन्तुष्ट डा अन्थोनी फोसीले यस्तो चेतावनी दिएका हुन् । उनी अमेरिकाको नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिज (एलर्जी र संक्रमित रोग) का निर्देशक हुन् ।

“अहिलेको जुन अवस्था देखिएको छ त्यसलाई हेर्दा मेरो बिचारमा एक लाखदेखि दुई लाखको म्रित्यु कोरोना भाईरस संक्रमणबाट हुने लक्षण देखिन्छ ‘ उनले भनेका छन् ।’ उनका अनुसार अमेरिकाका अन्य क्षेत्रबाट भन्दा संक्रमित भएर अस्पत्ताल धाउनेको संख्या न्युयोर्कबाट ६५ प्रतिशतले बढि छ ।

चिकित्सक र विशेषज्ञहरुले न्युयोर्क शहरलाई पूर्णरुपमा बन्द गर्नुपर्ने माग गरिरहेका छन् । तर राष्ट्रपती डोनाल्ड ट्रम्पले त्यसमा आनाकानी गरिरहेको आरोप लगाएका छन् । पूर्णरुपमा बन्द नगरे कोरोनाको भाईरसले सारा अमेरिकालाई गाँज्ने चेतावनी उनीहरुको छ । यतिसम्मकी व्हाईट हाउसका संक्रमित रोग टास्क फोर्सका डेबोरा बिर्क्ससमेतले उचित ध्यान दिन नसके यसले समग्रमा अमेरिकाभरिनै ठूलो क्षती पुर्‍याउने चेतावनी दिएकि छन् ।

ल मोंद पत्रिकाका अनुसार न्युयोर्कका गभरनर आन्ड्रियु कुओमोले त एकदमै कडा, नियत्रित क्वारेन्टाईन तरिका अपनाउन नसके संघिय क्षेत्रहरुबिच युद्दको घोषणा गरेजस्तै हुने चेतावनी दिएका छन् ।

ईस्टर पर्व आउने बेलासम्म बजार निति खुला र सार्वजनिक जिवनलाई खुला गराउन सकिन्छ भन्ने ट्रपको भनाईमा स्थानिय निकाय, प्रशासन र स्वास्थ्यकर्मीहरुले ब्यापक आपत्ति जनाएका छन् । अस्पत्तालहरुमा आवश्यक उपकरण र ब्यवस्था, स्वास्थ्यकर्मीहरुको मागको पूर्ती र परिचालन रारोम्रोसित गर्न नसके अमेरिकी नागरिकहरुको स्वास्थ्य सुरक्षा गर्न नसकिने चेतावनी उनीहरुले दिएका छन् ।

तपाइँको प्रतिक्रिया