नेपालमापनि स्वास्थ्यकर्मीको मनोबल बढाउन हरेक साँझ ताली
कोरोना भाईरसको संक्रमण बढेसँगै स्वास्थ्यकर्मीहरुको ब्यस्ततापनि बढेको छ । उनीहरुले आफ्नो जीवनको पर्वाह नगरि विरामीहरुलाई रातोदिन सेवा दिईरहेका छन् । त्यसैले तिनको मनोबल बढाउन, अन्तर्आत्मामा रहेको तिप्रतिको सम्मान र आभार प्रकट गर्न नेपालमापनि ताली बजाउने अभियान शुरु गरिएको छ । हरेक साँझ आठ बजे आआफ्ना झ्याल र कौशीमा निस्किएर एक मिनेट ताली बजाउने अभियान शुरु गरिएको हो ।
यो अभियान यहि चैत्र १५ गतेबाट शुरु गरिएको हो । यसलाई ब्यापक बनाउन सामाजिक सन्जालबाट आव्हान गरिएको छ । यस अघि यो अभियान ईटालीबाट शुरु गरिएको थियो । यसैलाइ पछ्याउँदै स्पेन र फ्रान्समापनि हरेक साँझ आठ बजे ताली बजाएर स्वास्थयकरीप्रति सम्मान प्रकट गरिन्छ ।
फ्रान्सका स्वास्थ्यकर्मीहरुले जनताले दर्शाएको यो स्नेहपछि मन छोएको र हौशला बढेको प्रतिक्रिया दिएका छन् ।





