पत्रकारले लिएर आएको कोरोनाले डेनमार्कलाई कत्रो घाटा
-सरस्वती कार्की / कोपनहेगन, डेनमार्क
एउटा पत्रकारले जहाँ गयो, जे देख्यो त्यसैमा समाचार देख्छ । कुन तरिकाले कसरि समाचार तयार गर्ने त्यसै पाटोबाट टिपोट तयार गर्छ । आफ्नो कर्म थलो पुगेपछि त्यहि टिपोटबाट समाचार लेख्छ । टेलिभिजन वा रेडियो भए समाचार बाचन हुन्छ । पत्रिकामा भए छापिन्छ ।
इटाली घुम्न गएका डेनमार्कका एक टेलिभिजनमा काम गर्ने पत्रकारले पनि यस्तै सोचेर आफ्नो थलो डेनमार्कको कोपनहेगन आए । तर उनले समाचार सँगै पत्तै नपाइ कोरोना भाइरस पनि ल्याए । डेनमार्कमा पहिलो पटक २५ फर्वरी कोरोना भाइरसको परिक्षण गर्दा तिनै पत्रकारलाइ पोजेटिभ देखियो । उनि स-परिवार इटाली घुमेर आएका थिए । तर परिवारका अरु सदस्यलाई भने संक्रमण देखिएन ।
एकजना डेनिश पत्रकारबाट देखिएको कोरोना भाइरस संक्रमणले मार्च २६ सम्ममा ४१ जनाको मृत्यु भएको छ । डेनमार्कमा १५९८१ जनाको टेष्ट हुँदा १८५१ जनालाई कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म एक जनामात्र बिरामी किनो भएर घर फर्केको छ । ती तिनै पत्रकार हुन्, जुन पहिलो संक्रमित थिए ।
यूरोपका अन्य मुलुकको तुलनामा डेनमार्कले लकडाउन छिटो गर्यो भन्ने छ । तर आंशिक लकडाउन भएकोले संक्रमितको संख्या भने बढिरहेको छ ।
स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य मन्त्रिप्रति नागरिकले असन्तुस्टी जनाउन थालिसकेका छन् – जुन अनुपातमा काम हुनुपर्ने हो हुनसकेको छैन । विश्व स्वास्थ्य संगठनले पनि भनिसकेको छ – डेनमार्कमा तिब्रताका साथ सम्भावित जनताको परिक्षण भएको छैन ।
पहिलो चरण मार्च १६ बाट डेनमार्कले स्कुल, कलेज, डेकेयर बन्द गर्यो । तर केहि डे केयर खुला छन् । दोस्रोमा रेस्टुरेन्ट, शैलुन, मसाज, हलहरु बन्द गर्यो । अप्रिल १३ सम्म यी बन्द रहने छन् । सरकारी कार्यालयहरु, खाद्य सामग्री पसल, टेक वे, सार्बजनिक यातायात बस, रेल, मेट्रो खुला छन् । कार्यालयको काम घरमै बसेर अनलाइन गर्नुपर्ने भनिएको छ । सडकमा, कार्यालयमा अत्यन्तै कम मान्छे देखिन्छन ।
कार्यालयका धेर थोर कामहरु अनलाइन मार्फत गर्न सकिन्छ, गरिरहेका पनि छन् । सरसफाइ गर्नुपर्ने काम अनलाइन गर्न सकिँदैन । एक दुइ जना कर्मचारी कार्यालय गएपनि धेर थोर फोहोर हुन्छ । प्रयोग भएपछि सफा गर्नुपर्छ । प्रयोग नभएपनि अन्य सफाई गर्नुपर्ने भनेर कामदारलाइ बाध्य पारिएको छ । किन कि बन्द भएपनि कामदारलाई तलब दिनुपर्ने सरकारको निर्देशन छ । तलब दिन नसक्ने साना कम्पनीहरुलाई सरकारले पनि सहयोग गरेको छ ।
सफाइको कामगर्ने अधिकांश बिदेशीहरु छन् । अधिकांश नेपालीहरुले सरसफाइ, होटल, रेस्टुरेन्टमा काम गर्ने हो । हामीलाई घर बस्न मन छ । तर काममा जानुपर्ने बाध्यता उत्तिकै छ ।
काममा जाँदा प्रयोग गर्ने बस, रेल, मेट्रोमा २, ४ जना यात्रु मात्र हुन्छन । के थाहा त्यहि २, ४ जनामा कोरोना भाइरस छैन भन्ने ? कोहीको श्रीमान, कसैको श्रीमती काममा जाने गरेका छन् श्रीमानबाट श्रीमती असुरिक्षत । श्रीमतीबाट श्रीमान असुरिक्षत । एउटा घर वा अपाटमेन्टमा कोठा साझेदारि गरेर बस्ने बिच त्यस्तै समस्या । खोइ हामी कोबाट को सुरिक्षत ? को असुरिक्षत ?
अस्पताल प्रयाप्त छैन । डाक्टर, नर्स प्रयाप्त छैनन् । स्वास्थ्यकर्मीले प्रयोग गर्ने सामग्री प्रयाप्त छैनन् । दिनहु संक्रमित बढिरहेका छन् । तर पनि डेनमार्कले पुरा लकडाउन गरेको छैन । तर जनमानसले पुरा लकडाउन चाहेको छ ।
यस्तो महामारी छ हिड्ड्ल गर्ने मान्छेहरुको मुखमा माक्स छैन । किन्न खोज्यो कतै छैन । सरकारलाई हाम्रा जनतालाई माक्सको जरुरि पर्दैन भन्ने रहेछ । इटालीको अवस्थाले आवश्यक महसुस गरेर एशियाबाट साँढे ४ लाख खरिद गरेको । तर अहिलेसम्म आएको छैन । सरकारले अनुमान गरेको छ बाटोमै माक्स चोरी भयो ।
जनसख्या कम भएका बिकशित देशहरु बिशेष गरि यूरोप अमेरिकामा लकड़ाउन पनि अलि फरक देखियो । भाइरसबाट हुने महामारीबाट जोगिन गरिने पूर्ब तयारी पनि यी देशहरुमा कम भएको महसुस भयो ।
फर्वरी दोस्रो साता डेनमार्कमा १० दिन स्कुल, कलेजहरु जाडोको बिदा भए । यसै समयमा यूरोपका मुलुकतिर घुम्न गए र अन्जानमा कोरोना भाइरस बोकेर ल्याए । जाडोको बिदामा यूरोपीयनहरु घुम्न निस्केका कारण यूरोपमा छिटो संक्रमितहरु बढेको कारण मध्यको एक हो ।
खुसीको कुरा आजसम्म नेपालमा देखिएको छ तर फैलिएको छैन । सबैजना घरमै बस्नुस । हामीबाट अरु देशले पनि सिकुन । तपाइहरु आफ्नो देशमा हुनुहन्छ आफ्नो जिम्मेवारी पुरा गर्नुस । आफ्नै लागि हो, पुलिसले कुट्यो भनेर भाइरल नगरौ । डेनमार्कमा पनि १० जना भन्दा बढी जमघट हुने धेरैलाई कारवाही गरेको छ । यस्तो बेलामा आफै सचेत हुने हो । त्यसैले घरमै बस्नु अहिलेको उपचार हो । र दैनिक ज्वालादारी गर्नेहरुको बारे पनि त्यत्तिकै सोचौं ।





