छिमेकि देश बन्द हुँदापनि स्विजरल्याण्ड अझै खुला !

-निराजन श्रेष्ठ / स्विजरल्याण्ड

बिश्वनै अहिले कोरोना भाइरसले त्रसित र आतंकित बनेको छ । यो भन्दापनि बढि गलत समाचारहरुले झन सबैलाई त्रसित बनाएको छ । यस्ता कुरा हामीलाई थाहा हुँदाहुँदै पनि सामाजिक संजाल र अविस्वशनिय अनलाइनमा आएका समाचार हेर्न हामी पछि पर्दैनौं । स्विजरल्याण्डको विषयमा कुरा गर्दापनि अवस्था त्यस्तै छ । स्विसको बिषयलाइ राम्ररी नबुझी थुप्रै नचाहिँदा र नभएका कुराहरु सामाजिक संजालदेखि थुप्रै नेपाली अनलाइनमा समाचारहरु छापिएको छ । स्विजरल्याण्ड पुरै लक्ड भनेरपनि लेखिएका छन् जुन सत्य होइन ।

दिन प्रतिदिन कोरोना भाइरसका बिरामीको वृद्धि भएपछि स्विटजरल्याण्डका केहि प्रदेश (क्याण्टोन) ले आपतकालिन अवस्थाको घोषणा गरेर रोकथामको प्रयास गरे । १५ मार्च २०२० मा स्विटजरल्याण्ड कै सबैभन्दा धेरै प्रभावित क्षेत्र इटालीसँग सिमाना जोडिएको थेसिन लगायत काण्टोन फ्रीबर्ग, वाद, बासेल स्टाडका स्थानीय सरकारले आपतकालीन अवस्था घोषणा गरेका थिए । स्विस सरकारले यी धेरै प्रभावित क्षेत्रहरुको सिमाना लगायतका ठाउँ र क्षेत्रहरुमा सहयोग गर्न ८ हजार स्विस सैनिक परिचालन गरेको छ । तिनको काम जाँच गर्ने । अस्पतालमा भिड हुँदा त्यसलाई हटाउने, नियन्त्रण गर्ने । सिमानामा जाँच गर्ने र अस्पत्तालहरुमा विरामी लगिदिने । स्विजरल्याण्डको सडकमा सुरक्षा दिने र सरकारि आदेश कुरेर सोहि अनुसार सहयोग गर्न तम्तयारि अवस्थामा बस्ने ।

त्यसपछि १६ मार्चमा स्विटजरल्याण्ड सरकारले आपतकालीन पत्रकार सम्मेलन गरेर स्विस भरि नै १९ अप्रिल २०२० सम्म आपतकालीन अवस्था घोषणा गर्ने निर्णय लियो । य्स्तो निर्णय स्विस सरकारको लागि दोश्रो बिश्वयुद्द पछीको सबैभन्दा ठुलो कदम हो ।

   स्विजल्याण्डमा अहिलेको स्थिति

दिनानुदिन स्विसमा कोरोना भाइरसले संक्रमित र यसबाट मृत्यु हुनेहरु बढ्दै गएका छन् । विहिबार २६ सम्ममा धेरै नियम फेरिएका छन् । समयानुकुल स्विस सरकारले निर्णयहरु फेरीरहेको छ । सम्पूर्ण स्थितिलाई मध्यनजर गर्दै आपतकालिन अवस्थाको घोषणा गरेपनि आजसम्म मेडिकल पसल, सरकारी यातायात, खाद्द्यान्नका पसल (सुपरमार्केट), टेकअवे रेस्टुरेन्ट, पोस्ट (हुलाक), कन्स्ट्रक्सनसँग सम्बन्धित सबै कार्यहरु, पेट्रोलपम्प, ईलेक्ट्रिसिएन जस्ता थुप्रै कार्यहरु भने संचालन भइरहेको छ । यसभन्दा अन्य क्षेत्र सबै बन्द भएका छन् । सरकारले यस क्षेत्रहरुमा कामगर्ने सबैलाई दैनिक सामान र स्वास्थ्यसँग सम्बन्धित बिषय बाहेक घरमा बस्न आग्रह गरेको छ ।

स्विस भित्र कामगर्ने कर्मचारी, स्विस नागरिक, खाद्द्यान्न र स्वास्थ्यसँग सम्बन्धित बाहेक स्विसका सिमानाहरु अरु सबैलाई हिजो २५ मार्च २०२० देखि बन्द गरेको छ । यति हुँदापनि फ्रान्स, ईटाली, जर्मनी लगायतका मुलुकबाट स्विजरल्याण्डमा काम गर्न आउनेहरुलाई रोकेको छैन । ति हरेक दिन काम गर्न आइरहेकै छन् । नाकाबाट आवस्यक सामाग्रि बोकेका सवारि साधन स्विजरल्याण्ड छिरेकै छन् । स्विस सरकारको यस आपतकालीन र संबेदनसिल आग्रहलाइ स्विसबासि सम्पूर्ण नागरिकहरुले पालना गरेको पाइएको छ । आज २६ मार्च २०२० दिउँसो ३ बजेको स्विस सरकारको प्रेस बैठकमा सम्पूर्ण स्विसबासि नागरिकहरुलाई स्विस सरकारको नियम पालना गरेकोमा सरकारको तर्फबाट धन्यवाद दिएको छ ।

मानव अधिकारको उच्च रक्षा र सम्मान गर्ने मुलुकमध्ये एक स्विसपनि रहेको जनाउँदै आगामी दिनहरुमा पनि यसलाइ मध्यनजर गर्दै अगाडी बढ्ने जनाएको छ । स्विसमा भएका केहि दलहरुको अवाज भने स्विजरल्याण्डलाई पुरै बन्द गर्ने भन्ने छ । अर्थात् दैनिक आवस्यक बस्तु बाहेक सबै बन्द गर्न जोड दिएता पनि सरकारले त्यसलाइ प्राथमिकता भने अझसम्म दिएको छैन ।

स्विसबासि धेरै नागरिक र कम्पनिहरुले यस समयमा काम नगरी घरमा बसेपनि सबैलाई भत्ता दिने उद्देस्यले सरकारले ४२ अर्ब स्विस फ्र्यांकको कोष खडा गरेको छ ।

स्विस स्वास्थ्य सूचना बिभागको आधिकारिक तथ्यांक अनुसार हालसम्म स्विजरल्याण्डमा एक सय ६१ जनाको म्रित्यु भएको छ । संक्रमितको संख्या १० हजार सात सय १४ छन् ।

 स्विसमा नेपालीहरुको अवस्था

स्विस स्थित नेपाली राजदुतावासको तथ्यांक अनुसार् स्विजरल्याण्डमा चार सय ६५ जना नेपाली छन् । युरोपेली युनियनका थुप्रै देशबाट स्विसमा आइ बस्ने गरि लगभग ६ सय होलान् । अहिलेसम्म स्विसमा कुनै नेपाली पनि यस भाइरसबाट संक्रमित भएका छैनन् ।

तपाइँको प्रतिक्रिया