के जैबिक लापरवाही हो कोरोना भाइरस ?

-महेन्द्र पौडेल

दोश्रो विश्वयुद्धपछिको भयावह र महामारीमा अहिले युरोप परेको छ । इटालीका प्रधानमन्त्रीले समेत राष्ट्रलाई सम्बोधन गर्दै भने “ऊ बेला विश्वयुद्धमा मानिसहरु इटालीलाई बचाउन लड्थे । अहिले इटाली मानिसहरुलाई बचाउन लडेको छ ।” यिनी टिभीमा बोल्दैगर्दा यिनका आँखा रसाएका थिए ।

प्रत्येक दिन ८ सयको हारहारीमा मानिसहरु मरिरहेका । त्यो पनि आफ्ना देशका नागरिक । जो तिनै नागरिकले चुनिएर प्रधानमन्त्री पदमा आसिन छन् । हो तिनीहरुनै आफ्ना आँखा अगाडि सयौंको संख्यामा हताहत हुँदा कसको मन नरोला र ?

इटालीको त्यो कारुणिक र भयावह स्थिति हेर्दा लाग्दछ, हामी स्वर्गमै छौं । नेपाल साँच्चै नै तपोभूमि रहेछ । नेपाललाई पशुपतिनाथले रक्षा गर्दछन् । एकाध घटना त भइनै हाल्दछन् तर पनि हामी सुरक्षित छौं । सरकारले यसपटक बेलैमा सचेत भएर लकडाउन गरिसकेको छ । यस्तै सोच्न बाध्य हुन्छौं ।

यतिबेला इटालीबाट महामारी स्पेन र फ्रान्सतीर सरेको छ । युरोपमा धेरै देशहरुले नागरिकलाई सचेत रहन भनेका छन् । सार्वजनिक स्थलमा नजान । घरभित्रै बस्न । हातहरु अल्कोहल र साबुनपानीले धुन । रुघाखोकी वा शंका लागे सम्पर्क गर्न आदि इत्यादि । तर विश्वको महाशक्ति राष्ट मानिएको अमेरिकापनि यसको चपेटामा परेको छ । चिनमाथि संकट पर्दा चिनलाई उडाउने अमेरिका स्वयं यसबाट अछुतो रहन सकेन ।

माओको फोटोमा मास्क लगाइएको चित्रसहितको फोटो एक अमेरिकी पत्रिकामा यसै छापिएको होइन । त्यसलाई हाम्रो एक दैनिकी अग्रेजी पत्रिकालेसमेत छापिदियो । त्यसबाट रुष्ट चाइनिज राजदुतले सो सम्पादकलाई धम्किसमेत दिइन । तर हाम्रा सत्र जना प्रधान सम्पादकको ऐक्यवद्धताले उनी हच्किन पुगिन । तर त्यस फोटोको बिम्बले धेरै कुरा प्रतिबिम्बित गर्दछ । अमेरिकाले चीनलाई गिज्याएको हुनसक्छ । तर यो गिज्याई यति भयावह होला भन्ने उसले सोचेन । अन्य भाइरसजस्तै ठानिदियो ।

अहिले फैलिएको जुन भाइरस छ कोरोना त्यसलाई विश्वका बैज्ञानिकहरुले चीनको महानगर वुहानस्थित भाइरस प्रयोगशाला पी–४ बाट निकालिएको भन्नेमा शंका गरेका छन् । जीनहरुको मुल संरचनालाई वंशाणुगत परिवर्तन गरेर खतरनाक जैबिक हतियार बनाउन प्रयोग गरिने रहेछ । यो आशंका यसकारण मान्छेहरु बनाइरहेका छन् कि मान्छेमा रोग फैलिएको डेढ महिनासम्म चीनले यसलाई गुपचुपमै राख्यो । उसले यसलाई सामान्य रोग भन्दै थम्थमायो । जब भाइरसले भयावहरुप लिन थाल्यो तब चीनले विश्व स्वास्थ्य संगठनलगायत अन्य देशहरुलाई सचेत गरायो ।

त्यतिबेलासम्म ३ डिसेम्बर २०१९ बाट शुरुभएको यो रोगको भाइरस विश्वका ३९ देशमा पुगिसकेको थियो भने तिनीहरु यसको चपेटामा परिसकेका थिए । परन्तु यस आशंका यसकारण पनि काफि छ कि चीनमा केही भाइरसहरु पहिल्यैदेखि पाइसकेका पनि थिए ।

सन् १९९६ मा बर्ड फ्लू चीनबाट नै फैलिएको थियो जसबाट ४ सय ५० मानिस शिकार भए । सन् २००३ मा दक्षिण चीनबाट सार्स नामक भाइरस फैलियो यसबाट २६ देशका ८०० जना मानिसको जीन्दगी बर्बाद गरायो । यतिले मात्र रोकिएन । सन् २०१२ मा चीनबाटै मसै नामको भाइरस फुट्यो जसबाट २७ देशमा फैलियो र यसबाट करिब ८०० भन्दा धेरैको जीवनलीला समाप्त गर्यो । यी सबै भाइरसको उद्गमस्थल चीनको बुहान नै हो । जहाँ चीनको पी–४ प्रयोगशाला छ ।

यसकारण बैज्ञानिकहरुको नजर र शंका कोरोना भाइरस कुनै अन्य भाइरसको जीनमा बंशानुगत परिवर्तन गर्ने समयमा भुलबश प्रयोगशालाबाट बाहिर निक्लियो जसबाट संसारलाई संकटमा पारिदियो भन्ने पनि छ ।

प्रसिद्ध बैज्ञानिक स्टेफन हकिन्सले मानव समुदायलाई सुरक्षित रहन केही टिप्स र चेतावनीसमेत दिएर गएका थिए । उनका चेतावनी मध्ये जेनेटिकल्ली इन्जिनिरिंग अर्थात जीनसँगको लापरवाही पनि छ । खासगरी चीन र अमेरिकाका बैज्ञानिकहरुले आफ्ना प्रयोगशालाहरुमा भाइरस र ब्याक्टेरियाका लागि बिषालु जीवहरुलाई छेडछाड कोपकाप गर्दै नयाँ विषहरु उत्पादन गर्नमै केन्द्रीत छन् । पदार्थको मुल प्रकृतिलाई बदलेर त्यसलाई धेरै सक्षमका साथै खतरनाक बनाउनमा उद्दत छन् । यी सबै आधारहरु मानव जीवनको हित र ख्याल राख्ने बहानाका लागि भनिएतापनि नयाँ नयाँ भाइरस र रोगसँग मानवले सामना गर्नुपरिरहेको छ ।

धेरै देशहरुले आफ्नो देशको सुरक्षाका लागि खतरनाक भाइरस बनाउन थालेका पक्कै हुन । किनभने विभिन्न क्षेप्यास्त्रहरु देखिने हुनाले ल्याबमा यसको प्रयोग गरिन थालिएको हो । जसलाई हामी जैबिक हतियार भन्छौं । कोरोना भाइरसपनि त्यही हो । कुनैपनि जेनेटिकलाई परिवर्तन गरेपछि त्यसको मुल स्वरुप विखण्डित हुन्छ । जस्तो कि जेनेटिकलाई ल्याबमा राखेर उत्पादन गर्दा त्यसको प्रकोपले भयावह निम्त्याएको हामी धेरै हलिउड फिल्म देखेका छौं । त्यसको स्वरुप र आकार नै अर्कै भइदिन्छ । त्यसले भयावह निम्त्याएको फिल्ममा देख्न पाइन्छ । यस्ता सयौं हलिउड फिल्म बनेका छन् । बास्तबमा फिल्मको यो परिकल्पना बास्तविकतामा परिवर्तन भएको होइन र ?

सन् २०१४ र १५ मा फैलिएको इबोला भाइरसबाट हजारौं मानिसको प्राण लिएको थियो । जबकी इबोला प्राकृतिक भाइरस थियो । इबोलाको सबैभन्दा पहिला पत्ता सन् १९७६ मा कंगोको एउटा गाउँमा देखिएको थियो । त्यो गाउँ नजिकै इबोला भन्ने नदी र त्यस वरपर बस्ने मानिसहरुमा यो रोग देखिएपछि यसको नाम इबोला राखिएको थियो । हजारौं जनाबरको अध्ययनपछि बैज्ञानिकहरुले जनाबरबाट सरेको ठाने । एकजना मानिसको रगत परिक्षण गर्ने क्रममा इबोला जस्तो विषालु भाइरस भएको पत्ता लागेको थियो । उनी जंडिसबाट पीडित थिए । त्यसको करिब ४० वर्षपछि एकाएक यस इबोला भाइरस अफ्रिकामा फैलिन सुरु भयो । धेरै मानिस यसको संक्रमणबाट अछुतो रहन सकेनन् । संक्रमित जनाबरबाट मनुष्यमा फैलिनसक्ने यस भाइरसलाई महामारी हुनुभन्दाअघि नै बैज्ञानिकहरुले काबुमा लिन सके भने यो कोरोनालाई किन सकिराखेका छैनन् ? सोचनीय प्रश्न छ ।

केही क्षेत्रमा इबोलाजस्तो भाइरसले ताण्डब गर्न सक्दछ भने जेनेटिक इंन्जिनियरींग भाइरसले त झन उत्पात मच्चाउँदैन भन्ने के ग्यारेन्टी ? विश्वमा अहिले प्रयोगशालामा होडबाजी नै छ जैबिक उत्पादन गर्ने कुरामा ।

अबका दिनहरुमा हामीले नयाँनयाँ भाइरसका सामना बेहोर्ने पर्ने छ, यदी प्रयोगशालामा जेनेटिक परिक्षण गर्दै त्यसको स्वरुप परिवर्तन गर्दै जाने हो भने । स्टेफिन हकिन्सले जीन परिवर्तन गर्दा सचेत हुन सुझाएका थिए ‘कुनैपनि जीनको मोडिफाइड गर्दा त्यसको दुष्प्रभावका बारेमा बैज्ञानिकहरुले खोजको बिकास नै भएको छैन न निष्कर्षको परिक्षण नै भएका छ’उनले भनेका छन् ।

कुनैपनि प्रयोगशालामा जीनलाई परिवर्तन गरेर जब अस्तित्वमा ल्याइन्छ अर्थात काममा प्रयोग गरिन्छ । यदि बिग्रिएको खण्डमा त्यसलाई रोक्न एंटी बायोटिक वा एंटी भाइरल औषधी नहुन सक्छ । भनिन्छ, मानव समुदायको हितका लागि यस्ता रसायन उत्पादन गर्न यी कदम चालिने हुन । जैबिक लापरवाही हुनसक्ने यी केवल आशंका मात्र भए ।

तर जब उसले बिश्वलाई जानकारी गराउने वित्तिकै अमेरिकाको सहयोगको प्रस्ताव इन्कारेको थियो । त्यहाँ अन्य देशका चिकित्सक र स्वास्थ्यकर्मी कसैलाई भित्राइएन । एकपटक फेरि ‘चाइना सेक्रेसी ह्याज मेड द कोरोनाभाइरस क्राइसेस मच ओर्स’ पढेपछि थाहा हुन्छ किन उनीहरुले माओको तस्बिरमा माक्स लगाइदिए ।

पक्कै पनि यहाँसम्म आइपुग्नुमा चाइनाको कारण छ भाइरसलाई समयमै नियन्त्रण गर्न नसक्दा यो लापरवाही भोग्नु परिरहेको छ भन्ने कुरा पहिल्यै त्यस लेखले इंगित गरिसकेको छ, यो भयावह ।

अब कोरोना भाइरसपछि के हुन्छ ? मान्छेहरु विशेषगरी बैज्ञानिक र अर्थशास्त्रीहरुले आफ्नो देश मजबुत बनाउन र एकत्रित हुन्छ ।  अहिलेजस्तो खुल्ला हुँदैन भनेका छन् । धेरैलाई आर्थिक अवस्थाप्रति चिन्ता छ । यतिबेला खासगरी राजनैतिक बिद्धानहरु चुप छन् । किनभने अहिले कोरोनाप्रति लड्ने ध्यानका कारण भित्रभित्रै सबैलाई थाहा छ अब विश्व इतिहासमा चीन एक्लो हुनेछ । किनभने विश्ब मुद्राकोषले चीनलाई एक्ल्याईसकेको छ ।

(लेखमा ब्यक्त गरिएका बिचारहरु लेखकका निजि हुन्)

तपाइँको प्रतिक्रिया