अमेरिकाका हरेक दिन झन्झन् त्रासदीपूर्ण बन्दै जाने संकेत, आजमात्रै २२३ को मृत्यु

किशोर सापकोटा / अमेरिका

अमेरिकामा हरेक दिन झन्झन् त्रासदीपूर्ण दिनहरु आएको संकेत बुधवार कोरोना भाइरसको संक्रमणवाट मर्नेहरुको तथ्यांकले देखाएको छ । विश्व स्वास्थ संगठन (डव्लुएचओ) र स्वास्थ बिज्ञहरुले अमेरिका कोरोना संक्रमणको अर्को इपिसेन्टर हुने चेतावनी दिइरहेको बेला मृतकहरुको संख्या हरेक दिन बढ्दै गएको छ । कोरोना संक्रमणवाट वुधवार मात्रै २२३ जनाको निधन भएको छ । र मर्नेहरुको कुल संख्या कम्तिमा पनि ९२८ पुगेको छ ।

अमेरिकाले कोरोना नियन्त्रणका लागि आफ्नो सम्पूर्ण शक्ति केन्द्रित गरिरहेपनि संक्रमणको क्रम झन्झन् बढेको छ । वुधवार रातीसम्ममा कुल संक्रमितको संख्या ६५ हजार नाघेको छ ।

हामी जति एकबाट अर्को व्यक्ति टाढा हुन (सोसियल डिस्टेन्सिंग) कायम गर्न प्रतिबद्ध हुन्छौं, त्यतिनै बढि मानिसलाई हामी बचाउन सक्छौं, ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्स न्युज कन्फरेन्समा राष्ट्रपति ट्रम्पले भनेका थिए ।

एक व्यक्तिबाट अर्को व्यक्तिलाई कम्तिमा पनि ६ फिटको दुरी राख्न प्रेरित गर्ने र स्टे एट होम अर्डर गरेर अत्यावश्यक सेवा वाहेकका मानिसहरुलाई घरमा नै राख्ने प्रयास जारी रहेपनि यसले सही परिणााम भने दिन सकेको छैन । देशको कुल ४२ प्रतिशत जनसंख्या यतिबेला आफ्नो घरमा नै बसेर कोरोना भाइरस महामारीको अन्त्य हुने दिनको प्रतिक्षा गरिरहेको छ तर यो प्रकोप घट्ने संकेत देखिएको छैन ।

चार दिन अगाडि आइतवार विहान अमेरिकाभरीमा मर्नेहरुको संख्या २२३ भएकोमा वुधवार ९२८ पुगेको हो । ‘अमेरिकामा कोरोना संक्रमण नाटकीय ढंगले बढ्दै जानेछ’ विज्ञहरुले चेतावनी दिंदे भनेका छन् ।

“अमेरिकालाई कोरोना भाइरसको इपिसेन्टर बन्नवाट रोक्ने अझै समय छ” विश्व स्वास्थ संगठन (डव्लुएचओ) का प्रवक्ता मार्गरेट ह्यारिसले भनेकी छिन्, यद्दपि अहिले मृत्युदर दिनदिनै बढेको देखिएपनि यसलाई पुन सामान्यतिर फर्काउन सकिन्छ ।

अमेरिकासँग संसारकै उत्कृष्ट स्वास्थकर्मीहरु रहेको चर्चा गर्दै ह्यारिसले भनेकी छिन्, अमेरिकासंग प्रविधिलाई कुशलतापूर्वक नियन्त्रण गर्न सक्ने र यो समस्यावाट वाहिरिन दिमाग लगाउन सक्ने मानिसहरु छन् ।

विश्व स्वास्थ संगठनका प्रवक्ताको भनाइले यो प्रष्ट पार्छ कि अझै पनि धेरैको आशाको केन्द्रविन्दु भनेको अमेरिकानै हो ।तर परिणाम सकारात्मक आउन सकेको छैन ।

राष्ट्रपति ट्रम्पको लोकप्रियता बढ्दै

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा धेरै देशमा सरकारको आलोचना हुने गरेपनि राष्ट्रपति ट्रम्पको लोकप्रियता बढेको छ । राष्ट्रपति ट्रम्पले कोरोना महामारीबाट अर्थतन्त्रलाई बचाउन २० खरब डलरको राहत प्याकेज बनाएको र समस्या समाधानमा सक्रियता देखाएको कारण उनको लोकप्रियता बढेको सर्वेक्षणले देखाएको छ । राष्ट्रपति ट्रम्पको सदैव आलोचना गर्दै आएको सीएनएनले यो सर्वेक्षणलाई भने निकै महत्वका साथ समाचार बनाएको थियो ।

सिनेटबाट वुधवार मध्यरातमा अमेरिकी अर्थतन्त्रलाई उद्धार गर्न ल्याइएको विधेयक पारित भएपछि ट्रम्पको लोकप्रियता अझै माथि पुग्ने देखिएको छ । यो विधेयक पारित भएपछि हरेक अमेरिकी नागरिकले १२०० डलरको चेक प्राप्त गर्नेछन् भने वालवालिकाले ५०० डलर पाउनेछन् । यो सहयोग ९९ हजार डलर भन्दा बढि कमाउने एकल व्यक्ति वा १९ हजार आठ सय भन्दा बढि कमाउने दम्पतीले भने पाउने छैनन् । ७५ हजार डलर भन्दा बढि कमाउने एकल व्यक्ति वा एक लाख ५० हजार भन्दा बढि कमाउने दम्पतीको हकमा भने प्रतिहजारमा ५० डलरका दरले सहयोग रकम कम हुँदै जाने विधेयकले व्यवस्था गरेको छ । यो राहत प्याकेजवाट कोरोना महामारीका कारण घाटामा गएका व्यापारिक प्रतिष्ठानले ऋण सहयोग प्राप्त गर्नेछन् । तर त्यस्तो सहयोग राष्ट्रपति डोनाल्ड ट्रम्प, उनका परिवार वा उच्च पदस्थ व्यक्तित्वहरुले भने पाउने छैनन् ।

(स्रोत -किशोरको फेसबूक)

तपाइँको प्रतिक्रिया