कोरोना भाईरसलाई हराउने ९५ वर्ष की हजुरआमा !

ईटालीमा एक जना यस्ती भाग्यमानी हजुरआमा देखिईन् जो ९५ वर्षको उमेरमा कोरोना भाईरस लागेरपनि  हिम्मतकासाथ लडिन् । त्यसलाई पछारेरै छोडिन् ।  र सकुशल घर फर्किईन् ।

गाजेद दि मोदेना अखबारका अनुसार ईटालीको उत्तरी भगमा पर्ने मोदेना प्रान्तस्थित पाभुलो अस्पत्तालमा आल्मा क्लारा कोर्सिनी मार्च ५ मा भर्ना भएकि थिईन् । चिकित्सक र नर्सहरुले उनको उपचार एन्टि भाईरल थेरापीबिना नै गरे । चितित्सकहरुले उनको उपचार गर्दा अस्पत्तालमा उपलब्ध सबै सुविधा प्रयोग गरेर अन्तिमसम्म कोसिस गरे ।

उनले गजेटसित भनिन् ‘हो हो, म पूर्णरुपमा ठिक भएँ । मलाई उपचार गर्नेहरु असल मानिस थिए जसले मेरो असाध्यै राम्रो हेरचाह गरे ।’

यो उमेरमा उपचार पाएर निको भई घर फर्किने मोडेना गाउँकि उनी प्रथम ब्यक्ति हुन् । सन्चो भएर उनी आफ्नै ब्रिद्दब्रिद्द्दा बस्ने घर ‘नर्सिङ होम’ मा फर्किएकि छन् ।

मेट्रो अखबारका अनुसार यस अघि ईटालीको लोम्बार्दीका ९७ वर्षिय एक पुरुषपनि दुई हप्ता अस्पत्तालमा उपचार गरेर सन्चो भई फर्केका थिए ।

तपाइँको प्रतिक्रिया