जर्मनीमा सिंगो नेपाली परिवारमा कोरोना भाईरस संक्रमित

जर्मनीको राइनल्याण्ड स्थित माइन्स बस्दै आएका सुरज सोनार घतानीको सिँगो नेपाली परिवारमै कोरोना भाईरस संक्रमित भएको छ । गत १० वर्षदेखि जर्मनीको माइन्स शहरमा बसोबास गरिरहेका उक्त नेपाली परिवारमा कोरोना संक्रमण भएको पुष्टि पारिवारिक र रेडक्रसका चितित्शकहरुले गरेका हुन् ।

११ वर्षकी छोरी, छ वर्षिय छोरा र बाबु आमासहित चार जनाको परिवारमा कोरोनाको पुष्टि भएपछि हाल परिवारनै आफ्नै घरमा क्वारेन्टाईनमा रहेकाे छ । घरमै क्वारेन्टाईनमा बस्ने सुझाव चिकित्सकहरुले दिएका हुन् ।

कास्की पोखरा स्थायि घर भएका घतानीकि ११ वर्षिय छोरी गत मार्च ८ तारिख फ्र्यांकफर्ट शहरमा भलिबल खेल्न गएको र त्यतिबाट उनले कोरोना भाईरस सारेको आशंका बाबु सुरज सोनार घतानीले गरेका छन् ।

‘छोरीलाई नजा नजा भन्दाभन्दै मानिन । भलिबल खेल्न गइ । केहि दिनमै कोरोना लागेको थाह भयो’ बाबु सुरज घतानीले भने ।

संक्रमितहरुमध्ये बाबु सुरजको उमेर ४३ छ भने आमाको ४० । ‘मार्च १० देखि हामी सेल्फ क्वारेन्टाईनमा छौं । शुरुका तिन दिनसम्म स्वास्थ्यमा निकै समस्या देखिएको थियो । हाल १० दिन कटिसकेकाले स्वास्थ्यमा सुधार हुँदै गएको छ” घतानीले भने ‘ म नेपाली समूदायलाई आग्रह गर्छु कि हाम्रो स्वास्थ्यका बारेमा चिन्ता नलिनुहोला ।’

तपाइँको प्रतिक्रिया