कोरोनाले लग्यो अमेरिकामापनि एक नेपालीको ज्यान

(म्रितकका परिवारको भावनालाई बुझेर केहि समयपछि सम्पादनगरि फोटो हटाईएको छ)

कोरोना भाईरस (कोभिड – १९) ले अमेरिकाको न्युयोकमा पनि एक नेपालीको ज्यान लिएको छ । कोरोना भाईरस लागेर उपचारमा रहेका अनिल लिम्बुको हिजो राति म्रित्यु भएको अमेरिकाका नेपालीहरुले उल्लेख गरेका छन् । उनको उपचार न्युयोर्ककै एलास्ट अस्पत्तालमा भैरहेको थियो ।

नेपालको पाँचथरका स्थायी बासिन्दा उनी अमेरिकाको न्युयोर्कमा उबेर कंपनीको गाडी चलाउने गर्थे । उनी दुई छोरा, एक छोरी र आफ्नी पत्नीको साथ न्युयोर्का बस्दै आएका थिए ।

तपाइँको प्रतिक्रिया