‘लकडाउन’ शुरुभएपछि बेलायतमा बस र रेल चढ्दा झन बढि भिड

कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न भन्दै बेलायत सरकारले सोमबार मध्यरातदेखि तिन साताका लागि ‘लकडाउन’ को घोषणा गर्यो । लकडाउन गरेपछि मान्छेको भिड कम हुनुपर्ने हो । तर लकडाउनपछिनै बेलायतमा सार्वजनिक यातायात चढ्नेको भिडमभिड भएको छ । नागरिकहरु रेल र बसमा कोचिएर, ठेलमठेल गर्दै यात्रा गरिरहेका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्ना नागरिकलाई अत्यावश्यक खाद्यान्नको किनमेल, दैनिक व्यायाम, औषधि उपचार र अत्यावश्यक सेवामा काम गर्ने कर्मचारीमात्रै बाहिर निस्कन पाउने घोषणा गरेका थिए  । बाँकि नागरिकहरु घरभित्रै बस्नुपर्ने आदेशपनि थियो । यो पालना नगरे सुरक्षा निकायले कारवाहि गर्ने र भिड नियन्त्रण गर्न निर्देशन थियो । तर बेलायतमा उनले यस्तो आदेश दिएपनि सार्वजनिक यातायात चढ्दा झनै बढि भिड देखिएको छ । प्रहरीले भिड नियन्त्रण गर्न सकेको छैन । सार्वजनिक यातायातमा देखिएको भिडले कोरोना झन बढि फैलिनसक्ने त्रासमा अत्यावस्यक कामले हिँडेकाहरु छन् ।

लण्डनको मेट्रो रेल, बस र रेलहरु यति खचाखच छन् कि अत्यावश्यक कामले को हिँडेको र को होइन भन्ने पत्ता लगाउनै मुस्किल छ । प्रशासनले प्रधानमन्त्रीले आदेश दिएझैं अत्यावस्यक सेवाकालागि निस्किएको को हो र को होइन भनेर परिचयपत्र जाँच गरेकोपनि छैन । त्यसैले, अत्यावस्यक सेवा दिन काममा हँडेका कतिपय नागरिकहरुले आफ्नो ज्यान झन जोखिममा परिरहेको गुनासो गरेका छन् ।

डेली मेलका तस्विरहरु हेर्नुस्

(पछिल्लो तस्विर, युकेमा कोरोना भाईरसको पछिल्लो अवस्था ग्राफिक्समा । सबै तस्विर- डेली मेल लण्डन)

तपाइँको प्रतिक्रिया