कोरोना भाईरस : विश्वलाई ईटालीको शिक्षा

ईटालीमा ५३,५७८ जनामा कोरोना भाईरस लागिसक्यो । म्रितकको संख्यानै ४८२७ पुग्यो । हरेक दिन बढ्दो छ । हरेक हप्ता दोब्बरभन्दा बढिलाई भाईरस सल्कँदै गएको छ । चिनबाटै देखा परेको कोरोना भाईरसले ईटालीको भन्दा करोडौं गुना बढि जनसंख्या भएको चिनलाईपनि म्रितकको संख्यामा उछिनेको छ । कोरोना भाईरसको केन्द्रबिन्दूनै ईटाली बनेको जस्तो भएको छ । वास्तबमा किन यस्तो भयो ? ईटालीबाट युरोपेली मुलुकले के शिक्षा लिने ?

सबैभन्दा बढि प्रभावित ईटालीको लोमबार्डीका चर्च लासले भरिएका छन् । लास गाड्ने चिहान घर भरिएका छन् । तिनलाई सामान्य तवरबाट उठाउन नसकेर सैनिकका ट्रक लाम लगाउनुपरेको छ । ईटालीको सरकारले यसै हप्ताबाट झनै कडा सुरक्षानिति र कर्फू लगाएको छ । तैपनि क्षती घटेको देखिन्न । बढेको बढ्यै छ ।

ईटालीको घटना युरोपका बाँकि देशकालागि खतराको घण्टि हो । ईटालीमा देखिएको कोरोनाको वेग अन्य देशमा उस्तै नभएपनि कम्ति भने देखिन्न । सरकारले योजना बनाउँदा बनाउँदै कोरोना आफ्नो बेगमा कुदिरहेको छ ।

ईटालीमा कोरोना भाईरसले जुन क्षती पुर्‍यायो त्यसको सिधा शिक्षा के हो भने यस्ता भाईरसलाई एक्ल्याउन, मानिसको बाक्लो भिडलाई नियन्त्रण गर्न सुरक्षाका उपाय बेलैमा गर्नुपर्छ । मानिसहरुको भिडलाई तत्कालै न्युन गर्ने कदम चालिहाल्नुपर्छ । यस्ता निर्णयहरु स्पष्ठ हुनुपर्छ । ति निर्णयहरु निर्ममतापूर्व लागू गरिनुपर्छ । प्रजातान्त्रिक अधिकार खोसिएलान् भन्ने भयले स्वास्थ्य संवन्धिर महामारीलाई खेल्ने ठाउँ दिनुहुन्न ।

इटालीको शिक्षा धेरै युरोपेली देशले बेलैमा लिन सकेनन् । जब ईटालीमा धानिसाध्य भएन त्यसपछि बल्ल आँखा खुलेको देखिन्छ । ईटालीको जस्तै क्षति बेहोर्नबाट कसरि जोगिने भनेर त्यसपछि बल्ल हतारमा अन्य युरोपेली मुलुकको आँखा खुलेको देखिन्छ । जुन बेला अति कठिन वा निर्मम निर्णय गर्नुपर्थ्यो त्यो बेला ईटाली सरकार प्रजातान्त्रिक अधिकार हरण हुन्छन् कि ? जनताका अधिकार खोसिन्छन् कि ? जनताले स्विकार गर्दैनन् कि ? ब्यापार बिग्रिन्छ कि भनेर हिच्किचायो । उसले पर्खिँदा पर्खिँदै ब्यापारबाट हुने नोक्सानिभन्दा हजारौं गुणा बढि क्षति ब्यहोर्न बाध्य भयो ।

ईटालीले पहिले अति संक्रमित क्षेत्र वा गाउँलाई बन्द गर्‍यो । यो समयमा कोरोना भाईरस फैलिँदै शहर पस्यो । ईटालीले शहरलाई बन्द गर्‍यो । शहरबाट कोरोना भाईरस फैलिँदा प्रान्तसम्मै फैलियो । उसले प्रान्तलाई बन्द गर्‍यो । यसरि कोरोनाको बेग कुर्दै जाने र जहाँ जहाँ कोरोना फैलिन्छ त्यहाँत्यहाँ बन्द गर्ने निति लियो । देशलाई पुरै बन्द गर्ने निर्णय गर्दा कोरोनाले आफ्नो पूर्ण बेग मारिसकेको थियो जुन बेग ईटालिको सरकारको भन्दा धेरै तिब्र देखियो । यसबाट बाँकि विश्वले शिक्षा लिनुपर्ने देखिन्छ ।

यसरि इटालीमा कोरोना भाइरस अघि अघि दगुर्ने र सरकारी निर्णय पछि पछि कुद्ने जस्तो देखियो । यहि निति फ्रान्स, जर्मनी, स्पेनलेपनि लिएको देखिन्छ । जनतालाई थोरै थोरै स्वतन्त्रतपनि दिने, खुलापनि छोड्ने र अलिअलि बन्दपनि गर्दै जाने । तर बुझ्नुपर्ने कुरा के हो भने कोरोनाले नागरिकलाई स्वतन्त्र छोड्दैन ।

जनताको अधिकारलाई पूर्णरुपमा बन्देज गर्न हुन्न, थुन्न हुन्न भन्ने मानसिकतामा अहिलेपनि नेदरल्याण्ड, स्विडेन, नर्वे, जर्मनी लगायतका मुलुक छन् । यसले ठूलो क्षति पुर्‍याउन सक्छ । चिनमा झैं खुला प्रजातन्त्र भएको युरोपेली मुलुकमा सबै कुरा पूर्ण रुपमा बन्द गर्न सकिन्न भन्दा भन्दै युरोपमा कोरोनाले ठूलो क्षति पुर्‍याउनसक्ने देखिन्छ ।

तत्कालकालागि नागरिक अधिकार, प्राजातान्त्रिक मूल्य, जनताको हिँडडुलमा सामान्य कठिनाई प्राथमिकतामा राखिनुहुन्न । आम जनताको स्वास्थ्यकालागि सरकारहरुले बैज्ञानिकहरुका तथ्यलाई मनन गर्दै तत्कालै पूर्ण सुरक्षाको निति लिनै पर्छ । यस्तो निति कुनैपनि सरकारले कोरोनाको बेग भन्दा हजारौं किमी पहिलेनै हान्न सक्नुपर्छ ।

तपाइँको प्रतिक्रिया