अफ्रिकी मुलुकका पत्रिकाको एकै स्वर “युरोपेलीले हाम्रो देशमा कोरोना फैलाए”

अफ्रिकी मुलुकहरुले युरोपेली मुलुकका नागरिकले आफ्नो देशमा कोरोना फैलाएको आरोप लगाएका छन् । युरोपेली मुलुकहरु जर्मनी, फ्रान्स, ईटाली, स्पेनलगायतका मुलुकमा कोरोना भाईरस फैलिएपछि ति देशका नागरिकहरु अफ्रिका आउन लागेको आरोप तिनले लगाएका हुन् ।

फ्रान्समा कोरोना भाईरसको प्रकोप बढ्दै जाँदा फ्रान्सेलीहरु उसको पूर्व उपनिवेशित मुलुक सेनेगाल आउन लागेको आरोप सेनेगालले लगाएको छ । सेनेगाल आएका दुई जना फ्रान्सेली नागरिकमा कोरोना भाईरस फेलापरेपछि सेनेगाल झस्केको छ । अफ्रिकामा रहेका अन्य युरोपेली नागरिकहरुमापनि कोरोना भाईरस संक्रमित भएको फेला परेपछि सेनेगाल सरकारले यस्तो आरोप लगाएको हो ।

लगभग २८० जनामा कोरोना भाईरस फेला परेको र ति मध्ये अधिकांश युरोपेली नागरिक रहेको सेनेगालका अधिकारीहरुको भनाई छ ।

‘हाम्रा शरणार्थीलाई रोक लगाउने, हाम्रा नागरिकको भिसा अस्विकार गर्ने, आफ्नो मुलुक छिर्न नदिने तर तिनका नागरिक भने अफ्रिकामा पठाईरहने गरेर तिनले हाम्रो देशमा कोरोना फैलाइरहेका छन्’ सेनेगालको दैनिक पत्रिका लेभिडेन्स पोन्डर्डले लेखेको छ “के फ्रान्सले हाम्रो देश कोनोनाईज्ड गर्दै छ ?’ सेनेगालका राष्ट्रपती माकि सालले यस्तो आरोप लगाएको उक्त दैनिक पत्रिकाले उल्लेख गरेको छ ।

सेनेगालमा अर्को दैनिक पत्रिका छ रेवमी । उसलेपनि आफ्नो समाचारमा अफ्रिकामा युरोपेलीहरुको कोरोना फैलाएको आरोप लगाएको छ । बुर्किनाफासोको ल पेइ भन्ने दैनिक अखबारलेपनि उसैगरि आरोप लगाएर लेखेको छ “यदि यो कालाहरुको महादेशका यता र उता कोरोना लागेका बिरामीहरु देखिएभने कोरोना फैलिनुको मुख्य स्रोत अफ्रिकी मुलुकका बिभिन्न ठाउँ चहार्ने युरोपेलीहरुनै हुन् ।”

ओके अफ्रिका नामको अखबारमा दक्षिण अफ्रिकाका एक जना टिप्पणीकारले उल्लेख गरेका छन् ‘बाहिरी विश्वका नागरिकहरुलाई अफ्रिकामा प्रबेश निषेध गर्ने हो भने अफ्रिकी नागरिकहरु यो कोरोना भाईरससित लड्न सक्षम छन् । त्यसैले अफ्रिकी मुलुकले युरोपेली र अन्य बाहिरि मुलुकका नागरिकलाई प्रवेशमा निषेध गर्नुपर्छ ।’

तपाइँको प्रतिक्रिया