फ्रान्स र बेल्जियमकालागि मास्क बोकेको चिनियाँ जहाज बेल्जियम ओर्लियो (फोटो फिचर)

(युरोपकालागि मास्क बोकेर बुधवार आएको चिनियाँ जहाज)

फ्रान्समा मात्रै होइन यतिखेर स्वास्थ्यकर्मीहरुलाई युरोपभरिनै मास्कको संकट परेको छ । राजधानी पेरिसको प्रान्त इल द फँसका स्वास्थ्यकर्मीहरुले सबैभन्दा बढि खाँचो मास्कको रहेको बताइरहेका बेला चिनबाट बुधबार एउटा जहाजनै मास्क बोकेर आएको छ ।

(चिनबाट मास्क बोकेर विमानबाट सामान ओरालिँदै बेल्जियममा)

चिनियाँ धनाढ्य ज्याकमाले सहयोग स्वरुप पठाएका डेढ करोड मास्क लिएर जहाज बेल्जियम ओर्लिएको हो । ति मध्ये १० लाख मास्क फ्रान्सलाई दिइएको छ । यसरिनै मास्क बोकेर चिनिया जहाज बिहिवारपनि आउने पेरिसको स्वास्थ्य सेवा विभागका अधिकारीहरुले जनाएका छन् ।

                                 (ज्याकमाले पठाएका मास्क लिँदै ईटालियन रेड क्रसका अधिकारी)

स्पेन र ईटालीलाईपनि ज्याकमाले मास्कहरु पठाएर सहयोग गरेका थिए । उनले पठाएका मास्कहरु मंगलवार स्पेन र ईटालीले प्राप्त गरेका छन् । स्पेनले पाँच लाख मास्क प्राप्त गरेको छ । बेल्जियममा बुधवार आइपुगेका एक करोड ५० लाख मास्क स्लोभेनिया, फ्रान्स र बेल्जियमले प्रयोग गर्ने छन् ।

(युरोप र अफ्रिकाभरि मास्क दान गर्ने चिनियाँ धनाढ्य ज्याक मा)

५५ वर्षिय चिनियाँ धनाढ्य ज्याक माले प्रत्येक अफ्रिकी देशलाई एक लाखका दरले मास्क पठाएर सहयोग गर्ने बचन दिएको फ्रान्सेली मेडियाले जनाएका छन् ।

अलिबाबाको नामबाट चिनिने उनको अनलाईन कम्पनीले युरोपेली मुलुकहरुलाई अझैपनि स्वास्थ्य संवन्धि विभिन्न सामाग्रि र उपकरणहरु सहयोग गर्ने बचन दिएको फ्रान्सेली मेडियाले उल्लेख गरेका छन् ।

यसैबिच आज १५ हजार चार सय ९० वटा मास्क प्रशासनले पेरिसमा कालो बजारि भैरहेको ठाउँबाट बरामत गरेको छ ।

मास्कको संकट भएपछि फ्रान्सको रक्षा मन्त्रालयले आज स्वास्थ्य सेवा विभागलाई ५० लाख वटा मास्क उपलब्ध गराएको छ ।

त्यसैगरि पछिल्लो जानकारि अनुसार फ्रान्समा बुधबार साँझ सम्म ९१३४ जना कोरोनाबाट संक्रमित छन् । ति मध्ये २६४ जनाको म्रित्यु भएको छ । गएको २४ घण्टामै ८९ जनाको म्रित्यु भएको छ । अस्पत्तालमा उपचाररत मध्ये ९३१ जना गम्भिर अवस्थामा छन् ।

एक अर्को जानकारि अनुसार सरकारी नियमको अवज्ञा गर्दै ओहोरदोहोर गरेका चार हजार ब्यक्तिलाई फ्रान्सेली सुरक्षाकर्मीले जरिवाना लगाएका छन् ।

कोरोनाको संकटपछि हाल सरकारसित २१ हजार ब्यवशायीले सहयोग मागेका छन् । सरकारि भत्ताकालागि आबेदन दिनेहरुको संख्या चार लाख पुगेको छ ।

तपाइँको प्रतिक्रिया