बिहान उठि झुलुक्क हेर्दा लागेछ असार
हो आज देखि लागेछ असार । सिंह दरबार र मन्त्री क्वाटर जित्न लडाई गर्नेकालागि आजको दिन खासै केहि नहोला । तर आम गरिखाने किसानका लागि भने आजको दिनले विशेष महत्व राख्छ । मुठि उमारेर पाथी र पाथीबाट मुरी उब्जाएर वर्ष दिनकालागि आफु र आफ्ना परिवारलाई खाना पुग्ने अन्न जोहो गर्ने महिना हो असार । अनि यसो आकाशमा कालो बादल मडारिँदापनि आकाशे पानीमा भर पर्नेहरु कुटो कोदालो लिएर आकाश हेर्दै लाग्छन् धानका बिउ रोप्न खेत तिर । छिन छिनमा पानी पर्छ । आकाश कालो र निलो हुन्छ । हरर्र पानी पर्छ चारैतिरबाट कालो र निलो भएर । खोला र नहर अनि खहरे गड्गडाउँछन् । चारैतिर हरियो हुन्छ । खेतका भ्यागुता र किरा फट्यांग्रासम्म खुशि हुन्छ ट्याँर्र टुर्र किरमिर गर्दै । बास !
बाउसे र बाउसेनी । रोपाहर र रोपाहरनी। हली । गोठालो। आफु त गाउँले मान्छे । गाउँले परिवेश । ग्रामिण वातावरण । मलका भारीपनि बोकियो । दाउराका भारीपनि अस्विकार गर्ने अवस्था थिएन । जे देखियो भोगियो । असार साउन भनेपछि आफैले भारि बोकेका दिनहरुको संझनाले सताउँछ के गर्ने ? ल असार महिनाको रोपाई, खनजोत, बिउ निकाल्ने रोपाई सम्झाउने एउटा भिडियो, गित हेर्नुस यहाँ क्लिक गरेर ।






