‘कसैको साथ खोजेको छैन, फोटो हाल्न लगाएको छैन’ भन्दै बेल्जियमका नेता र पत्रकारलाई महिलाको चुनौति

     (निमाको स्टाटसको पहिलो भाग)

गत साता बेल्जियममा भएको भनिएको आत्महत्याको घटनामा यो घटनासित संवन्धित निमा लामा शर्माले मुख खोलेकि छन् । उक्त घटनासित संवन्धित स्थानिय नेता, कराँतेका डन, मगरसंघका केन्द्रिय नेता र नेपाल पत्रकार महासंघ युरोपका सदस्य विरमान घर्ती मगरले उनको दबाबको कारण सामाजिक सन्जालमा फोटो राखेको सार्वजनिक गरेका थिए । रुँदै सहयोग मागेकोले साथ दिएको, निमाकै दबाबमा तस्विर सामाजिक सन्जालमा राखेको, निमाले सहारा खोजेकाले स्विकारेको लगाययतका विषय आफ्नै फेसबूकमा लेखेर सार्वजनिक गरेका थिए । तर उनका ति आरोपहरुको निमाले शनीबार स्टाटस मार्फत खण्डन गर्दै ‘आफ्ना कमजोरीहरु अरुको टाउकोमा नथोपर्न’ चुनौति दिएकि छन् । निमाले टाउन मिडलका नाममा खोलेको फेसबूकबाट सामाजिक सन्जालमा दिएको चुनौतिले विरमान घर्ति मगरले झुठो बोलेका रहेछन् भन्ने प्रश्न उब्जिएको छ ।

(निमाको स्टाटसको दोस्रो भाग)

सामाजिक सन्जालमा आफूले हरेक तरहले निमालाई साथ दिएको, उनैले प्रस्ताव राखेको, रुँदै रुँदै हिँड्न बाध्य भएकोले साथ दिएको लगायत लगाएका आरोपहरुमाथि अहिले निमाको स्टाटसपछि बेल्जियममा प्रश्न उठेको छ । नेकपाको नेता, सामाजिक अभियन्ता, नेपाल पत्रकार महासंघ युरोपको सदस्य जस्तो जिम्मेवार पद ओगटेका एक ब्यक्तिले समाजिक सन्जालमा ढाँटेको, कराँतेका डन भएकाले बल देखाएर धम्किको भाषा बोल्ने गरेको र सामाजिक सन्जालमा झुठो लेखेको भन्दै बेल्जियममा फेरि बहस चलेको छ ।

आफूलाई कसैले कुनै आरोप लगाउन पाउँदैन, सबै बेल्जियमको कानुनले हेर्छ भन्ने आशय ब्यक्त गरेका विरमान घर्ति मगर भने सामाजिक सन्जालमा आफैं न्यायाधिशका रुपमा प्रस्तुत हुँदै म्रितकका परिवारलाई घटनाको सम्पूर्ण दोष लगाएका छन् । आफैं चिकित्शक बनेर म्रितकका पितालाई मानसिक रोगीको संज्ञा दिएका छन् । उनले मूलभूत रुपमा घटनासित संवन्धित पात्रहरु सबैलाई मुछेर आफू चोखो बन्ने प्रयास गरेका थिए । तर पछिल्लो समयमा निमाले उनका आरोपको सामाजिक सन्जालबाटै खण्डन गरिदिएपछि उनले गरेका बचाउमा शंका उत्पन्न भएको मात्रै होइन उनले थप बार्गेनिङ गरेको हुनसक्ने  संभावना देखिएको छ ।

विरमान घर्ती मगरले निमा र म्रितकका परिवारलाई लगाएको दोष र आफूलाई महान पात्रका रुपमा ब्याख्या गर्दै सामाजिक सन्जालमा ब्यक्त गरेको समाग्रि र त्यसपछि निमा लामाले त्यसलाई प्रतिकार गर्दै सामाजिक सन्जालमा राखेका दुई स्टाटस यहाँ राखिएको छ । उनले नेपाली रोमनमा लेखेको स्टाटसलाई नेपालीमा टाईप गरेर राखिएको हो । उनले अंग्रेजीमा लेखेको दोस्रो स्टाटास भने यथावत राखिएको छ । यसबाट पाठकहरुलाई घटनाको यथार्थता बुझ्न थप सहयोग हुने छ ।

विरमानको स्टाटसपछि निमाको टाउन मिडलको नामबाट आएको स्टाटस, मार्चको सात तारिख

Town Middel is with Khadka Bahadur Kc and 37 others.

मेरो नाम प्रयोग गरेर सबै जना राजनिति गर्न छाडिदेउ । मैले कुनैपनि भिडियो हाल, फोटो हाल, साईबर क्राइम गर भनेर भनेकै छैन । र आधा रातमा लोग्नेले पिट्यो भन्दै सहारा चाहियो भनेर कसैलाई गुहार माग्दै हिँड्या नी होइन । यो सरासर गलत आरोप हो । र सहारा खोज्दै हिँड्या नि छुइन, । आजसम्म एक्लै छोरीलाई पाल्ने हिम्मत छ मेरो । पालिराखेकै नि छु । पहिलो प्रस्ताब राख्दै हिँड्या नि छुइन । र मेरो सहमतिमा फोटो हाल्या नि होइन ।

आफ्नो गल्तिहरु अर्काको टाउकोमा थुपार्न नि छाडिदेउ । यहाँ को कस्ता छन् सबैलाई थाहा भएकै कुरा हो । मसँग जबर्जस्ति गर्न आउ भनेर मैले कसैलाई भन्या नी होइन् ।

मेरो छोरी र मेरो पछी नलाग । मानसिक रोगीलाई तनाब नदेउ । मेरो सहमतिमा फोटो पोस्ट गर भन्या नी छुइन । मान्छेलाई तनाब देउ पनि भन्या छैन । यो झुठो प्रोपोगण्डा बनाउन छाड । र एउटा महिला लाई नंग्याउने कामहरु बन्द गर ।

समाजमा महिलालाई नंग्याएर के पाउँछौ र ? भोली आफ्नै चेली छोरी नि त होलान नि त । अलिक बिचार गर । अख्तियारको दुरुपयोग नगर । आफ्नो गल्ति अर्काको टाउकोमा नथुपार । अन्तिम कुरा हो मेरो । यो बाहेक मलाई केहि भन्न छैन । गर्न नि छैन ।

मलाई बाँच्न दे । मलाई छोरीको लागि केहि रचना गर्न छ । एउटा बाउ आमाको माया दिन छ । त्यसैले मलाई तनाब नदे, नेपाली सोसाईटी । सक्छौ सहयोग गर नभए केहि नि नगर ।

मलाई मर्न छैन । प्लिज छोरीकोलागि बाँच्न छ । हे कुट्निति गर्नेहरु एक्लो महिला सोचेर जे भने नि हुन्छ भनेर जे पायो उहि झुठा समाचार नबनाम । साँचो कुरा बुझ अनि मात्रै लेख अथवा बोल ।

अब मलाई डिस्टर्ब नगर । मलाई यो विषयमा केहि भन्न छैन । म जरुरीनि ठान्दिन । सबलाई थाह छ साँचो कुरा । त्यसैले अब जे सुकै भन, गर मलाई कोहि सँग मतलब छैन । मेरो अन्तिम भनाई, बिन्ति छ प्लिज मलाई बाँच्न देउ छोरीको लागि ।

निमा लामा शर्मा

निमाले अंग्रेजीमा लेखेको स्टाटस

Town Middel is with Khadka Bahadur Kc and 37 others.

18 hrs ·

To all the nepalese society and politicians of nepalese community including the ambassador of nepal .respected nepali media and journalist. i want to live for my daughter i heartly request you to stop bullying me.i dont want to commit a sucide .i want to make my daughter life beautiful.let me live my life
Stop doing in human act.

Its already a lot of blame for me
Stop everything .be like a human not like a dog. Everything that u are writing n blaming are detoriating my mental health.i request u that i want to love n live my life.please dont kill me i love my daughter i want to live for my daughter.
Dear society n its people media politicians party administration you have not given me any thing so please stop making fun of my situation.

I dont want you to post nonsense things without my authority.just a little message that i m tierd of you all .i cannot fight with you.i m a nepalese women if i fight for my right i might be punished may be by our society nation law and its people. So please let me live for my daughter.i beg you stop making fake news.

Thanking you heartly
If u cannot give then please dont take
I want to live my life dont wanna die

Please understand all women , society, law, politicians ,parties and affiliated members of our governing bodies.

I m not criminal
Let me live .stop making my private things public.i dont want it .please i want to live .

Mother of nishma sharma
Nima lama sharma
Begging to live a life for my daughter.

विरमान घर्ती मगरले मार्च सात तारिख विहान ३ बजेर ५६ मिनेट जाँदा पोष्ट गरेको सामाग्रि

Birman Magar is with Sita Sapkota and 11 others.

आदणिय बेल्जियमबासी दाजूभाई तथा दिदीबहिनीहरु
नमस्कार- अभिवादन

बेल्जियममा सुमन जैशीले आत्महत्या गरे संगै मेरो नाम जोडिएर केही कुप्रचारहरु सुरु गरिएका छन् । तर सुमन जैसीले यो भन्दा अगाडी कम्तिमा पनि दर्जनौ पटक सम्म
आत्महत्याको प्रयास गरेकोबारे बेल्जियम प्रहरी जानकार छ । छोराको श्रद्धांजलि सभामा विरमान घर्ती मगरको नाम लिएर चिच्चाउने उनको बाबा हरी जैशीलाई पनि उनको छोरा डिप्रेशनको अन्तिम स्टेजमा पुगेको र जुनसुकै बेला उ आत्महत्याको लागी तयार छ भन्ने थाहा नभएको पनि हैन । आफ्नो लाज लुकाउन अरुलाइ झुठो आरोप लगाउने बानीले होला उनलाई बेल्जियममा हरि बौलाहाको नामले बोलाउने गरेको

आफुले जन्म दिएको छोराकै बारेमा थाहा छैन भने पटक पटक छोराले उपचार गराउने अस्पताल, सेवन गर्ने औषधी तथा प्रहरीकहाँ गएर उनको विगतको फेहरिस्त मागे भैहाल्यो।

सुमन जैशीको आत्महत्या पश्चात बेल्जियमको समाजमा धेरै प्रश्नहरु उठे । जुन स्वभाविक छ । दुखद घटना घट्यो, यसको समि़ाक्षा हुन जरुरी छ । तर सुमनको पार्थिव शरिरको नजिकै उभिएर आँशुका धारा बगाउदै उनको श्रिमतीले के भनिन् ? त्यो यो समाजले लुकाउन मिल्दैन ।

कुनैपनी घटनाको प्रमुख कारण एउटा मात्र हुदैन । आज ददी सापकोटा द्वारा संचालित मिडीयामा सुमनको बाबाले विरमानको नाम लिएर के भने ? निकै प्राथमिकताका साथ राखिएको छ, तर ति बिधुवा निमा लामाले सुमनको शव नजिक उभिएर के भनिन् ? त्यो मैले यहाँ तल राखिदिएको छु । उनले जातिय विभेद, दमन, ब्रमाहणबादका कारण आफ्नो श्रिमानले आत्महत्या गरेको बताएकी छिन् ।

ददी सापकोटा जि लाई मेरो कागजको, व्यापार घाटाको, रिनधनको फेहरिस्त बुझाउन चाहन्न किनकि ददी सापकोटा लाई भेटेकै दिन हिसाबकिताब एकैपटक बुझाउला । तर निमा लामा संग मेरो सम्पर्क, सम्बन्ध हो, थियो, त्यो लुकाएर लुक्ने कुरा हैन । किनकी सुमनको पूर्व श्रिमतीसंग म विवाह गर्ने भनेर एउटै घरको एउटै छानामुनी महिनौ बिताएका थियौ । विहे गर्ने, बच्चा जन्माउने सपना देखेका थियौ । निमा संग बिताएका ति सुखद पलहरुको अडियो, भिडीयो प्रमाणहरु म संग सुरक्षित छन् । राजिखुसीले हामी संगै बसेका थियौ भन्ने प्रमाणहरु चाहियो भने म दिन तयार छु । त्यो मैले भनेकै हो ।

सुमनको आत्महत्या पश्चात प्रहरीले मलाई र निमालाई संगै भेटाएर सम्पर्क गरिसकेको छ । र मैले आफ्ना सम्पूर्ण कुरा राखिसकेको छु । हाम्रो सम्बन्धको बारेमा प्रहरी जानकार छ । म पनि आफ्नो श्रमिती संग डिभोर्सको प्रकियामा भएको र निमा पनि डिभोर्सकै प्रकियामा भएकाले हामी संगै बसेका थियौ । ददीजी म पनि युरोप बसेको २० बर्ष भयो । श्रिमती संग व्यापार घाटा मिलाउन नाटक गरेको मान्छे अन्तत; श्रिमती संगै बस्छ, निमा लामा संग बस्दैन ।

करिब एक बर्ष अगाडी निमा संग मेरो लुभेनमा पहिलोपटक मेरो भेट भएको थियो। उनको साथमा एक छोरी पनि थिईन् । हाम्रो परिचय साधारणतया एक नेपालीकै रुपमा भयो । उनी त्यतिखेर एक्लै बस्ने गरेकी थिईन् । तर आफ्नो सम्पूर्ण परिवार बेल्जियममै भएर पनि आफू एक्लै बस्नु परेको बताएकी थिईन् । श्रिमान, सासु, ससुरा सबै यतै भएर पनि उनी एक्लै बस्नुको कारण के थियो मैले कहिल्यै सोधिन । मेरो रुचीको बिषय पनि थिएन त्यो । भेट हुदा सामान्य औपचारिक नमस्कार आदन, प्रदान हुन्थ्यो । कफी पिईन्थ्यो।

एकदिन मैले उनको श्रिमानको बारेमा सामान्य चासो राख्दा, श्रिमान आफू संग नबसी एक्लै बस्ने गरेको, घरकै झगडाका कारण श्रिमान डिप्रेशनमा परेको, पटक-पटक आत्महत्या गर्ने प्रयास गरेको भन्ने गर्थिन् । र उनीहरु औपचारिक रुपमा अलग हुनका लागी डिभोर्सको कानुनी प्रकिया समेत थालनी भैसकेको रहेछ । परिवारको दमनमा आफू बस्न नसक्ने श्रिमानको हर्कतले कुनैपनी दिन दुर्घटना हुन सक्ने भएकाले आफ्नै आत्मरक्षा छोरीलाई बचाउन पनि आफू अलग्गै बस्नुपरेको उनको भनाई थियो

विस्तारै उनले आफ्नो जिवनका सुखदुखका कथाहरु पोख्दै गईन् । आफुले भोग्नु परेको मानशिक पिडा, घरेसु हिंसा, विभेदका कुराहरु सुनाउदै गईन् । सासु ससुराले के गरे, श्रिमानले के गरे हरेक दिन उनको कथा म्यासेन्जरमा सुन्नुपर्थ्यो । प्राय सबैको घरमा झगडा हुने भएकाले मैले उनको गुनासोलाई सामान्य साथीको नाताले सुनेर साथ दिनु मेरो बाध्यता थियो ।

उनले आफ्ना कुराहरु शेयर गर्ने क्रममा आफु शेर्पा जातको भनेर उनको सासु ससुराले घरबाट निकालेको, ट्वाईलेटमा हप्तौ सम्म थुनेको, पिटेको जस्ता दर्जनौ दुख पोखिन् । आफूलाई नछाडे छोरालाई पनि घर पस्न नदिने भनेर श्रिमानलाई समेत घरबाट निकालेको, नातिनी हाम्रो हैन अरु कसैको हो भनेर छोरालाई अलग्गै बस्न लगाएको, छोराले कमाएर घर किन्न दिएको ३५ हजार बाबाले खाईदिएको जस्ता दुखेसो थियो उनको । त्यो सत्य हो कि हैन उनेले जान्ने कुरा हो ।

यसरी नजिक हुने क्रममा उनले एकदिन आफु एक्लै बस्ने गरेका कारण सबैले हेपेको, गलत नियत राखेको आफूलाई साहारा चाहिएको बताईन् उनले त्यो साहराको रुपमा मलाई नै रोजिन् मलै हुन्छ भन्न पनि सकिन, हुन्न भन्न पनि सकिन । तर जातिय विभेदका कुराले मलाई धेरै नै छुन्छ। यसर्थ म भावुक पनि भए, र ठिकै छ तिमी पनि डिभोर्सको निवेदन दिएर बसेको एकल महिला रहेछ, म पनि डिभोर्सको प्रकियामै छु भन्ने कुरा भयो । विस्तारै उनसै संगै बसौ भन्न थालिन् । र म उनी संगै बस्न थाले। करिब ६ महिना संगै बस्यौ ।

संगै बस्ने क्रममा एउटा प्रेमी र प्रेमीकीले बुन्ने अनेकौ सपना हामीले पनि बुन्यौ, देख्यौ । भविश्यका बारेमा धेरै योजना बनायौ । मैले आफ्नो पाहुनाहरु पनि उतै लैजान थाले । सबै राम्रो चलिरहेको थियो। उनी पनि खुसी थिईन् ।

अचानक हाम्रो प्रेमी र प्रेमी बिचम कसैले विष घोली दिन्छ एकदिन उनले आफू श्रिमान संगै मिलेर जान चाहेको, डिभोर्सको निवेदन फिर्ता लिन चाहेको बताईन् । मलाई अनौठौ लाग्यो । अब कुनैपनी महिला आफ्नो श्रिमान संग मिलेर घर परिवार राम्रो हुन्छ भने कसैले बाधा अबरोध गर्नुहुदैन । ल जे निर्णय गर्यौ ठिक भयो । राम्रो संग मिलेर बस भन्ने सल्लाह दिएर म आफ्नै पुरानो कोठमा सामनहरु लिएर फर्के।

केही दिन पश्चात उनलाई सुमनले फेरी दुर्ब्यबहार गरेको खबर आयो । निमा मध्याकातमा नानी च्यापेर आईन् । मैले फेरि साथ दिने कुरा गरे । उनले सुमन नसुध्रेको, उ संग बस्न नसकेको कुरा राखिन् । हामी फेरी संगै भयौ । उनकै दबाबमा मैले आफ्नो सामाजिक संजालमा फोटो हालेको हो

आफ्नै नातीनीलाई अर्का संग सुतेर जन्माएको हो, तेरो हैन भनेर छोरालाई बारम्बार उकास्ने। मध्यरातमा बुहारी पिटेर घरबाट लखेट्ने तल्लो जातको केटी भनेर बुहारी संग छोरा छुटाउन अनेक जालझेल गरेर छोरालाई डिप्रेशनको अन्तिम स्टेच सम्म पुराउने, छोराले सयौ पटक आत्महत्याको प्रयास गरेको आफ्नै आँखाले देखेर पनि नाटक हो भन्दै हाँसेर बस्ने, केवल पैसाको लागी जे पनि गर्ने विभेद, अपमान तिरस्कारका कारण यो आज दुखद घटना घटेको

पिडीत महिलाको अगाडी नउभिएको भए, हिम्मत नदिएको भए उनलाई पनि अहिलेसम्म मारिसक्थे वा मर्न बाध्य बनाउनेथिए उनलाई पनि डिप्रेशनमा परिवारले नै पुराएको यो घटनाको सम्पूर्ण जिम्मा छोरा बुहारीलाई मध्यरातमा घरबाट जस्ले रुवाउदै निकाल्यो तिनीहरुले नै लिनुपर्छ अरु कुरा समयक्रम संगै बाहिर आउलान्

अन्त्यमा ददी सापकोटा तिम्रो नालीबेली दुनियालाई थाहा छ । मेरो परिवारको बारेमा जसरी झुटो कुराहरु प्रचार गरेका छौ,मा यसको त तिमीले एकदिन मूल्य चुकाउनै पर्छ । एउटा कुरा मात्रै भन्छु, निशाको कागज बनाईदिएको मैले हो, मैले उनीबाट कागज बनाएको हैन । हेर तिम्रो सत्यता कति नाँगोमा छ । तिम्रो स्तरहिन पत्रकारिताको जिम्मा सम्मानित प्रेस जगतले लिन सक्दैन । तिमीले नै लिनुपर्छ । र मलाई रिन लागेको, भत्ता खाएको कुरा उठाएका छौ । कुनैदिन बिहान तिम्रो पसलमा कफी पिउन आईपुगे भने अरु हिसाबकिताब राम्रो संग बुझाउला । अनि मेरो घरमा आएर घिचेको पनि याद होला ।

तपाइँको प्रतिक्रिया