‘उल्लेखनै गर्नुपर्नेगरि कसैको ऋण लिएको छैन’ विरमान

?

नेपालप्लसमा शनीवार ‘तँलाई छोड्दिन बिरमान’ भन्दै किन चिच्याए आत्महत्या गरेका भनिएका यूवाका बुवा ?’ शिर्षकमा प्रकाशित समाचारका विषयमा विरमान घर्ती मगरले आपत्ती जनाएका छन् । समाचारमा उल्लेखित सबै विषयमा उनले खण्डन गर्न नसकेतापनि आफूले सरकारि ऋण नखाएको, लिएको ऋण तिरिसकेको, आफ्नो पेपर आफैंले बनाएको भन्दै समाचारका केहि विषयमा आपत्ती जनाएका छन् । उनले नेपालप्लसलाई खण्डन पठाउँदै त्यसको एक प्रति नेपाल प्रेस काउन्सिललाई बोदार्थ पठाएका छन् ।

विरमान घर्ती मगरले सामाजिक सन्जालमा ‘ठिक पार्छु, हिसाबकिताब गर्न आउँछु’ भन्दै नेपालप्लसका सन्चालकलाई दिएको धम्कीका बारेमा भने केहि बोलेका छैनन् । आफ्नो चरित्र हत्या भएको भन्दै आपत्ती जनाएका उनले आफूले सामाजिक सन्जालमा धम्कि र तुच्छ भाषा प्रयोग गर्दै तुत्कारेको विषयमापनि चुइँक्क बोलेका छैनन् । आफ्ना विषयमा आएको समाचारमा आपत्ती जनाउँदै खण्डन पठाएपनि उनले आफूले सामाजिक सन्जालमा गरेको गालीको महसुसपनि कहिँ गरेको देखिन्न ।

उनको खण्डन हेर्नुस्

सम्पादक ज्यू

www.nepalplus.com

नेपालप्लस अनलाईन मिडीयाले प्रकाशन गरेको समाचार http://www.nepalplus.com/archives/33647 प्रति मेरो ध्यान आकर्षित भएको छ । र समाचारमा लेखिएका अधिकाशं जानकारीहरुले मेरो चरित्रहत्या भएको महशुस गरेको छु । र आफ्ना केही खण्डनहरु राख्न चाहान्छु ।

नेपाल न्यूजको समाचार माथी मेरो खण्डन

http://www.nepalplus.com/archives/33647#more-33647

१- समाचारमा मैले आफ्नो पूर्व पत्नीलाई “मुसलमान संग लागेको आरोप लगाएको” भनिएको छ । यो पहिलोपटक म आफै सुन्दैछु । त्यो को मुसलमान हो मलाई थाहा भएन । यस्तो समाचरले कस्को, कसरी चरित्र हत्या हुन गयो स्वभाविक रुपमा अनुमान गर्न सकिन्छ ।

२- समाचारमा निशा भन्ने महिलाको नाम आएको छ । उनीबाट मैले कागज बनाएको भनिएको छ । तर त्यसो हैन ।  न मलाई उनले कागज बनाईदिएको हो, न मैले उनलाई कागज बनाईदिएको हो । कागज त बेल्जियम सरकारले बनाईदिएको हो । हामीले विहे गरेर कागज बनाएको हैन । रिफौजी केश हो । निशालाई रिफौजी केश लड्नका लागी “कथा” भने मैले लेखिदिएको हो । यसर्थ निशालाई बिहे गरी काजग बनाई नेपालबाट मैले श्रिमती ल्याएको कुरा सरासर झुटो हो । म आफै रिफौजी केशको कागज बनाई परिवार ल्याएको हो । अरु कसैसंग बिहे गरी घरजम गरेकी निशाको चरित्रहत्या भएन र ? मेरो पनि भएन र ?

३- मैले समाचारमा भने जस्तो बेल्जियम सरकारबाट कुनैपनी प्रकारको रिन लिएको छैन । लिदै नलिएको रिन कसरी लियो भनेर लेखियो ? लिएको रहेछ भने प्रमाणित र्नगर्नुपर्यो । ९ बर्ष अगाडी प्रशनल लोन लिएको थिए, त्यो ४ बर्ष अगाडी तिरीसके । त्यही तिरीसकेको रिनलाई समाचार बनाएको त हैन ? यसबाट पनि मेरो चरित्र हत्या भएको महशुस गरेको छु ।

५- साथीभाईमा सामान्य रिन सापटी सबैको हुन्छ । तर मैले उल्लेख नै गर्रनुपर्ने गरी कसैको रिन लिएको छैन । लिएको भए पनि ब्याबहार मिलाउने कुरा हुन्छ । यसरी किन लेखियो । के पत्रकार ददी सापकोटाजीको रिन नै छैन ?

६- निमा लामा संग बसेकै हो । प्रेम सम्बन्ध रहेकै हो । उसको घर, सम्पत्ती कहा के छ मलाई थाहा छैन । समाचारमा आए जस्तो म लोभिएको पनि हैन । अब सुमन जैशीको आत्महत्या पश्चात त्यो आरोप मलाई लाग्छ भने छानबिनका लागी तयार नै छु । प्रहरीलाई सघाईरहेकै छु । बेल्जियमको कानुन अनुरुप दोषी ठहरिए सजाय भोग्न तयार पनि छु । म भागेको छैन । मैले समाचारमा आएजस्तो कसैलाई धम्काएको पनि छैन, बल्याकमेल गरेको पनि छैन । मेरा सबै ईलेक्ट्रोनिक डिभाईस रिलभर गरे हुन्छ । ललाई फकाई हो कि के हो अनि थाहा हुन्छ ।

बोदार्थ- नेपाल प्रेस काउन्सिल

Best Regards,

Birbhan Gharti Magar
0032466434445

तपाइँको प्रतिक्रिया