तँलाई छोड्दिन बिरमान’ भन्दै किन चिच्याए आत्महत्या गरेका भनिएका यूवाका बुवा ?

(शुक्रबार भएको सुमन शर्माको अन्त्यष्टि कार्यक्रममा अघिल्लो पंक्तिमा कपाल मुडुलो पारेका सुमन शर्माका बुवा र अन्य नेपाली । फोटो स्रोत -सिता सापकोटा)

बेल्जियमको लुभेन निवासी सुमन शर्माको म्रित्युलाई लिएर धेरैले अनेक टिप्पणी गरे । उनको म्रित्यु सामान्य म्रित्यु नभएर बेल्जियमका नेकपाका स्थानिय नेता, नेपाल पत्रकार महासंघका सदस्य विरमान घर्ती मगरको कारण रहेको धेरैले जाने, बुझेपनि सिधै लेख्न सकेनन् । घुमाएर लेखे । तर आज शुक्रबार उनको अन्त्यष्टिमा नेपाली समूदायको बाक्लो उपस्थिति थियो । आफ्ना छोरा सुमन शर्मालाई अन्तिम श्रद्दान्जली दिँदै गर्दा सुमनका पिता हरि जैशी (शर्मा) भने एकोहोरो कराइरहे ‘तँलाई छोड्दिन बिरमान, तँलाई छोड्दिन, बिरमान तँलाई छोड्दिन ।’

अति हतास । अति भाव बिव्हलित । आँखाबाट बलिन्द्र आँसु झारिरहेका सुमनका पिता हरी शर्माले खचाखच भरिएको हलमा आँसु झार्दै विरमानलाई सत्तो सराप गर्दा हलका मानिसहरुमा दुखको समुद्र मात्रै उल्टिएन कि विरमान प्रतिको आक्रोश र सजाएँको भावपनि उर्लियो ।

घटना के हो ?

बेल्जियमको लुभेन शहरमा सोमबार बेलुका ३५ वर्षे नेपाली युवक सुमन जैसीले आत्महत्या गरे भन्दै न्युज आयो । सन् २००७ देखि नै बेल्जियम बस्दै आएका जैसीले गुडिरहेको रेलको अगाडि हाम्फालेर आत्महत्या गरेको सार्वजनिक भयो । पर्वत घर भएका सुमनले निमा शेर्पासित विवाह गरेका थिए । अन्तर्जातिय विवाह गरेकोले परिवारले सहज रुपमा नलिएको भन्ने थियो । तर उनीहरुले आफ्नो जिवन सँगै बसेर गुजारिरहेका थिए । त्यसमा परिवार बाधक थिएन । बिचमा उनीहरुबिच केहि मनमुटाव भएको थियो । उनीहरु अलग अलग बसेका थिए । सुमनले आफ्नी पत्नी निमालाई ‘तिमी बाहेक म कसैको बन्न सक्दिन । मिलेर बसौं । छोरीपनि छ । अन्यथा नसोच, एक्लै नबस’ भन्दै पटक पटक खबर गरेका थिए ।

तर उनीहरुबिचको संवन्धमा दूरी बढेको देखेपछि नेपाल पत्रकार महासंघ युरोपका सदस्य, नेपाल मगरात मुक्ति मोर्चका केन्द्रिय सदस्य, मगरात मुक्ति मोर्चा युरोपका ईन्चार्ज, युरोप संयोजक, नेकपा माओवादी युरोपका अध्यक्ष, विरमान घर्ति मगर नजिकिए । सुमन र निमासितको आन्तरिक किचलोमा विरमानले खेल्ने दाउ रचे । निमासित अन्तरंग संवन्ध जोड्न सफल भए ।

(फर्वरि महिनामा निमासित नजिकिएको देखाउन विरमानले आफ्नै फेसबूकमा राखेको निमासितको फोटो)

बिचमा निमा र सुमनले फेरि वार्ता गरे । विरमानसित नजिकिएपनि नेपाली समूदायकाबिचमा बदनाम विरमानसित निमाले लामो संवन्ध गास्न खोजिनन् । र सुमनसितै मिलेर बस्ने निर्णय सुनाईन् । केहि समय विरमानसित निकट हुँदा एक अर्का नजिकिए । जब निमाले ‘अब जे भयो भयो म आफ्नै लोग्ने सुमनसित बस्छु’ भन्ने निर्णय विरमानलाई सुनाईन् तब विरमानले निमासित सँगै खिचेका फोटो फेसबूकामार्फत सार्वजनिक गरिदिए । र निमालाई भने ‘यति मात्रै होइन मसित तिम्रो र मेरोबिचको संवन्धको भिडियोपनि छ । त्योपनि सार्वजनिक गरिदिन्छु र मेरो हुन नसके तँलाई कसैकोपनि हुन दिन्न ।’ फेसबूकमा निमासित खिचेका तस्विर विरमानले रखिदिएर भिडियोपनि छ’ भन्दै ब्ल्याकमेलिङ गरेपछि निमापनि बिक्षिप्त बनिन् र विरमानको धम्किलाई चुनौति दिएर सुमनसितै बस्ने निर्णय लिन सकिनन् ।

उनीसितको फोटो सार्वजनिक भएपछि नेपाली समाजमा अनेक टिकाटिप्पणी शुरु भए । सुमन र निमाबिच एक छोरिसमेत जन्मिसकेकाले सुमन त्यो नाता फेरि कायमै राख्न चाहन्थे । तर विरमानले सार्वजनिक तस्बिर खिच्दै निमासित ‘तिमी मेरो भइनौ भने म तिमीलाई अरु कसैकोपनि हुन दिन्न’ भन्दै बार्गेनिङ र धम्काउने गरेको खबर बाहिर आयो । यहि फर्वरी महिनामा विरमानले निमासितको फोटो आफ्नै फेसबूकमा हालिदिएपछि नेपाली समाजमा अनेक आलोचना र टिकाटिप्पणी भए । सुमन र उनको परिवारपनि थप बिक्षिप्त बन्यो । अन्तत सुमनले आत्महत्या गरे ।

विरमान को हुन् ?

विरमान घर्तिमगर तिनै ब्यक्ति हुन् जो पहिले बेल्जियममा निशा मगरसित बसेका थिए लिभिङ टुगेदरकारुपमा । बेल्जियम बस्ने बैधानिक इजाजत (कागज) भएपछि उनले निशासित संवन्ध तोडे । किनभने बेल्जियममा उनलाई कागज र जवानीको रस चाहिएको रहेछ । र उनी पहिल्यै बिवाहित रहेछन् । बालबच्चा र पत्नी नेपालमा रहेछन् । कागज भएपछि उनले निशालाई छोडेर नेपालबाट आफ्नी श्रीमति छोराछोरी ल्याए ।

विरमानले त्यति बेला बेल्जियममा ब्यवशाय गरेका थिए । उनले धेरै नेपालीबाट ऋणपनि लिए । तर उनी ब्यवशायमा डुबे । ति धेरैको ऋण तिर्न अहिलेपनि बाँकि छ । उनले बेल्जियममा सरकारी ऋणपनि लिए । त्योपनि डुबेर उनले सरकारि ऋण तिर्न सकेनन् । बेल्जियममा सरकारि ऋण लिएपनि जब यो मान्छेले ऋण तिर्नै सक्दैन, यो ऋण तिर्न बाध्य पारिए, सजाएँ दिए आत्महत्या गर्न सक्छ भन्ने स्तरमा पुग्छ तब सरकारले मिनाहा गरिदिन्छ । हो यहि प्रावधान बुझेका विरमानले आफू एक्लो देखाउन आफ्नी पत्नीसितपनि संवन्ध बिच्छेदको प्रक्रिया अगाडि बढाए । आफू छुट्टै बसेको देखाउन अलग्गै ठेगाना बनाए । पत्नी र वालवालिकासित सँगै भएपनि यो ऋण मिनाह गर्न उनले पारिवारिक सल्लाहमै संवन्ध बिच्छेदको प्रक्रिया गरेका थिए । ब्यवहारिक रुपमा परिवारसित सँगै बसेपनि कानुनीरुपमा संवन्ध बिच्छेदको प्रक्रिया देखाए । परिवारकै सहयोग र सुझावमा सरकारि ऋणबाट मुक्त बने । हाल उनी बेल्जियम सरकारले दिने भत्ता खाएर बस्छन् ।

त्यहि बिचमा विरमानले निमाको संवन्ध टाढिएको मेसो पाएर निकट बने । संवन्ध बिच्छेदको प्रक्रिया निमा र सुमनबिच बैधानिक नभएपनि विरमानले ‘मपनि एक्लो हुँ’ भन्दै निमासित नजिकिए । विरमानले आफ्नो आर्थिक पाटो सबै ध्वस्त बनाएको अवस्था । नेपालीहरुलाईनै ऋण तिर्न बाँकि । निमा हुनेखाने र पैसापनि भएकि । यो देखेपछि आफ्नी पत्नीसित पुरै टाढिएको देखाएर विरमान निमासित टाँस्सिन पुगे ।

हुँदाहुँदा विरमानले के सम्म गरे भने सरकारि ऋणबाट माफि पाउनकालागि संवन्ध बिच्छेद गरेकि पतीलाई पुरै लत्याए । र आफ्नै पत्नीलाई टाढा बनाएर निमासित नजिक हुन आफ्नी पत्नीलाई ‘मुसलवान समूदायको एक लोग्ने मान्छेसित संवन्ध गाँसेकि छे’ भनेर प्रचार गर्दै बदनाम गराउन थाले । विरमानको नाता हिजो निशासित वैंशकालागि थियो । पछिल्लो समयमा निमासित पैसाकालागि थियो । तर विरमानकी खास पत्नी रोल्पा घर भएकि एक कर्मठ र राजनितिक रुपमा सचेत महिला भएको बेल्जियमबासी नेपालीहरु बताउँछन् ।

बुवाको खाँचो र छोरोको माया कसले पूर्ति गर्छ ?

निमा र सुमनबाट एक वालिका जन्मेकि छन् । एकातिर सुमनका मातापिताले आफ्नो प्रिय छोरा गुमाए । त्यो आजिवन पिडादायि रहनेनै छ । यो पिडाको पूर्ति अब कसले गर्न सक्छ ? आफ्ना मातापिताका बिचमा कसैले खेलेर एक अवोध वालिकाका पिता गुमेका छन् । अब ति वालिकालाई आजन्म पिताको माया, स्नेह, खबरदारी र जिम्मेवारिको खाँचो परिरहने छ । यो खाँचो, यो पिडाको मल्हम कसले लगाउन सक्छ ? घटना पुरानो हुँदै जाँदा नेपाली समाजले यो घटना भुल्दै जाला । तर जन्म दिने बाबुआमा र छोरीको स्नेह, संझना र जिम्मेवारि आजन्मसम्म कसले लिने ? के नेपाली समाजले यतातिर ध्यान दिनु पर्दैन ?

यहाँ विर्सन नहुने पक्ष के छ भने हिजो रोशनी र महराको घटनामा यदि रोशनीका पतीले आत्महत्या गरेको भए दोषी को हुन्थ्यो ? पक्कैपनि महरा हुन्थे । आज विरमान र निमाको घटनामा परेर सुमनले आत्महत्या गर्नुपर्ने अवस्था आयो । यसमा को दोषी हुन्छ ?

तपाइँको प्रतिक्रिया