‘जातिय विभेद र अन्तरजातीय विवाह आत्महत्याको कारण’ भन्दै भ्रम स्रिजना गर्ने प्रयास

बेल्जियममा गत साता आत्महत्या गरेका नेपाली यूवकको विषयलाई लिएर जातिय रङ दिएको भन्दै नेपाली कांग्रेसका एक स्थानिय नेताले आपत्ति जनाएका छन् ।

बेल्जियममा पारिवारिक संवन्ध बिग्रिएर आत्महत्या गरेको भनिएका सुमन शर्मा जैसीको मुद्दालाई जातियताको रङ्ग दिँदै म्रितक शर्मा र उनक अपरिवारलाई आरोप लगाउने प्रयास केहिय नारा बोक्नेले गरेका थिए । सुमनको पारिवारिक संवन्धमा चलखेल गरेर शारिरिक र अन्य फाईदा लिन खोजेका विरमान घर्ती मगरलेपनि सामाजिक सञ्जालमा त्यसैगरि जातिय बिभेदको कारण देखाएका थिए । उनले शर्माका परिवारलाईनै दोष लगाएका थिए । तर एन आर एन ए बेल्जियमका पूर्व अध्यक्ष गंगाधर गौतमले भने त्यसलाई ठाडै अस्विकार गरेका छन् । उनले सार्वजनिक गरेको प्रेस बक्तब्यमा भनिएको छ ‘सामाजिक सञ्जाल मार्फत अतिरन्जित गरिए जस्तै जातिय विभेद र अन्तरजातीय विवाहका कारण सम्बन्ध बिग्रेर यो परिस्थिति शृजना भयो भन्ने जुन भ्रम सिर्जना गर्न खोजिएको छ त्यो सत्य होईन । स्वर्गिय सुमन शर्मा जैसी र निमा शेर्पाको बिचमा हिन्दू परम्परा अनुसार नै परिवारले बाजागाजा सहित उनका पिता हरि जैसी स्वयं नेपाल पुगेर बिबाह सम्पन्न गरेका थिए ।’

सुमन शर्मा र निमा शेर्पा अलग बसेकाले  उनीहरुकाबिचमा पारिवारिक बेमेल रहेको भनेरपनि उचालेक थिए । तर एन आर एन ए बेल्जियमका पूर्व अध्यक्ष गंगाधर गौतमले भने यसलाई अस्विकार गरेका छन् । उनको बक्तब्यमा भनिएको छ ‘ नेपालमै रहँदाबस्दा पनि पारपाचुके, सम्बन्ध विच्छेद गर्ने, दोस्रो बिबाह गर्ने, उमेर पुगिसकेपछि बाबा आमा सँगै नबसेर अलग अलग बस्ने प्रचलन अहिलेपनि बिधमान छन र हुने गर्दछन । उनीहरूको बेल्जियम आगमन पस्चात आफ्नो शुन्दर भविस्यको लागी परिबारबाट अलग बस्नुलाई पारिबारिक बेमेल मात्र भन्न सकिँदैन ।’

यो घटनामा निस्पक्ष छानबिनकालागि एन आर एन ए र बेल्जियमको नेपाली समूदायले सहयोग गर्नुपर्नेपनि उनले बताएका छन् । सुमनको मृत्यु हुनु भन्दा पहिले देखिका बिशेषतगरि पछिल्लो समय उनका गतिबीधि, उनको सम्पर्क, उनी बसेको स्थान र कम्तिमा जुन स्थानमा त्यो अप्रिय घटना भएको छ त्यहाँसम्म उनी पुगेको अवस्थाको बारेमा कानूनी रुपमा प्रशासनबाट जानकारी लिन कानुनी प्रकृया थाल्नपनि उनले आव्हान गरेका छन् । “कम्तिमा कानुन बमोजिम सुमनको मृत्यु हुनु भन्दा पहिले देखिका बिषेशत पछिल्लो समय उनका गतिबीधि, उनको सम्पर्क, उनी बसेको स्थान र कम्तिमा जुन स्थानमा त्यो अप्रिय घटना घटेको छ त्यहाँसम्म उनी पुगेको अवस्थाको बारेमा कानूनी रुपमा प्रसासनबाट जानकारी लिन कानुनी प्रकृया थालनी गरौं । एकले अर्कोलाई आरोपित गरेर स्वर्गिय सुमनको निधनको बास्तबिक कारण पत्ता लाग्दैन” उनको बक्तब्यमा छ ।

यस घटनाका बारेमा उनले ब्यक्त गरेको सार्वजनिक भनाई जस्ताको त्यस्तै हेर्नुस्

बेल्जियममा नेपाली युवाको मृत्युका कारण उब्जेका केहि अनुत्तरित सबालहरु

प्रवास बसाइँका अप्ठ्यारासँगै बेल्जियममा एक होनाहार युवा सुमन शर्मा जैसीले आफ्नो जिवन गत सोमबार मार्च ०२ साँझपख बेल्जियमको लुबेन नजिकैको शहर आस्कोट स्टेसन नजिक ट्रेनको लिगमा गुमाएका छन । स्थानीय पत्रीकाहरु र प्रसासनले उनले आत्महत्या गरेको बताएको छ भने ०६ मार्च २०२० सुक्रबार दिउँसो ११।०० बजे मात्र स्वर्गीय सुमनको शबलाई हिन्दू सँस्कार अनुसार उनको परिवार, नेपाली दुताबास र नेपाली समुदायको ठूलो उपस्थितिमा अन्तिम दाहसंस्कार गरिएको छ ।

स्वर्गिय सुमनको स्वर्गारोहणसँगै नेपालीहरुको बिचमा उनको निधनको बिषय सामाजिक सञ्जाल, नेपाली अनलाइन खबरहरु मार्फत यस घटनाका सम्बन्धमा आवस्यक अनावस्यक जाहेज नाजाहेज सबालहरु उठिरहेका छन ।

मानिसको जन्म पछि मृत्यु कोहि कसैले रोकेर वा टारेर टर्दैन । परन्तु मृत्युसँग जोडिएका उसका सम्बन्धहरुको बिषयमा भने हामी नेपाली समूदायले निर्मम समिक्षा गर्नु पर्दछ । किनकी यस्ता दुर्घटनाहरु फेरी नदोहोरिउन, दोषी सजायँको भागेदार बनोस्, निर्दोश उपर अनाबस्यक लान्छना र सामाजिक सद्भावलाई समेत खलल पार्ने अभिप्रायबाट अभिप्रेरित धारणाहरुको चिरफार होस भन्ने उद्देस्यले सुमनको आत्महत्याबाट उब्जिएका केहि सबालहरु र हाम्रो दायित्व के भन्ने बिषयमा सिङ्गो नेपाली डायस्पोरालाई सुसुचित गर्न चाहन्छु ।

१-सामाजिक सञ्जाल मार्फत अतिरन्जित गरिए जस्तै जातिय विभेद र अन्तरजातीय विवाहका कारण सम्बन्ध बिग्रेर यो परिस्थिति शृजना भयो भन्ने जुन भ्रम सिर्जना गर्न खोजिएको छ त्यो सत्य होईन । स्वर्गिय सुमन शर्मा जैसी र निमा शेर्पाको बिचमा हिन्दू परम्परा अनुसार नै परिवारले बाजागाजा सहित उनका पिता हरि जैसी स्वयं नेपाल पुगेर बिबाह सम्पन्न गरेका थिए ।

२- हामी यूरोपको राजधानीमा छौं । तथापि नेपालमै रहँदाबस्दा पनि पारपाचुके, सम्बन्ध विच्छेद गर्ने, दोस्रो बिबाह गर्ने, उमेर पुगिसकेपछि बाबा आमा सँगै नबसेर अलग अलग बस्ने प्रचलन अहिलेपनि बिधमान छन र हुने गर्दछन । उनीहरूको बेल्जियम आगमन पस्चात आफ्नो शुन्दर भविस्यको लागी परिबारबाट अलग बस्नुलाई पारिबारिक बेमेल मात्र भन्न सकिँदैन । उनीहरुको आफ्नो बसाइको क्रममा असमजदारी बढ्दै डिभोर्सको स्थीतिमा पुग्नु, ३, ३ बर्ष अलग अलग बस्नू र निमाले पर पुरुषसँग सम्बन्ध कायम गर्नु जस्ता अस्वभाविक घटना र यस्ता सबै खाले परिस्थीति संग जुध्ने र सामना गर्ने हिम्मत सामर्थ्य नराखि आत्महत्या गरेका हुन सक्दछन ।

३-बास्तबमा अहिले उनकि आमा र बाबालाई ठुलो शोक परेको छ । सबै परिवार नेपालीजनलाई शोकाकूल बनाएको छ भने भबिस्यमा ती उनकी एक छोरी छिन उनलाई बढी दुखी र चिन्तित तुल्याउने छ । तसर्थ सुमनका बारेमा जानकार, निमाका बारेमा जानकार, सुमनको परिवारका बारेमा जानकार सबै मिलौं । कम्तिमा कानुन बमोजिम सुमनको मृत्यु हुनु भन्दा पहिले देखिका बिषेशत पछिल्लो समय उनका गतिबीधि, उनको सम्पर्क, उनी बसेको स्थान र कम्तिमा जुन स्थानमा त्यो अप्रिय घटना घटेको छ त्यहाँसम्म उनी पुगेको अवस्थाको बारेमा कानूनी रुपमा प्रसासनबाट जानकारी लिन कानुनी प्रकृया थालनी गरौं । एकले अर्कोलाई आरोपित गरेर स्वर्गिय सुमनको निधनको बास्तबिक कारण पत्ता लाग्दैन ।

परिबारका सदस्यको सहयोगमा यो समय नेपाली समूदाय बिशेष गरेर गैह्र आबासीय नेपाली संघले आबस्यक कानुनी प्रक्रियाको थालनी गर्ने, बेल्जियमको नेपाली सऊदाय भित्र धेरै त्यस्ता सुमनहरु हुन सक्दछन जो मानसिक रुपमा आफूलाई कमजोर महसुस गर्ने । तसर्थ समयमै यस्ता प्रकृतिका सम्भाबित घटनालाई निरुत्साहित पार्न र सुमनको निधनको बास्तबिक रहस्य पत्ता लगाउन तर्फ हामी सबैको ध्यान जाओस् ।

अन्तमा स्वर्गिय सुमनको दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यस्तो दुःखद घडिमा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

गंगा धर गौतम

पूर्व अध्यक्ष

एन आर एन ए, बेल्जियम

पूर्ब अध्यक्ष

नेपाली जनसम्पर्क समिति ,वेल्जियम

तपाइँको प्रतिक्रिया