प्लेटमा सगरमाथा पस्कँदा

-प्रविण भट्टराई / दोहा, कतार

एक पटक प्रोटोकल, यानर एतिकेत एण्ड मोर नामक सम्मेलनमा सहभागिता जनाउने क्रममा ड्रेस कोड वा प्रोटोकलको बारेमा २ शव्द राख्न आयोजकबाट आग्रह भयो । जान्दै नजानेको बिषयमा बोल्न सजिलो हुन्न । तर अलि अलि जाने सुनेको विषयमा निकै अप्ठयारो । बडो अप्ठयारो मान्दै बेन्जामिन फैर्कलिनको भनाई “खानु आफ्नो खुशीको लागि तर लुगा लगाउनु अरुका खुशीको लागि ” अर्थात “Eat to please thyself, but dress to please others” बाट आफ्ना भनाई राखे ।

बोल्नै परे पछि २ शब्दको ठाउँमा निकै शव्दहरू निस्किए । ड्रेस कोड, टेवल म्यानर, सेल फोन एटिकेट (sela fona eTikeTa (Cell phone etiquette) आदिमा समेत खोक्ने काम गरियो । आज अकस्मात उक्त कन्फरेन्सको संझाना आयो अनि केही लेख्न मन लाग्यो ।

विवाहको भोज होस वा कुनै औपचारिक भोज वा कार्यक्रम नै किन नहोस खाना लिने र खाने तरिका अनि लगाउने कुरामा कुनै कोड वा प्रोटोकल लागू भएको देखिदैन । खाश गरी हाम्रो समाजमा । मानिसहरु औपचारिक कार्यक्रममा पनि आफू खुशी लुगामा सजिएर मन लागेको खाना लिएर जिब्रो पडकाउँदै अर्कोको लुगामा पुछ्नेसम्मका सुकामहरु गर्न थालेका छन् । यस्ता कार्यक्रमहरूमा अझ वेसार र तेलले लतपतिएको खशीको मासुलाई आफ्नै बारीको रायोको साग ठानेर हातले बजाउने एक प्रकारका अनौठा महानुभाव, प्राणीहरू पनि यस्ता कार्यक्रमा मनग्गे भेटिने गर्छन् ।

पेय पदार्थको ग्लास अनि प्लेटको खानालाई हातले मुश्किलले थाम्दै अर्काको कोटतिर पोख्नेसम्मका कामहरु हुने गर्छन आजकलका समारोहहरुमा । कार्यालयको काम पछि सोही लुगा लगाएर एउटा समारोहमा पुग्दा मेरो लुगा यसरी नै आक्रमणमा पर्यो । वेसार र तेलले लतपतिएको खशीको मासु छोएको हातले मेरो सुट अनि त्यो पनि एउटा कुनै निश्चित रङ्गको धोएर पनि लाउन नमिल्ने गरी एसीड आक्रमणमा परेझै चट भएपछि अर्को प्राप्त नहुन्जेलसम्म दौरा सुररुवालतिर लागेको अन्तरिम अवस्था भोग्नुपर्‍यो ।

“खानु आफ्नो खुशीको लागि तर लुगा लगाउनु अरुका खुशीको लागि ” “Eat to please thyself, but dress to please others.” भन्ने बेन्जामिन फैर्कलिनको भनाईलाई आत्मसात गर्दै म आग्रह गर्छु, बोलाएको पार्टीमा जाऔं । लुगा मिलाएर लगाएर मात्र । प्लेटमा काँटा, चम्चा र नाईफ राख्ने ठाउँ छोडेर मात्र खानु लिऔं । एकै पटक प्लेटमा सगरमाथा नपस्कौं । थप्न पाईन्छ र खाना स्टकमा हुन्छ भन्ने संझेर । फेरी प्लेटमा सगरमाथा पस्के पछि कसरी खाने ?

सगरमाथा हाम्रो शिर हो ।  हात, काँटा, चम्चा र नाईफको प्रयोग गर्दा बिचार पुरायौं । अनि पिऔं । तर खानपिन गर्दा अवसर, निमन्त्रणा, उपस्थितिलाई ध्यानमा राखेर । तरिका मिलाएर मात्र । पोखिएको कुरा पुछ्न दिईएको रुमाल, नेपकिन, टिस्यु कागज प्रयोग गरौं । यदि कसैको टावेल, नेपकिन, टिस्यु पेपर प्रयोग नगर्ने बानी छ भने आफ्नै लुगामा पुछौं र पोखौं । कृपा गरी अरुको लुगातिर हात नबढाऔं ।

(स्रोत – शैलेस श्रेष्ठको फेसबूक स्टाटसमा राखिएको प्रतिक्रिया)

तपाइँको प्रतिक्रिया