बेलायतमा तामाङ ल्होसार, आआफ्नो संस्क्रिति बचाउन विशेष जोड

-बिशाल तामांग / लन्डन

आफ्नो संस्क्रिति हराए आफ्नो पहिचाननै हराउन सक्ने भन्दै सबै नेपालीले आआफ्नो संस्क्रिति बचाउन लागिपर्ने पर्नेमा बेलायतका तामाङ समूदायहरुले जोड दिएका छन् । शनिबार लण्डनका तामांगहरुले सोनाम ल्होसार मनाउने क्रममा सबै नेपालीलाई आआफ्नो संस्क्रिति बचाउन आव्हान गर्दै त्यसमा जोड दिएका हुन् । ल्ह म्हेन्दो समाज युकेले २८५६ औ जिवा ल्हो (मुसा वर्ग) सोनाम ल्होसारको उपलक्ष्यमा शनीबार एक शुभकामना आदानप्रदान एबम बिबिध संस्कृतिक कार्यक्रम आयोजना गर्यो । 

कार्यक्रममा पोखरेली तामांगहरुको बाहुल्य रहेको फेल्थम क्षेत्रमा आयोजना गरिएको भएतापनि लन्डन वरपरका तामांग लगायत अन्य जातिका स्थानिय नेपालीहरुको पनि उत्तिकै उपस्थिति रहेको थियो ।

लगभग पाँच घण्टा लगातार चलेको कार्यक्रमलाइ हौन्सलो क्षेत्रका काउन्सिलर बिष्णु बहादुर गुरुङ (ग्लान) र समाजका बयोब्रिद्द गान्बा हिन्दुराज तामांगले संयुक्त रुपमा दिप प्रज्वलन गरि बिधिबत उद्घाटन गरे । साना साना वालवालिका देखि युवा वृद्दसहितको उपस्थिति रहेको उक्त कार्यक्रमले धेरैलाई हर्षित बनायो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै काउन्सिलर गुरुङले आफ्नो मातृभूमि भन्दा टाढा आएर पनि आफ्नो नयाँ पुस्तालाइ आफ्ना कालजयी संस्कृतिहरु हस्तान्तरण यस्तै तरिकाले गर्दै आगाडी बढ्नु पर्ने बताए । समाजले गर्दै आएका राम्रा गतिबिधिहरुको प्रसंशा गर्दै उनले भने ‘संस्कृति हराए पहिचान हराउँछ । त्यसैले तामांगले मात्र नभई हरेक नेपालीले आफ्नो आफ्नो संस्कृति र संस्कारको संरक्षण गर्नुपर्छ ।’ जातिय  बिबिधता भएको देशको नागरिक भएकोले नेपालीहरु सबैले आआफ्नो संस्कृति बचाउन आफैं लागि पर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रमका मुख्य आकर्षण भर्षटायल गायिका ममता गुरुङ थिईन । उनले लगभग दुई घण्टा लगातार आफ्ना गीतहरु प्रस्तुत गरि कार्यक्रमलाई मनोरन्जनात्मक बनाईन् । त्यस्तै, स्थानीय गायकहरु राज तामांग, आइत सिङ तामांग र सुरज तामांगले बिबिध गित हरु गाएर कार्यक्रम रोचक बनाए ।

तामांग सोसाइटी अफ युकेका उपाध्यक्ष होम बहादुर तामांग, गान्बा हिन्दुराज तामांग लगायतले ल्होसारको शुभकामना ब्यक्त गरे ।

ल्ह म्हेन्दो समाज युकेका अध्यक्ष सुरज तामांगको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समाजका उपाध्यक्ष आइतासिंग तामांगले स्वागत मन्तब्य दिए ।

कार्यक्रममा बिबिध रोमान्चक खेलहरु संगै बिजेतालाई पुरस्कारको व्यवस्था पनि रहेको थियो ।

तपाइँको प्रतिक्रिया