एक क्रान्तिकारी महिलालाई श्रद्दा सुमन

sailajaशैलाजा आचार्य लामो समयसम्म अस्पतालका कोठाहरुमा बसेर ढलिन । निमोनिया लगायतका रोगसँग लडाइँ गर्दा गर्दै म्रित्युले जित्यो, उनले हारिन शुक्रबार बिहानै । तर उनलाई म्रित्युले भौतिक रुपमा मात्रै जितेको  हो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा, जनताको मन मस्तिष्कबाट भने म्रित्युले उनलाई कहिल्यै लान सक्ने छैन । किनभने उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा धेरै गोरेटा कोरेकि छन् । धेरैलाई प्रेरणा दिएकि छन् । उनले राजनिति गर्ने बेला अहिलेको जस्तो सहज थिएन । त्यतिबेला एक महिलाले राजनिति गर्नु परिवार, परिवेश, ब्यक्तिगत जिवन र नेपालको तत्कालिन राजनितिक स्थिति अहिलेको जस्तो अनुकूल थिएन । सबै प्रतिकूलतालाई चिरेर उनले राजनितिमा हाम्फालिन । ब्यक्तिगत सम्पत्ती र पारिवारिक स्वार्थमा चुर्लुम्मै डुबिरहेका अहिलेका नेताहरु भन्दा धेरै पर रहेर उनले त्यो सबै त्यागिन । घरजम गरिनन् । बालबच्चा हेरिनन् । देश र समाजका लागि उनले सिंगो जिवन दिईन ।

 

महिलाहरु घर बाहिर निस्किएर हाँस्दापनि अनेक बात लाग्ने, हच्किनुपर्ने र डराउनुपर्ने त्यो बेला उनले क्रान्तिकारी झण्डा उचालिन् देश र जनताकै लागि । समाज परिवर्तनका लागि । नेपालको महिला आन्दोलनलाई मलजल गर्न त झन उनको ठुलो बल, प्रेरणा, साथ र समर्थन रहेको छ । नेपाली थुप्रै महिला उनको सक्रियता र संलग्नता बाट प्रभावित भएर प्रजातान्त्रिक आन्दोलनमा लागेका थिए ।

 

२०१७ सालमा राजा महेन्द्रले प्रजातान्त्रिक सरकारलाई कू गरेपछि त्यसका बिरुद्द उनले कालो झण्डा उचालेर क्रान्तिकारी कदमको शुरुवात गरिन । पटक पटक जेल सजाएँ भोगिन । भूमिगत बसिन । भारतमा निर्वासित कालपनि बिताईन । मानिसका कमजोरी हुँदै हुँदैनन् भन्ने होइन । आम मानिसका झैं उनका अपनि अवश्यै थिए । पछिल्लो कालमा उनले राजा र प्रजातान्त्रिक शक्ति मिल्नुपर्छ भन्दै माओवादी जनयुद्दलाई किनारा लगाउने अभिब्यक्ति पनि दिईन । तर उनी एक स्पष्ठ बक्ता जो थिईन उनले आफ्ना भावना र बुझाई स्पष्ठ राखिन । जे राखिन् देश र जनताका लागि, प्रजातान्त्रिक आन्दोलनकै लागि र आफ्नो पार्टीको निति अनुसार ईमान्दार भएर राखिन। कतै छक्का पञ्जा नगरि ।

 

पटक पटक सरकारमा पुग्दापनि भ्रष्टाचार गरिनन् । ब्यक्तिगत मोजमस्तिमा राष्ट्रिय ढुकुटी खर्च गरिनन् । त्यसैले उनी नेपालको प्रजातात्रिक आन्दोलनको एक उदाहरणिय ब्यक्ति हुन् । झन नेपाली महिला आन्दोलनका लागि त उनी एक धरोहरनै हुन् । उनबाट सिक्नु पर्ने, बुझ्ने पर्ने पक्षहरु धेरै छन् । उनका ति असल पक्ष र देशका लागि उनको योगदान सधै स्मरणिय रहनेछ ।अहिलेका लोभी पापी र भ्रष्टाचारी नेताहरुले उनको सादा जिवन र निस्वार्थवाट केहि सिकुन् । उनको आत्माले सधै शान्ति पाओस । नेपालप्लसको श्रद्दा सुमन !!!!

तपाइँको प्रतिक्रिया