चिनियाँ राष्ट्रपतीका आँखा छोप्न फोहोरमाथि विरुवा

-नारायण गाउँले / काठमाडौं

तीनकुनेमा अग्लो डिल उठाएर रोपिएका यी बिरुवा अस्थायी हुन् र फोहोर छोप्ने उद्देश्यले रोपिएका हुन् भन्ने स्पष्ट देखिन्छ । किनारमा दुबो बिछ्याउँदै गरेको पनि देखियो ।

परीक्षाको मुखमा पढ्ने र अतिथि आउँदा घरआँगन सफा गर्ने हाम्रो संस्कार नै हो । विरोध जरूरी थिएन । तर मलाई लागेको चाहिँ, सड़क किनारमा यसरी लहरै रूख रोप्दा सुन्दर देखिन्छ भन्ने सरकारलाई थाहा रहेछ । लर्के जोबन भएका बिरुवा पनि भेटिने रहेछन् । कर्मचारी र खर्च गर्ने पैसा पनि रहेछ । यसरी रोप्दै गर्दा यस्तो डिल उठाएर फोहोर छोप्ने उद्देश्य राख्नुभन्दा त्यही खर्चले सम्याएर ‘सर्ने’ गरी रोप्न केले रोकेको होला ? काम गर्ने कुनै मौका या अवसर छोपेर नै हो । यही अवसर र ख़र्चमा यो तीनकुनेको खाली ठाउँलाई सुन्दर बगैंचा बनाउन पनि त सकिन्थ्यो होला !

हुन सक्छ, बाटो हिँड्दै गर्दा राष्ट्रपति सीको नजर यी रुखमाथि पर्दै नपरून् । तर मिडियाले त रूख पछाडि पनि देख्छ नै, लेखि पनि दियो भने सीले पनि देख्ने डर छँदै छ ।

सीको भ्रमण सकिएपछि यी बिरुवालाई कायम राख्न र केही मौलिक बिरुवा थपेर त्यो क्षेत्रलाई पार्कमा बदल्न सल्लाह दिन सक्ने ठाउँमा हुनुहुन्छ भने दिनुहोला है !

(स्रोत-  गाउँलेको फेसबूक)

तपाइँको प्रतिक्रिया