पुरानो कार्यक्रमको फोटा राखेर यसरि झुक्याइयो पर्यटन मन्त्रीलाईनै

-सन्तोष न्यौपाने / बेल्जियम

गत मे १९ तारिखका दिन बेल्जियमको राजधानी ब्रसेल्समा २० किमी म्याराथुन दौड आयोजना गरिएको थियो । उक्त दौडमा नेपाली दूतावासले सहभागिता जनाएको थियो । बेल्जियम निवासी नेपालीहरु लगायत दूतावासको सहभागिताले नौलो पन देखाएको देखिन्थ्यो ।

विशेष गरेर नेपाली दूतावास बेल्जियमले भिजिट नेपाल २०२० लाइ प्रवद्र्धन गर्ने हेतुले उक्त दौडमा भाग लिएको थियो । जसमा राजदूत लगायत दुतावास परिवार सहभागी भएका थिए । तर त्यतिखेरको फोटो अहिले पर्यटन मन्त्री योगेश भट्टराईले फेसबुकमा सेयर गरेका छन् ।

मन्त्री भट्टराईको फेसबुक पेज नेपाल देखि ५ जनाले चलाइरहेको पेजमा देखिन्छ । मन्त्री भट्टराइले नबुझिकन आफैले सेयर गर्नु अनौठो देखिएको छ । अर्कोतर्फ बेल्जियम बाट कसले उक्त फोटो मन्त्रीलाई पठायो ? दुतावास वा सहभागीले ? जसले पठाएपनि पुरानो फोटोलाइ अहिले फेसबुक मार्फत प्रचार प्रसार गर्नु उचित देखिँदैन ।

पर्यटनमन्त्री भट्टराइले उक्त फोटो फेसबुक पेजमा राखेपछि यो समाचार तयार पार्दा सम्म ४३ जनाले सेयर गरेको देखिन्छ।जसमा बेल्जियम निवासी मदन दवाडी र स्वयं राजदूत समेत रहेका छन्।राजदुतले सेयर गर्नु नौलो मानिएको छ। कमसेकम राजदुतले मन्त्रीलाई भनेर क्याप्सन परिवर्तन गर्न लगाएको भय उत्तम हुने थियो।

फोटो आएपछि यो पंक्तिकारले “एक डेढ महिना अगाडि सम्पन्न कार्यक्रमको तस्विरलाई अहिले प्रकाशनमा ल्याउनु भनेको सस्तो लोकप्रियता हो । अझै दूतावासका कर्मचारीले सामाजिक सञ्जालमा सेयर गर्नु झन उनीहरूको सस्तो लोकप्रियता हो । दूतावासले नेपाल कती विदेशी नागरिक पठायो ? पर्यटन प्रवर्र्धनको लागि के के काम गर्यो ? काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भनेजस्तो भएको छ ।

“सस्तो लोकप्रियतालाई बर्खास्त गरौं ।” भन्ने विचार राखेपछि राजदूत लोक बहादुर थापाले फेसबुकबाट यो पक्तिकारलाई हटाए । यसबाट कूटनीति नियोगमा काम गर्ने कर्मचारीको मनस्थिति प्रस्ट बुझ्न सकिन्छ ।

यही विषयमा आन्तर्प बस्ने मदन दवाडी लेख्छन् – ” एक ढेड महिना होइन ४ महिना अगाडीको हो । भिजिट नेपाल २०२० हो र अहिले हामी २०१९ मा छौँ । माननिय मन्त्री ज्यु त्यतिखेर मन्त्री हुनुहुनथेन । वहाँले मन्त्री भएपछि कहिँ कतैबाट यो देखेर शेयर गर्नुभयो । हामीले गरेको कामलाइ मन्त्रीज्युको घ्यान आकर्षण भएकाले खुसि लाग्यो । शेयर गरियो । यसमा के को सस्तो लोकपृयता ? १३ बर्षको वालक र कयौँ महिला सहित देशको लागि २० किमि दौँडँदा तपाइ त्यहाँ भाग लिन जरुरी ठान्नु भएन । अहिले भए र भ्यार्का जति सबै सामाजिक संजालमा नेगेटिभिटि शेयर गरि हिँड्नु भएको छ । यहाँ के गलत भयो? यो शेयर गर्दा कसलाइ के घाटा भयो?”

पुरानो फोटो यसरी सेयर गर्दा फाइदा त हुन्छ नै । तर फेसबुक प्रयोगकर्ता झुक्याउने काम पनि उत्तिकै हुन्छ । त्यस्तै गरेर मन्त्री भट्टराइले राखेको दोस्रो फोटो कुनै नेपालीको पसलमा जुन महिनामा खिचेको देखिन्छ । बेल्जियम निवासी कासी ड्नैले फेसबुकमा राखेका थिए ।

अन्तमा, पंक्तिकारलाई यही विषयका कारण फेसबुकबाट अन्फ्रेन्ड गर्ने राजदूत थापालाई बेल्जियम निवासी शंकर बजगाईंले व्यंगात्मक शैलीमा प्रश्न यसरी तेर्साएका छन् “अक्टोबर ५ आईतबार फेरि ब्रसेल्समा हजारौंको दौड छ र सयौ नेपाली यहीँ टिसर्ट लगायर दौडदै छन । नयाँ यो पनि हो, राजदुत ज्यूले यूरोपियन यूनियनको हवाई प्रतिबन्ध हटाउन धैरै लागि पर्नु भएको छ र यो काम पनि हुन्छ । यो भन्दा नयाँ र राम्रो के होला ?”

तपाइँको प्रतिक्रिया