सेनामा खैलाबैला, दिने भए कटुवालले राजिनामा !

nepal-army-chief-rukmagat-katuwal-nepalplus.jpgराजा महेन्द्रका अबैधपुत्रका रुपमा चर्चा गरिने नेपाली सेनाका सेनापति रुक्मागत कटुवालले शुरुदेखिनै माओवादीसँग द्वन्द बढाउँदै आएका हुन। उनी प्रथमत सात राजनीतिक दलले माओवादीसँग दिल्लीमा गरेको संझौता बिपरित कडा अलोचना गर्ने व्यक्ति हुन। माओवादीलाई उनले शुरुदेखिनै बन्दुक र बलका भरमा ठिक पारेर अन्य दलर राजा ज्ञानेन्द्रलाई मिलाएर राजतन्त्र जोगाउन मरिमेटेका थिए। जन आन्दोलपछि सात दलिय सरकार बनेपछि सातै दलले माओवादी सेनालाई कानुन सम्मत ढंगले नेपाली सेनामा संयोजन गरि एउटै राष्ट्रिय सेना ब्नाउन सहमति गरेका थिए। तर सेनापति कटुवालले त्यसको तिब्र बिरोध गरेका थिए राजनीतिकरुपले प्रशिक्षीत कुनै दलका कार्यकर्तालाई नेपाली सेनामा सयोजन गर्न सकिन्न भन्दै।

नेपाली सेनाका विभिन्न क्षेत्रका व्यक्तिहरुसँग माओवादीले सम्पर्क र छलफल गरेको सार्वजनिक गर्दापनि उनले नेपाली सेनालाई भाँड्न र फुटाउन खोज्ने षडयन्त्र भन्दै कडा प्रतिवाद गर्दै आएका थिए। माओवादी प्रचण्डले त उनलाई एक दिन काठमाडौको खुला मञ्चबाटै चुनौति दिदै भनेका थिए-माओवादी जन सेनालाई नेपाली सेनामा सयोजन गर्न सकिन्न भनेर सरकारको प्रवक्तालेझैं भाषण ठोक्ने त्यो रुक्मागत को हो? यसपछि कटुवाल र माओवादीबिच झन द्वन्द बढेको थियो।
नेपाली सेनाको सुतेर खाने गुप्तचर न हो, त्यसले के को गुप्तचरी गर्थ्यो र? तिनका गुप्तचरी प्रभावकारी हुने भए माओवादी जनयुद्दकालमा त्यति धेरै सैनिक क्याप झ्यापकाझ्याप हान्दा पहिल्यै थाहा पाईहाल्थे। अहिलेको निर्वाचनमापनि तिनको गुपतचरीले त्यसैगरि हावा खायो। सेनाको त्यो गुप्तचरीले माओवादीले नगण्य सिट जित्ने रिपोर्ट दिएको रहेछ। त्यसैले कटुवाल ढुक्क रहेछन सरकार अरुनै दलको बन्छ भनेर। भइदियो उल्टो।

अब सरकार माओवादी नेत्रित्वमा बन्ने भएपछि माओवादीले आफ्ना जनसेनालाई संयोजन गरि एउटै राष्ट्रिय सेना नबनाई छोड्दैन। त्यसो हुनासाथ एक त अब सरकार प्रमुखका हैसियतले आफैंले टक्कर गर्न खोजेका ब्यक्ति प्रचण्डलाईटक्र्याउनु पर्‍यो स्यालुट। अर्को कुरा उनका आगाडी झुकेर सैन्य गतिबिधीबारे दिनु पर्‍यो नालीबेली सधै। मान्नु पर्‍यो प्रचण्डले भनेको खुरुखुरु। त्यसो भन्दा बरु राजिनामा दिने सोच बनाएका रहेछन कटुवालले। प्रचण्डलाई स्यालुट ठोक्नुपर्ने बाध्यता आउनु अगाडीनै वा माओवादीको नेत्रित्वमा अर्को सरकार बन्नु अगाडीनै उनले राजीनामा दिने सोच बनाएका रहेछन। माओवादीले अत्यधिक मत ल्याएर अधिकांश ठाउमा जित्न थालेपछि अहिलेनै नेपाली सेनाको उपल्लो क्षेत्रमा खैलाबैला मच्चिएको रहेछ।

तपाइँको प्रतिक्रिया