स्विसहरु धनी, तर कति धनी ?

माओवादी नेता पुष्पकाल दहालले नेपाललाई स्विजरल्याण्ड बनाउने भन्दै भाषण गरेपछि स्विजरल्याण्डको नाम नेपालमा झन बढि लिईन्छ । स्विजरल्याण्ड असाध्यै धनी देश हो । विश्वमै धनी देशका नागरिकसित कति छ त पैसा, धन ? कति धन भए विश्वकै धनी नागरिकमा परिने रहेछ ?

केहि वर्ष त स्विजरल्याण्ड विश्वमै पहिलो देशमै पर्थ्यो, नागरिकसित धेरै पैसा हुनेमा । डलर बढि हुने धनी नागरिकमध्ये गत केहि सालदेखि स्विजरल्याण्ड तल खस्किँदै गएको छ ।

धनी स्विसहरुसित निजी जेट हुन्छ । तालका छेउमा विशाल महल हुन्छन् । हिम चिप्लेटी खेल्ने पहाडमा स्की रेसर्ट (होटेल) हुन्छन् । हेलिकप्टरमा यताउति गर्छन् । स्विजरल्याण्डकै सेन्ट मोरिस भन्ने विश्वका धनीमानीले छुट्टी मनाउन जाने ठाउँमा बिदा मनाउँछन्, भोज गर्छन् । तर के सबै स्विसहरु यस्तै धनी छन् त ?

क्रेडीस्विस बैंकको डाटा अनुसार स्विजल्याण्डमा दुई हजार छ सय ५० जना नागरिक धनी छन् । ति प्रत्येकसित पाँच करोड डलर छ । बाँकि तिन लाख ८४ हजारदेखि पाँच लाख मानिस धनी मानिन्छन् । स्विजरल्याण्डको जनसंख्या करिब ८४ लाख मात्रै हो ।

स्विस संघिय तथ्यांक बिभाग र विश्वका धनाढ्यहरुको पैसा जम्मा गर्ने स्विस बैंक युबिस (युनाईटेड बैंक अफ स्विजरल्याण्ड) ले भने कसलाई कति पैसाका आधारमा धनी छुट्ट्याउने भनेर सार्वजनिक गरेका छैनन् । तर संपत्ती बितरणको सूचक हेर्दा स्विजरल्याण्डको आधा जनसंख्यासित कम्तिमा एक लाख डलरदेखि १० लाख डलर सुरक्षित रहेको देखिन्छ ।

सन् २०१८ को तथ्यांक हेर्दा स्विजरल्याण्ड करोडपती र अरबपतीको संख्या १० हजार अमेरिकी डलर हुनेको भन्दा न्युन छ । स्विजरल्याण्डमा कमाईको स्ततरपनि निकै भिन्न छ । किनभने देशका २० प्रतिशतले अर्को न्युन कमाई भएका २० प्रतिशतले भन्दा पाँच गुणा बढि कमाउँछन् । सम्पत्तीको बितरण अन्य धनी देशमा भन्दा स्विजरल्याण्डमा सबैभन्दा असामान्य छ । तर स्विजरल्याण्डको संघिय तथ्यांक बिभागले दिएको डाटा अनुसार ५७ दशमलव पाँच प्रतिशत नागरिक न त धनी न त गरिब छन् । अर्थात् यि मध्यमस्तरका मानिन्छन् ।

पैसा कमाईको तथ्यांक हेर्दा स्विसहरु धनी देखिन्छन् । तर स्विस बैंकमा राखेको त्यो धन सिद्दिनपनि कत्तिबेर लाग्दैन । किन ? स्विजरल्याण्डको बसाई महँगो छ । खाद्द वस्तु सबैभन्दा महँगो भएको देश हो, युरोपमै । लुगाफाटो, होटेल र रेस्टुरेन्टकालागि विश्वकै सबैभन्दा महँगो देशपनि हो, स्विजरल्याण्ड ।

सन् २०१६ मा मध्यम खालको मासिक तलब ६५९७ डलर थियो । यति तलबले स्विस बसाईको खर्च धान्न ठिक्क हुन्छ भन्ने बुझाई स्विसहरुको छ । भाडा, कर, सामाजिक विमा र खानपानको खर्च जोड्दा त्यति मासिक तलब भएपनि बचत भने १५ प्रतिशत मात्रै हुन्छ । पाँच हजार डलर भन्दा कम तलब हुनेले त केहि बचाउनै सक्दैन ।

स्विस संघिय तथ्यांक विभागको एउटा परिभाषा अचम्म लाग्दो छ । कति पैसा हुनेलाई धनी मान्ने भनेर धनीको उसले परिभाषा गरेको छैन । तर गरिबको भने गरेको छ । तिन हजार नौ सय ९० स्विस फ्र्याँन्क (चार ब्यक्तिकालागि) जसले कमाउँछ ऊ गरिबभित्र पर्छ । र सन् २०१४ देखि यो संख्या बिस्तारै बढिरहेको छ । सन् २०१६ देखि सन् २०१७ को बिचमा गरिबहरुको संख्या १० प्रतिशतले बढेको छ । गरिबीले आठ दशमलब दुई प्रतिशत जनसंख्यालाई प्रभावित गरेको छ । अर्को १५ प्रतिशत गरिबीको तहमा पुग्नसक्ने जोखिम छ ।

तपाइँको प्रतिक्रिया