चुनावअघि ओलीको बोली
माओवादी अध्यक्ष पुष्पकमलको ‘प्रचण्ड‘, मोहन वैद्यको ‘किरण‘, रामबहादुर थापाको ‘बादल‘ उपनाम भएजस्तै प्रचण्डपत्नी सीता पौडेलको पनि उपनाम ‘राष्ट्र‘ राखिएको माओवादीका एक मित्रले बताएका छन् । यदि, प्रचण्डजीको श्रीमतीको उपनाम ‘राष्ट्र‘ नै हो भने श्रीमान् प्रचण्ड त राष्ट्रपति भइहाल्नुभयो नि !
- जनता निर्वाचनको माध्यमबाट माओवादीलाई ठीक लगाउन हातमा मुङ्ग्रो लिएर बसेका छन् । जनतालाई चलाउन दिऊन् त्यो मुङ्ग्रो चुनावको माध्यमबाट । अनि थाहा भइहाल्छ नि !
- काठमाडौंमा रिसाएको बिरालो गएर रोल्पामा खाँबो चिथार्छ भने मलाई केही भन्नु छैन ।
- पार्टी खोल्दै हिँड्ने, अनि सांसद हुने इच्छा लागेपछि ठाउँ खोज्ने, कतिजनाको लहडबाजी एमालेले पूरा गर्न सक्छ । देशको सेवा जनताको सेवा गर्दै लाकतन्त्रको रक्षा गर्ने कि सांसद हुन मन लागेर निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने अनि एमालेको बुई चढेर सांसद हुन खोज्नेको सेवा गर्ने, ती साथीहरूले एमालेलाई मेरो नाम पनि बन्दसूचीमा राखिदिनुपर्यो भने हुन्छ नि ! अथवा एमालेमा आए ढोका खुला छ ।
- साबुन दलेर टाउको नुहाउँदा हातमा एक/दुईवटा कपाल झरेको देखिन्छ । मान्छेलाई कपाल त झरेको लाग्छ । तर, टाउको छाम्यो कपाल त जस्ताको तस्तै छ । एमाले सघन कार्यकर्ता भएको पार्टी हो, हावा चल्दा केही कपाल झरेको कुराले एमालेको संगठन भत्किएको कसैले सोच्छ भने त्यो भ्रम मात्र हो ।
- हाम्रो प्रतिस्पर्धा कांग्रेससँग नै हुन्छ । माओवादीको अवस्था भनेको दुईवटा साँढे जुधेका ठाउँमा बाच्छाले पछाडिपट्टबिाट साँढेको…सुम्सुम्याएजस्तै हो ।
- माओवादी एमालेलाई हान्न त खोज्दै छ । तर, त्यसले न त एमालेलाई घाटा लाग्छ न त कांग्रेसलाई फाइदा हुन्छ । यो कुरा बाच्छाले आत्मसन्तुष्टि लिएजस्तै हो ।
नयाँ पत्रिकाबाट
2008-04-14,Monday
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक




