भारतीय सेनाले यती देख्यो, नेपाली सेनाले भालु

भारतीय नेपाका तर्फबाट सोमबार एउटा ट्विटर स्टाटस सार्वजनिक गरियो । मकालु हिमालको आसपास रहस्यमय जिव यतीको पाईला भेट्यौं भन्दै । त्यस लगत्तै यो स्टाटसले एकदमै हलचल मच्चायो । फ्रान्सेली मेडियालेपनि यसलाई चासो दिए । भारतीय सेनाले यति देखेपनि नेपाली सेनाले भारतीय सेनाको भनाईलाई बढारिदिएको भन्दै फ्रान्सेली मेडिया लेक्सप्रेस र समाचार एजेन्सी ए एफपीले सार्वजनिक गरे ।

भारतीय सेनाले ‘हामीले नेपालको हिमालयमा यतीका पाईला देख्यौं’ भन्दै फोटोनै सार्वजनिक गरेको थियो । तर त्यसलाई अस्विकार गर्दै नेपाली सेनाले भन्यो ‘भारतीय सेनाले देखेको भनेको यतीको पाईला होइन, ति पाईला हिमाली भालुका हुन् ।’

भारतीय सेनाले यतिको पाईला देखेको दाबी गर्दै सार्वजनिक गरेपछि देखिएको भनिएको मकालु क्षेत्रमा नेपाली सेनाहरु पुगेका थिए । तर नेपाली सेना पुग्दा हिउँले ढाकेर पैताला देखिएनन् । गाउँलेहरुले चाहिँ भालुको पैताला भएको बताए ।

बेला बेला हिमालमा यस्ता रहस्यमय जस्तो लाग्ने पैताला देखिन्छन् । त्यस्ता डाम नेपाली गाईड, भरिया र स्थानियले देख्ने गरेका छन् । नेपाली सेनाका प्रवक्ता बिज्ञान पाण्डेका अनुसार त्यस्ता पाईला भालुका हुन् ।

बैज्ञानिक र जिव विशेषज्ञलेपनि भारतीय सेनाले यतीका नभएर भालुका पैताला देखेको बताएको फ्रान्सेली पत्रिकाले उल्लेख गरेको छ ।

पत्रिकाका अनुसार यस अघि मकालुबरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा यतीका पाईला देखिएका थिए । त्यस अघि सन् १९५१ मा बेलायती अन्वेषक एरिक सिप्टनले सगरमाथा हिमनदीमा यती फेला पारेका थिए ।

तपाइँको प्रतिक्रिया