फ्रान्स बस्ने चितवनबासी पेरिसमा संगठित

फ्रान्समा बसोबास गरिरहेका चितवनबासीहरु पेरिसमा संगठित हुने भएका छन् । आफ्नो क्षेत्र, भूगोल, संस्क्रिति, भाईचारा र चितवनको समग्र परिचयलाई एकत्रित गर्दै बिभिन्न सामाजिक काम गर्ने उद्देश्यले ति संगठित भएका हुन् । नेपालका हरेक क्षेत्रबाट कुनै कालखण्डमा बसाई सरेर वा मूल थलोका रुपमा बसाईको थलो बनाएका चितवनबासीले आफूहरु छरिएर बस्दा आफ्नो धार्मिक, सामाजिक, सांस्क्रितिक महत्वका बारेमा यताको समाजलाई पर्याप्त जानकारि दिन नसकिएको, एउटै जिल्लाको भएरपनि आफूआफूबिचनै परिचय नभएको, चितवनबासीहरुको संख्या उल्लेख्य भएरपनि एक अर्कालाई साथ र सहयोग दिन नसकिएको भन्दै चितवनबासीहरु एकजूट भएर सांगठनिक रुपमा अगाडि बढ्ने निर्णय गरेका हुन् ।

चितवनबासीहरुले कस्तो नाम राख्ने, संगठित भएपछि कसरि अगाडि बढ्ने, कसरि फरक रहेर प्रिथक काम गर्ने, संस्थाले कस्ता उद्देश्यहरु राख्ने र तिनलाई कसरि पुरा गर्ने भन्ने विषयमा केहि चितवनबासीहरु जम्मा भएर यो सामूहिक निर्णय गरेका हुन् । पहिलो चरणको छलफलमा उनीहरुले संस्थाको भविष्य र यसले गर्ने कामका बारेमा ब्रिहद छलफल गरेका छन् ।

अन्य जिल्लाबाट आएर फ्रान्समा बसोबास गरेका र जातिय क्षेत्रिय, कलाकार तथा अन्य उद्देश्य राखेकाहरुसमेत सांगठनिक रुपमा अगाडि बढ्दा चितवनबासीहरु एकजूट हुन नसक्नु दुखद भएको समेत उपस्थित मध्ये केहिले बताए । चितवनबासीहरु मध्ये थुप्रै सफल ब्यवशायी रहेको, बुद्दिजिवी, लेखक, पत्रकार, कलाकार र यहाँको समाजमा अग्रणी भूमिकामा देखिँदापनि चितवनबासीहरुनै छरिएर बसेको हुँदा अब एकजूट भएर गाडि बढ्नुपर्ने आवश्यकता रहेको धारणापनि छलफलमा रहेकाहरुको  थियो । चितवन आफैंमा सम्रिद्द जिल्ला भएकाले चितवनबासीले अन्य जिल्लामा रहेका दुखि, निमुखाहरुको सेवा गर्नुपर्ने, आफ्नो जिल्ला मात्रै नहेरेर अन्य जिल्लाका सामाजिक काममा हात अगाडि बढाउनुपर्ने धारणा राख्नेहरुपनि थिए । यसमा धेरैको सहमति रहेको थियो ।

अन्त्यमा, जुनसुकै काम गर्नकोलागि एक बलियो सामाजिक संस्था चाहिने र त्यसैको नितिनियम, बिधान र परिधिमा रहेर अगाडि बढ्नुपर्ने, चितवनबासीहरु एकजूट हुनुपर्ने सहमति गर्दै सामाजिक संस्था निर्माणको निर्णय गरे । पहिलो चरणको छलफलमा अमर भण्डारीलाई संयोजकका रुपमा तोक्दै एक तदर्थ समिति बनाईएको छ । सदस्यहरुमा रविन शर्मा ओली, अनुरधा पौडेल, क्रिष्ण प्रसाद अधिकारी, ईन्द्र बस्नेत, सुदिप शर्मा, असिमजंग कार्की, अनिस त्रिपाठी, प्रशान्त उप्रेती, माया शर्मा छन् ।

तदर्थ समितीले छिट्टै ब्रिहद भेला बोलाएर आधिकारिक समिति खडा गर्ने, बिधान दर्ता गर्ने, फ्रान्सको निति नियम र ऐन अनुसार संस्था दर्ता गरेर आगाडि बढ्ने निर्णय गरेको छ ।

तपाइँको प्रतिक्रिया