युरोपका नेपाली पोर्चुगल पुगेर पराईलाई श्रद्दान्जली

-लाल नेपाली  / लिस्बोन, पोर्तुगल

सफल जिवन, केहि सिक्ने लोभ र कमाउने रहरले बिदेशिएका नेपालीको संख्या युरोपमा निकै पुगिसकेको छ । युरोपक आनेक देशमा छरिएका बिदेशी नेपालीका ब्यथा र दुखका कहानीपनि उत्तिकै छन् । नेपालीको संख्या बढ्दै जाँदा सुख र सफलताका कहानी मात्रै होइन दुख र सास्तिका पाटापनि बढिरहेको छ । युरोपक आन्य देशमा भन्दा पोर्चुगल बस्ने नेपालीको संख्या निकै बढि छ । अनेक दुख झेलेर बसिरहेका नेपाली मध्ये कसैको दुखद खबर सुन्नु पर्दा, दुख र बिपतका बेला युरोपभरिकै नेपालीलाई छुन्छ । भक्कानो पार्छ । ति सकेसम्म त्यस्तो दुखको बेला साथ दिन एकजुट हुन्छन् । भर्खरै पोर्चुगलमा त्यस्तै दुखको खबर सुन्नुपर्‍यो । बिगत पाँच साल देखि पोर्तुगलको लिस्बोन बस्दै आएकि मिरा पराई (खाती)को निधन हुँदा युरोपका धेरै नेपाली शोकाकुल बने । हिन्दु परम्परा अनुसार गरिएको उनको दाह संस्कारमा सामेल भए ।

पोखरा तथा मुस्ताङ ठिनीमा निवासी मिरा पराईको एन आर एन पोर्तुगल तथा प्रवासी नेपाली एकता मंचको अगुवाईमा सिमितिरोयो कामराट स्थित घाटमा मौन धारण गर्दै अन्तिम दाहा संस्कार गरिएको हो ।

दाह संस्कार गर्दा युके, जर्मनी नर्वेलगायतका देशबाट आफन्तजन आए । अन्त्यष्टी कार्यक्रममा हिन्दू संस्कार अनुसार शंख फुक्दै, जहु, तिल छर्किए । सेतो बाटो चेलिले समाउँदै आफन्तले कान्धा दिएपछी सुनको टुक्रा, जल, धुपबत्ती गर्दै छोरा प्रनिलले दागबती दिए । छोरी प्रियंका र श्रीमान प्रेमलाल नेपाली लगायत आफन्तजन र उपस्थित अगुवा तथा उपस्थितिजनहरुबाट श्रद्धाञ्जली अर्पण गरेपछी अग्नि लगाएको थियो ।

नेपाली नारी समाज पोर्चुगलकी संस्थापक सदस्य, कास्की समाज पोर्चुगलकी संस्थापक सचिव, प्रवासी नेपाली एकता मंचकी सकृय सदस्य, महिला अभियान्ता, एनआरएनए पोर्तुगलका सल्लाहकार एवं पराइ नेपालीको ३८ बर्षको उमेरमा क्यान्सर रोगको उपचारका क्रममा पोर्तुगलको राजधानी लिस्बोनमा ५ डिसेम्बर २०१८ का दिन निधन भएको थियो ।

थाक परियार सामजको परम्परा अनुसार शुरु भएको कृया संस्कार तिन दिन पछि भाग फालेर अस्तु घरमा लगियो । त्यसपछि मेन्दु राखी कोरा बस्नी र अन्तिम दिन घाटमा १३ चुला जोडी अस्तु समुन्द्रमा सेलाउने परिवारको भनाई छ । केही अस्तु बर्ष दिनमा कागबेनिमा कपाल मुण्डन गरि मुक्तिनाथमा माने बनाई राखिने परिवारका सदस्यले बताए ।

साथै पोर्तुगल स्तिथ विभिन्न संघ संस्थाको अगुवाईमा १३ औं तिथीको पुन्य अवसरमा कुखुरा पार्कमा श्रद्धाञ्जली कार्यक्रम राखिने छ । स्वर्गीय मिरा पराईको पति एन आर एन पोर्तुगलका सल्लाहकार, प्रवासी नेपाली एकता मंचका उपाध्यक्ष, जातीय उत्पीडित समाज युरोपका उपाध्यक्ष हुन् । उनी अन्य बिभिन्न संघ संस्थामा आवद्ध छन् ।

तपाइँको प्रतिक्रिया