यि हुन् नेपाली ब्यवशायीलाई बेल्जियममा स्थापित गराउने उपाय

-मदन दवाडी / बेल्जियम

केही वर्ष अगाडि बेल्जियममा नेपालीहरु श्रमिकका रुपमा कार्यरत थिए । तर अहिले उनीहरु आफ्नै व्यवसायमा व्यस्त छन् ।  बेल्जियममा नेपाली ब्यवशायीको संख्या बढ्दो छ । सफलपनि छन् । यसबाट नेपालीहरुले छवि चमक्याउनेमा उत्तिकै सहयोग पुगेको देखिन्छ । तर आधुनिक प्रविधी, अनलाईन बजार सेवा, अनलाईनका अक्किल र सेवाहरुको राम्रो फाईदा लिने र ब्यवस्थापन गर्न नसक्दा पछि परेका छन् । त्यसमा ध्यान दिने, सहयोग गर्ने र सामूहिकरुपले लाग्ने हो भने धेरै फाईदा लिनसक्ने प्रचुर संभावना छ । 

नेपाली व्यवसायी संघ बेल्जियमले २४६ जना व्यवसायीको तथ्यांक संकलन गरेको र भोलि आईतबारका दिन हुन गइरहेको अधिबेसन प्रयोजनका लागी २०१ जना पंजीकृत सदस्य रहेको तथ्यांक संकलन समिति बाट आएको जनाएको छ । अर्थात् बेल्जियममा अहिले २४६ परिवारले व्यवसाय गरेर बसेका छन्।जसमा रेस्टुरेन्ट, होटल देखि लिएर ग्रोसरी सप रहेका छन् ।

अब आईतवार चयन हुने नयाँ कार्यसमीतिले सबैभन्दा पहिला सहभागितामुलक व्यबस्थापनको सिद्दान्त अबिलम्बन गर्नुपर्दछ। जसले सम्पुर्ण व्यबसायिहरुलाइ सँघ प्रतिको अपनत्व जगाइ सम्पुर्ण व्यबसायीहरुलाइ एकजुट वनाइ सँघ व्यबसायीहरुको लागी हो, व्यवसायीहरु सँघको लागि हो भन्ने भावना जागृत गराउँछ। जब सँघको लक्ष्यनै व्यबसायीहरुको लक्ष्य र व्यवसायीहरुको लक्ष्यनै सँघको लक्ष्य हुन जान्छ त्यसपछि नेपाली व्यबसायीहरुले व्यबसाय शुरु र सँचालन गर्नको लागी कारोबार गर्नु पर्ने सम्पुर्ण पक्षसँग ओने एकद्वार नीतिमा डिल गर्न सक्दछ। निम्न पक्षहरु सँग एकद्वार नीतिमा डिल गर्न सकिन्छ।

बीमा

सामन्यतया यदि तपाँइले घरको, सवारि साधनको र व्यसायको एकै ठाँउबाट बीमा गर्नु भयो भने बीमा कम्पनिले १० % छुट दिन्छ । अब सोच्नुस २०० जना व्यबसायीले एकै ठाँउबाट घर, सवारी साधन र व्यबसायको बीमा गरियो भने कति छुट देला? बीमाको कामकोलागी तपाईँ अफिस सम्म जान पर्दैन फोन वा इमेलबाट सम्पुर्ण कारोबार गर्न सकिन्छ। आबस्यक परेमा एजेन्ट हाम्रो घरमा नै आँउछ त्यसैले सम्पुर्ण बेल्जियमभरिको व्यबसायीको एउटै कम्पनि सँग बीमा गर्न सकिन्छ ।

छुटको मात्रै कुरा भएन । बीमा कम्पनिहरुले आबस्यक सुचना नदिने, फाइल समयमा नबनाइदिने, दिन मिल्ने क्षतीपुर्ती पनि मिल्दैन भनिदिने लगायत बिभिन्न किसिमले दुख दिइरहेको हुन्छ । यस्तो अवस्थामा एक जनाको समस्या नभइकन २०० जनाकै समस्या हो भनेर डिल गरियो भने पक्कै पनि उसले लापर्बाहि गर्ने छैन।

कतिपय व्यबसायीहरुमा भाषाको समस्या, कानुनी ज्ञानको अभाव, र बीमितको कर्तब्य तथा अधिकारको बारेमा जानाकारी नहुदाँ वा यि सबै बुझ्नको लागि समय अभाब हुदाँ कतिपय साथिहरुमा अन्योलता भएको पाइन्छ। यसकोलागि हाम्रै नेपाली समुदाएको कतिपय भाइबहिनिहरुले यसै बिषयमा अध्यन गरेका छन । हामी यदि सबै व्यपारी एउटै कम्पनिमा आबद्ध भयौँ भने इन्सुरेन्स कम्पनिमा काम गर्न योग्य हाम्रो समुदाएको कसैलाइ रोजगार उपल्ब्ध गराइदिनको लागि भद्र सहमती गर्न सकिने सम्भाबनापनि हुन्छ। अर्थशास्त्रमा स्नातक गरेर सम्बन्धित क्षेत्रमा १ बर्षको अनुभब भएमा बेल्जियमा बीमा एजेन्ट बनेर काम गर्न पाइन्छ। म करिब ५६ बर्ष पहिला यसै बारेमा बुझ्न wommelgem मा रहेको FVF (Federatie voor Verzekerings- en financiële tussenpersonen) गएको थिएँ । मेरो नेपालको मास्टरलाइ यहाँको master in TEW( toegepaste economic wetenschap) मा equivalent भएकाले शैक्षिक योग्यता भएको तर कार्य अनुभब नभएको भनेर दिएन र १ बर्ष त्याहाँ स्वयंसेबको रुपमा काम गरेमा पाउने बताइएको थियो तर मेरो त्यतिखेर एक बर्ष बिना आम्दानि काम गर्ने स्थिती थिएन र नकारेको थिएँ ।

नोटरी तथा लेखापाल (Notaris en Boekhouder):

बीमा पछिको अर्को समस्या हो बुकहाउदर। समयमा काम नगरिदिने त्यसबापत आउने क्षतिपुर्ती आँफैले तिर्नु पर्ने। बिलहरु हराइदिने, आम्दानिमा खर्चमा गल्ति गरिदिने, दिन पर्ने सुचना नदिने यि कारणले बुकहाउदर परिबर्तन गरेमा फाइल बिगारिदिने आदि कारणले दुख दिइरहेको हुन्छ। यदि हामि एउटा शहरमा रहेका सम्पुर्ण व्यबसायीहरुले एउटै बुकहाउदर सँग काम गरियो भने हाम्रो बार्गेनिगँ क्षमता बढ्नुको साथै भारि छुटमा काम लगाउन सकिन्छ ।

यस्तै गरि हाम्रो समुदाएको भाइबहिनिहरुले बुकहाउदर (एकाउन्टेन्ट) सम्बन्धि पढेका छन। हामि मास रुपमा कुनै एउटा बुकहाउदरको ग्राहक बनियो भने योग्यता पुगेको कसैलाइ रोजगारि उपलब्ध गराइदिनको लागि भद्र सहमती गर्न सक्ने सम्भाबना पनि रहन्छ ।

बुकहाउदर जस्तै नोटरिस सँग पनि डिल गर्न सकिन्छ। नोटरिसको काममा चाँहि छुटको सम्भाबना कम हुन्छ तर सबैले एउटै नोटारिस सँग काम गरियो भने अन्य बिभिन्न सुबिधा हुन सक्छ।

सप्लाएर्स (leverancier):

अहिले हामिले फरक फरक सप्लाएर्स सँग सामान आपुर्ती गराइराखेका छौँ । तिनिहरुले ५०० € माथि छुट्टै छुट प्रतिसत, १००० € माथि छुट्टै छुट प्रतिसत, १५०० € माथि छुट्टै छुट प्रतिसत दिइराखेका हुन्छन यदि सबै ब्यबसायी एउटै बनेर सप्लाइ गराइयो भने सोच्नुस कती प्रतिसत छुट देला?

रेस्टुरेण्ट व्यबसायीहरुको लागी Takeaway. com: 

टकेअवय्। कोम् ले उसको माध्यामबाट अर्डर गर्दा १३% कम्मिसन + भ्याट र प्रती अर्डर १९ सेन्ट लिने गर्दछ। यसले कम्मिसनबापत प्रति रेस्टुरेण्ट औसतमा १५००€ प्रतिमहिना कम्मिसन लगिराखेको छ। मानौ हाम्रो समुदाएमा १०० रेस्टुरेण्ट छ भने १५००००€ (एकलाख पचास हजार युरो) प्रति महिना र बर्षमा १८०००००€ ( अठार लाख युरो) लैजाँन्छ जुन ठुलो रकम हो। उसले हाम्रो हरेक रेस्टुरेण्टको नाममा छुट्टै वेबसाइट बनाएको छ र त्यसमा गुगल एडवोर्डस गरिदिन्छ जसलाइ search engine optimisation (SEO) पनि भनिन्छ। जसले गर्दा कसैले गुगलमा हाम्रो रेस्टुरेण्ट सर्च गर्यो भने उसले बनाएको वेबसाइट पहिला आँउछ, उ मार्फत अर्डर आँउछ अनि उसले कम्मिसन खान्छ। हुनत उसको एप्प पनि छ तर मैले मेरो रेस्टुरेण्टकोचाँहि गुगल इनसाइट हेर्दा ७० प्रतिसत भिजिट डेक्सटपबाट हुने रहेछ। त्यसको मत्लब धेरै अर्डर एप्प बाट नभइ गुगल सर्चबाटनै हुने रहेछ भन्ने बुझियो।

यसकोलागि हामि सबैले मिलेर एक सामुहिक वेबसाइट बनाउने जसमा सबै रेस्टुरेण्टको नाम लिस्टमा राख्न सकिन्छ कस्टुमरले त्यो नाममा क्लिक गरेपछी रेस्टुरेण्टको आधिकारिक वेबसाइटमा जाने बनाउन सकिन्छ र त्यसलाइ google Adwords (search engine optimisation)गराएर गुगलमा सबैभन्दा पहिला आउने बनाउन सकिन्छ। अनि उसले जस्तै एप्प बनाउने सुरुमा एप्पको माध्यामबाट आउने अर्डर हरुलाइ केहि छुट दिएर ग्राहक आकर्सित गर्न सकिन्छ र takeaway. com बिस्तारै प्रतिस्थापन गराउन सकिन्छ।

यसमा केहि जोखिम पनि हुन सक्छ। सामान्य मान्छेले ‘one bird in the hand is worth two in the bush’अर्थात हातमा भएको एउटा चरो झाडिमा भएको दुइटा चरा भन्दा मुल्यवान हुन्छ भनेर सोच्दछ । यसको अर्थ जे छ त्यसमा चित्त बुझाउ भन्ने हो तर हामि व्यवसायीले त्यसरि सोच्नु हुदैन हातको एउटा चरा छोडेर झाडीको दुइटा चरा समाउन सक्ने संभाबना छ भने त्यसलाइ रोज्नु पर्दछ । हुन सक्छ हातको पनि उम्कने झाडीको पनि समात्न नसक्ने । नो रिस्क् नो गैन् भने जस्तै जोखिम नलिए सम्म प्रगती हुँदैन।

रोजगार एजेन्सी( interim(uitzend) Kantoor):

Horeca को सबैभन्दा समस्या कहिले एकदमै ब्यस्त भइदिने कहिले केहि पनि कामनै नहुने। हामि साना ब्यबशाहीहरुले मौदुजा कामदार राखेर बस्न पनि सकिन्न र भनेको बेला उतिखेरै कामदार पाउन आफ्नो सम्पर्कमा नहुन सक्छ। त्यतीमात्र होइन कतिले काम शुरु गर्नु भन्दा केहि समय पहिला मात्रै काममा आउन नसक्ने भनिदिन्छन। यसको लागि व्यबसायी सँघले कुनै एक uitzend kantoor सँग सहमति गर्न सक्छ जसबाट हामिलाइ आबश्यक कामदार चाहिएको बेला मगाउन सकिन्छ। त्यस्तै उनिहरुको बिभिन्न कम्पनिहरु ग्राहक हुने भएकाले हाम्रो समुदायको ब्यक्तिहरुलाइपनि योग्यता क्षमता अनुसारको काम उपलब्ध गराइदिनको लागि अनुरोध गर्न सकिन्छ।ठुला ठुला uitzend kantoor मा भाषाको समस्या हुनेहरुकोलागि फरक फरक भाषा बोल्ने कर्मचारीहरु राखिएको हुन्छ। हाम्रो समुदाएको पनि कुनै योग्य व्यक्तिलाइ रोजगार उपल्बध गराइदिन भद्र सहमती गर्न सकिन्छ।

कोल्र्य्त्, हनोस्, मेत्रो लगायतको अन्य कतिपय सुपरमार्केट हरुले बर्षभरिमा खरिद गरेको रकमको आधारमा छुट दिन्छ। अहिले हामि हरेक व्यबसायी छुट्टा छुट्टै खरिद गरिरहेका छौँ । त्यसैले पाउने अधिकतमा छुटमा पुग्न सकेका छैनौँ। यसको लागि व्यबसायिक सँघमा आबद्ध सबै व्यसायीले गर्ने खरिदको पइन्ट एउटै हुनेगरि डिल गरियो भने हामिले अधिकतम छुट पाइने छ।

भाषाको ज्ञान, कानुनि ज्ञान तथा अन्य बिभिन्न क्षत्रमा ज्ञान भएको हाम्रै समुदाएको व्यक्तिहरुको दक्ष टिम गठन गरि व्यबसायीहरुलाइ पर्ने बिभिन्न समस्याको सामाधान दक्षटोली सँगको सम्पर्क र सुचनामा गर्न पहल गर्ने ।
oeding inspectie, arbeider inspectie,BTW inspectie हुदाँ सुचनाको अभाब वा अन्य कुनै अन्योलताले हुने समस्या समाधानको लागि बिभिन्न कार्यशाला ( workshop) गर्दै जाने गरियो भने बेल्जियममा भयक नेपाली व्यवसायिहरुको प्रगतिमा थप टेवा पुग्ने देखिन्छ।यसतर्फ सबै लाग्नु जरुरी रहेको छ।

(लेखक आइतबार हुने ब्यबसायी संघ बेल्जियमको महासचिव पदका दाबेदार हुन्।)

तपाइँको प्रतिक्रिया