तस्विरमा यस वर्षको दशैं

विश्वभरि छरिएका नेपालीले यस पटकपनि सधैं झैं दशैं मनाए । स्वदेशमा मात्रै होइन, विदेशमा बस्ने नेपालीलेपनि आफ्नै पाराले मनाए । कतिपयले दुखि हुँदै, कतिपयले स्वदेश र परिवार संझैँदै, भक्कानिँदैपनि मनाए । आफ्नो घर पुग्न नसकेका, नपाएका र अनेक दुख र सास्तिले गर्दा मनाउन नपाएकाहरुकालागि दशैं आँसुको भेल भएपनि अधिकांश नेपालीले आफ्नो क्षमता अनुसारको दशैं मनाए, अझै केहि दिन मनाउँने छन् ।

(गायिका जेनी खालिङको दशैं)

आज बडा दशैको मुख्य दिनसँगै दशैंको रौनक सेलाउँदै जाने छ । बिजया दशमीको मुख्य दिन टिका लगाएपछि दशैं धेरैकालागि खासै मुल चासो रहँदैन । जेहोस, यो दशैंपनि अनेक संझना, रिनको भारी, परिवार टाढा हुनुको दुख र पिर, पारिवारिक मिलन अनि रमाईलो गर्दै बित्यो । दशैंमा धेरैले धेरै खाले तस्विरहरु राखे सामाजिक सन्जालमा । दशैंका फोटाले सामाजिक सन्जाल अझै रङ्गिएकै छ । नेपाल प्लसले सामाजिक सन्जालमा देखिएका तस्विर मध्ये आफूलाई रोचक लागेका केहि तस्विर राखेको छ । यि सबै तस्विर सामाजिक सन्जाल फेसबूकबाट लि ई एका हुन् ।

बेलायतमा पत्रकार चिरन शर्माको परिवारको दशैं

(बेलायतस्थित कान्तिपुर संवाददाता नविन पोखरेलको एक दशक पछिको दशैं, नेपालमा)

(चितवनमा देव चौधरीको दशैं)

प्रसिद्द कार्टूनिस्ट वात्सायन (दूर्गा बराल)को परिवारको दशैं, पोखरा)

क्रिष्ण पाठकका मातापिताको दशैं

क्रिष्ण रिजालले संझना गरेको दशैं

मैनाली केनाथले राखेको वालिकाको दशैं

प्रसिद्द हिम चिप्लेटी खेलाडी मनिकला राईले राखेको दशैं तस्विर

नारायण रिजालको परिवारको दशैं

दयाराम पौडेलले जर्मनीमा मनाएको दशैं

रुपेश विष्टको दशैं

अनुराधा पौडेलका मामाका परिवारले अमेरिकामा साईवरबाट टिका लगाइदिँदै गरेको दशैं

दशैंमा घर जाँदा सार्वजनिक चर्पी सजिलै नभेटिने हुँदा बसको झ्यालबाटै वच्चालाई दिसा गराउँदै एक महिला । फोटो- किशोर श्रेष्ठ

तपाइँको प्रतिक्रिया