राजदुतको कार्यशैलीप्रति बेल्जियमका नेपाली असन्तुष्ट

  • सन्तोस न्यौपाने / बेल्जियम

“पत्रकार ज्यु नमस्कार । राजदुतलाई तपाईको सल्लाह लेख राम्रो लाग्यो । अझ अरु कुरा छन नि । राजदुत जस्तो वरिष्ठ डिप्लोम्यासी भएर देशको डिप्लोम्यासीको काममा ध्यान नै छैन यार, खाली आउरे बाउरे कार्यक्रममा सामेल हुने, जातिय कार्यक्रम होस, राजनैतिक भात्री संगठनका हुन् या आदि ईत्यादी । जोसुकै नेता आएका हुन उसैको पाछी लाग्नलाई मात्रै देशले राज दुत पठाए को हो जस्तो लाग्यो । लाजै मर्दो ।नेपाली राजदुतको काम त प्राय: सबै मुलुक मा यस्तै देखिन्छ । आफ्नु र देशको ब्यक्तित्व जोगाउन नै नजान्ने” वेल्जियमका सुदर्शन घिमिरे सुनाउँदै थिए ।

“आफ्नो क्यारियरको विशेष ध्यान गर्दा दलाल, चम्चागिरि र नेतागिरी चंगुलमा राजदूत फस्ने संभावना हुन्छ । यसतर्फ उहाँ आफैले बिशेष चनाखो हुँदै ध्यान दिनु जरुरी देखिन्छ ।”

कैफियत, अनन्त:’गर्व’ भन्ने शब्दले गोलखाडी खान पनि सक्छ । अघिल्ला राजदुत राममणिलाई पार्टीका कार्यकर्ताले टेको हालेर बल्ल उद्दार गरेका थिए ।”” पत्रकार शेर बहादुर छन्त्यालपनि भन्दै थिए ।

माथिका दुइ पंक्ति नेपाल प्लसमा प्रकाशित लेखपछि आएका प्रतिक्रिया र असन्तुष्टि हुन । बेल्जियमस्थित नेपाली दूतावासका राजदूत लोक बहादुर थापाको कार्यशैलीप्रति यहाँका नेपालीहरुको असन्तुष्टिको पोकोलाई यी दुई व्यक्तिको प्रतिक्रियाले प्रस्ट पारेको छ ।

त्यसो त, घिमिरे र छन्त्यालले मात्रै होइन बेल्जियममा लामो समयदेखि बसेर साहित्यमा कलम चलाइरहेकाहरु पनि उनको कामगर्ने शैलीबाट त्यति सन्तोष मान्दैनन् ।

केही दिन अघि मात्र राजदूत निवासमा सम्पन्न संविधान दिवस कार्यक्रमबारे साहित्यकार विमल गिरीले विमती जनाउनु भएको छ ।’ कार्यक्रम गरेपछि समय अनुकुल गाउनुपर्दछ । साँझको ६ देखि ८ बजेसम्म त्यो पनि राजदूत निवास । जान पनि टाढा हुने अनी सबै व्यक्तिहरू पनि नसमेटिने ।” “गिरीले थपे ‘कति कार्यक्रम दुतावास मै हुने गर्दछन् । राजदूत रिसेप्सनमा उभिएर बोल्छन,आगन्तुक तलको खाली ठाउँमा उभिएर हेर्छन् । यो निकै लाजमर्दो देखिन्छ।”

राजदुतको कूटनीति के हो भन्ने कुरा थापाले बिर्सिंदै गएको उहाँको क्रियाकलापबाट पनि अझ प्रस्ट हुँदै गएको देखिन्छ । नेपाली समुदायसमक्ष राजदूत निकट हुनु राम्रै हो । तर धेरै निकटताले उनको पदिय तौल पक्का पनि घट्न जान्छ । यो राजदूत थापाले बेलैमा बुझ्न जरुरी छ ।

विगतमा राममणि पोखरेल राजदूत हुँदा पार्टीका धेरै छलफल राजदूत निवासमा भएका घटना बाहिरिएका थिए । पोखरेल पोल्टिकल ड्प्लोम्याट भएकै हिसाबलेपनि त्यो गरेका थिए । तर त्यो सरासर गलत नै थियो । यो घटना राजदूत थापाको कार्यकालमा पनि हुन पुग्यो । रामचन्द्र पौडेल आउँदा नेपाली कांग्रेसका असन्तुष्ट पक्षहरू निवासमा पुगेर छलफल वैठक चलाए । राजदूत निरिह बने । नी स्वयंले यो कुरा स्वीकार गरे । असन्तुष्ट पक्षका गंगाधर गौतमले समेत निवासमा बैठक भएको स्वीकार गरे । के राजदूत निवास राजनीतिको छलफल वैठक गर्ने ठाउँ हो ? यो राजदुतले गम्भीर रुपमा लिनुपर्दछ ।

नेपाल प्लसको समाचार पछि राजदूत थापा प्रतिको आक्रोस र असन्तुष्टि बाहिर आएका छन् । माथिका ३ असन्तुष्टि पाच्य खालको भएकोले समाचारमा प्राथमिकता पाए । बाँकि अलि पचाउन नसकिने खालका भएकाले यो पंक्तिकारले समावेश गरेन । यसबाट पनि उनको लोकप्रियता हराउँदै जान लागेको राजदूत क्रेजलाई बुझ्न गार्हो पर्दैन ।

त्यसो त, राजदूत मीडियाप्रति त्यति पारदर्शी पनि छैनन् । विगतमा यो पंक्तिकारले ‘दुतावासमा आय व्यय कति हुन्छ ? केकेमा कति खर्च हुन्छ ?’ भनेर माग्दा राजदूत थापाले आएर हेर्न मिल्ने तर प्रकाशित गर्न नमिल्ने बताएका थिए । यसबाट पनि उनको भित्री मनासय बुझ्न गार्हो पर्दैन । कुनैबेला दुतावास सम्बन्धी आएका समाचार अरु दुतावासले ट्रान्सलेट गरेर पढ्ने हुँदा संयम अपनाउन पत्रकारलाई सुझाव दिएका थिए ।जुन विश्वास गर्न योग्य थिएन । दुतावासको समाचार त्यो पनि नेपाल जस्तो देशको । किन र के का लागि ट्रान्सलेट गरेर अरू दुतावासले पढ्ने ?

साउदी अरबमा छँदा ख्याति कमाएका राजदूत थापाले अस्ट्रेलियामा पोस्टिङ हुँदा पनि राम्रै छवि कायम राखे । त्यसपछि पासपोर्ट शाखामा आएपछि सुधारका कार्यले आफ्नो शाख उँचो बनाएका थापाको बेनेलुक्सको राजदूत कार्यकालले बीचमै छवि धमिल्याउने हो कि भन्नेमा उत्तिकै शंका थपिएको छ । समय प्रसस्तै छ । उनले बाँकि समय आफ्नो सम्मानित छवि बचाउनका लागि खर्चिनु पर्दछ । होइन भने राजदूत लोक बहादुर थापा र पूर्व राजदूत राममणि पोखरेल मा कुनै फरक हुनेछैन । यसतर्फ बेलैमा ध्यान जाओस् ।

तपाइँको प्रतिक्रिया