कसरि पुगे बेलायतको संग्राहलयमा यति धेरै प्राचिन नेपाली कला ?

बेलायतको लण्डनस्थित संग्राहलयमा नेपालका प्राचिन कलाहरु भेटिएका छन् । तर ति कला कहिले, कसले र कसरी पुर्‍यायो भन्ने उल्लेख छैन । दूर्लभ प्राचिन कलाहरु चोरी गरेर वा उच्च घरानियाहरुले चोरेर बिक्रि गरेको हुनसक्ने नेपालीहरुको आशंका छ ।

लण्डनस्थित कोभेट गार्डेनको नजिक पर्ने ग्रेट रसेल सेन्ट्स ब्लुमस्बरी संग्राहलयमा ति कलाहरु फेला परेका हुन् ।

बेलायत निवासी बिजय हमालले बेलायतको लण्डनस्थित संग्रहालयमा राखिएका ति प्राचिन कलाहरु सामाजिक संजाल फेसबूक मार्फत सार्वजनिक गरेकि हुन् । उनले आफ्नो संजालमा नेपालबाट लगिएको भनेर उल्लेख गरिएका ति कलाहरुको बिस्त्रित ब्याख्या नगरेपनि ‘उपहार’ उल्लेख गरेको जनाएकि छन् । उनका अनुसार नेपालबाट मात्रै नभएर त्यस्ता प्राचिन कलाहरु विश्वभरिबाट पुगेको र अन्य देशका कलाको स्रोतपनि ‘उपहार’ भनेरै लेखिएको छ ।

त्यस्ता कलाहरुमा ‘उपहार’ लेखिएपनि कसले कहिले र केका अवशरमा कसलाई उपहार दिएको हो भन्ने उल्लेख छैन । अर्काको देशका यस्ता कलाहरु आफ्नो देशको संग्राहलयमा प्रदर्शनी गर्दा स्रोत खुल्नेगरि उल्लेख हुनुपर्ने हो । र बेलायतको सोहि संग्राहलयमा रहेका त्यस्ता धेरै कलाहरुमा स्रोत स्पष्ठ खुलाईएको छ । तर नेपालबाट लगिएका ति प्राचिन कलामा किन स्पष्ठसित स्रोत खुलाईएन ? यसलेपनि ति प्राचिन कलाहरु चोरि गरेर लगिएको वा कुनै अवैध माध्यमबाट पुगेको हुन सक्ने आशंका नेपालीहरुले गरेका हुन् ।

तपाइँको प्रतिक्रिया