गाई मोटाउँदा स्विसहरुलाई चिन्ता

गाई, गोरु, भैंसी मोटा र दुब्ला भएका समाचार हामी कहिल्यै सुन्दैनौं । ति हाम्रा लागि सामान्य विषय हुन् । न ति चर्चामा आउँछन्, न त राष्ट्रिय निति निर्माण, राजनितिमा बहसको विषयनै बन्छन् । तर सम्पन्न देशमा भने यिनै विषयले राष्ट्रिय चर्चा पाउने रहेछ । स्विजरल्याण्डमा गाई मोटाएको विषयले राष्ट्रिय चर्चा पाएको छ । यो विषय नितिनिर्माण तहमा बहस र चासोको विषय बनेको छ ।

स्विजरल्याण्डमा गाईहरु गर्मी याममा पहाडी भेग वा हिमालतिर चर्न जान्छन् । अर्थात् गर्मी याममा च्र्नकोलागि ति उचाईतिर जानुपर्छ । जाडो बढ्दै जाँदा तल झर्दै जान्छन् । कम जाडो हुने भागतिर । गर्मी याममा उचाईतिर जान शरिर छुट्किलो र पातलो हुनुपर्छ । तर स्विस गाईहरुको शरिर मोटाउँदै र शरिरको उचाइ बढ्दै जाँदा गाईहरुलाई गर्मीयाममा अग्लो ठाउँको चरन (स्विसहरु अल्पाईन पास्चर भन्छन्) मा पुग्न मुस्किल पर्दै गएको पशुपालन विशेषज्ञहरुले बताएका छन् ।

पछिला वर्षहरुमा स्विस गाईहरुको शरिरको उचाई बढेको छ । तौलपनि बढ्दै गएको छ । शरिर बढ्नाले गोठमा नअटाउने हुन लागेका छन् । क्रिषी बिज्ञहरुले स्विस सरकारलाई साना, छारिता, होचा र दुब्ला गाई हुर्काउने निति ल्याउन सुझाव दिएका छन् ।

अहिले केहि स्विस गाईहरु एक मिटर ६० सेमीका छन् र तौल आठ सय किलो पुगिसकेको छ । यसलाई उनीहरुले अनावश्यकरुपमा बढेको भनेका छन् । हरेक वर्ष प्रत्येक गाईको उचाई तिन मिलिमिटरका दरले बढिरहेको छ ।

स्विजरल्याण्डमा करिब २५ देखि ३० वर्ष अघिकै पशुपालन निति र प्रविधी अनुसार चलिरहेको छ अहिलेपनि । गाई बाँध्ने गोठ २५-३० वर्ष अघिका गाईको आकार, तौल र उचाई अनुसार बनाइएको थियो । अहिले गाईहरुको शरिर, उचाई सबै बढेकाले ति गोठहरु अनुपयुक्त बन्न थालेका छन् ।

गाईहरुको शरिर र उचाई बढ्ने, मोटा हुने गर्दा दानापानी धेरै खान्छन्। तर दुध भने पहिलेकै परिमाणमा दिने गर्दा पशुपालकहरु मारमा परेको भनाई विशेषज्ञहरुको छ । त्यसैले उनीहरुले साना, छरिता र दुब्ला गाई हुर्काउने निति र लगानीमा ध्यान दिन सुझाव दिएका हुन् । गोठ बनाउने २५, ३० वर्ष पुरानो निति बदल्नुपर्ने सुझावपनि तिनको छ । सम्पन्न देशका समस्या कस्ता हुन्छन् भन्ने यो एउटा उदाहरण हो ।

तपाइँको प्रतिक्रिया