मेडियाको वार्षिकोत्सव भाँड्नैकालागि कम्मर कसेर सामूहिक वक्तब्य ?

नेपाली समूदाय र अझ त्यसमापनि बेलायतक्मा लोकप्रिय छ, अनलाईन मेडिया नेपालब्रिटेन डटकम । यसले हरेक केहि न केहि विशेष तरिकाले आफ्नो वार्षिक कार्यक्रम गर्छ । हरेक वर्ष यस्तो कार्यक्रम गर्दा धेरै खुशि हुन्छन् । केहिलाई डाह, ईर्ष्या र अप्ठेरो लाग्दो हो । यो वर्ष भने वर्षौंदेखि नेपाल ब्रिटेन डटकममै सल्लाहकार, ब्यवस्थापक र सन्चालक समितिमै रहेकाले एउटा बिज्ञप्ती जारी गरे । बिज्ञप्ती महोत्सवको दुई दिन भन्दा अझ छोटो समयमा जारी मात्रै गरेनन् कि बिज्ञप्तीमा उल्लेख गरिएको भाषा र आशयले यो वार्षिक महोत्सव भत्काउन बिज्ञप्ती जारी गरेको देखियो । (बिज्ञप्ती अन्तिममा हेर्नुस्)

एन आर एन ए का केन्द्रिय उपाध्यक्ष कुल आचार्यपनि नेपाल ब्रिटेन डटकमको सन्चालक समितिमा थिए । उनीसमेत संलग्न भएर आएको बिज्ञप्तीले भन्छ, आफूहरुले छोडेर हिँडेपछि यो मेडिया निस्क्रिय हुन्छ, वा बन्दनै गरिन्छ ।

नेपाल ब्रिटेन डटकमले बेलायतमा बसेर नेपाल र नेपाली समूदायमा उल्लेख्य सेवा गरेका दश ब्यक्तिलाई सम्मान गर्दै आएको छ । यसो गर्नु कति ठिक र बेठिक आफ्नो ठाउँमा बहस र छलफल होला, मतैक्यता रहला । तर आफूहरु संलग्न रहेका बेला असाध्यै निस्पक्ष र आफूहरु हटेपछि ‘कुनै ब्यक्तिले बन्द कोठामा बसेर छान्ने’ भनेर लगाएको आरोप हाँस्यास्पद लाग्छ । अझ यो कार्यक्रम चलाउन चन्दा मागिएको भन्ने एउटा प्रमाणपनि पेश नगरि आरोप लगाउनुले नेपाल ब्रिटेन डट कम छोड्दा ‘बेचेको भैंसी भिरबाट लडोस’ भन्ने दुरभावना देखिन्छ ।

सन्चालकहरुबिच मत नमिल्न सक्छ । मानिसहरु बिभाजित हुन्छन् । तर सामाजिक संस्थामा बसेका, अझ प्रवाशमा रहेका आम नेपालीका अनेक संस्था र पाटमा जोडिएका अग्रज भन्नेहरुले अपनाउने शैली, प्रयोगको भाषा र तिनले मेडियाप्रति गर्ने ब्यवहार पाच्य हुनुपर्छ । नेपाल ब्रिटेन डटकमको वार्षिक महोत्सवको तयारिकै बेला तुच्छ भाषा शैली र बिना प्रमाण आएका आरोपहरुले आरोपकर्ताहरुलाईनै हलुको बनाएको छ । आफ्नै भूमीमा, आफैं संलग्नता रहेको मेडिया आफूले छोडेपछि बन्दनै गर्न खोज्ने एन आर एन एका केन्द्रिय उपाध्यक्षको चाहना र शैलीले धेरै मेडियालाई झस्काएको हुनुपर्छ ।

एन आर एन ए का केन्द्रिय उपाध्यक्ष, बेलायतको पुरानो र प्रतिस्ठित मानिने यति एसोसिएसनका संस्थापक, नेपाल ब्रिटेन डटकमकै सन्चालकहरुले यो साईटनै भंग हुने भनेर बिज्ञप्ती जारि गर्दापनि नेपाल ब्रिटेन डटकमे वार्षिक महोत्सव गज्जबले सफल बनाएछ । एन आर एन ए बेलायत, तमुंधी बेलायत, भूतपूर्व गोर्खा सैनिक, बेलायतको नेपाली दुतावास, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो), बुद्ध फाउन्डेसन यूके, गोरखा वेलफेयर सोसाइटी, तमुधि यूके, शान्ति नेपाल समाज लगायत बेलायतका प्रतिस्ठित संस्थाहरुको उपस्थितिमा आज वार्षिकोत्सव मनायो । एन आर एन ए बेलायत लगायत त्यहाँका प्रतिस्ठित संस्थाहरुकै उपस्थिति र संलग्नतामा नेपालब्रिटेन डटकमे कार्यक्रम गरिदिएपछि बाहिरिएका सन्चालकहरुको विज्ञप्ति हाँस्यास्पद बन्यो । आजको कार्यक्रमका केहि तस्विर हेर्नुस्———

विज्ञप्ति जस्ताको तस्तै-

आदरणीय सामाजिक अभियन्ता एवं सम्पूर्ण पाठकवृन्दहरु सादर नमस्कार बेलायतबाट सञ्चालित नेपाली अनलाइन न्यूज पोर्टल नेपाल ब्रिटेन डट कमले आगामी २२ जुलाईमा ११ औं वार्षिकोत्सव मनाउने तयारी गरेको तथा सो संस्थामा हामी अझैपनि आवद्ध भएको भन्ने भ्रम छरी चन्दा संकलन गरिएको भन्ने समाचार प्रकाशित भएप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

उक्त अनलाइन सञ्चालनमा संस्थापक तथा व्यवस्थापक टिम र सम्पादक चिरन शर्माबीच न्यूज वेवसाइट सञ्चालनलगायतका केही एजेण्डामा गम्भीर असमझदारी उत्पन्न भएको थियो । ति असमझदारीवीच हामीले नेपाल व्रिटेन डटकम अघि बढाउन उचित नहुने भन्ने निष्कर्षमा पुगी सञ्चालक समितिका तर्फबाट तत्कालिन अध्यक्ष चिरन्जीवि ढकाल, कुल आचार्य, विश्व आदर्श पण्डित, कमल भण्डारी र किशोर सापकोटा लगायतले उक्त मिडिया सञ्चालन नगर्ने निणय गर्दै हामी बाहिरिने र सो संस्था हामी बाहिरिएकै मिति देखि स्वत निष्क्रिय हुने वा भंग भए सरह हुने भन्ने निरक्यौल गरेका थियौं ।

तर, हालै बेलायतस्थित विभिन्न महानुभावलाई हामी रहेकै समितिले ११ औं वार्षिकोत्सव र हाम्रो मिडियाले हरेक वर्ष घोषणा गर्दै आएको टप १० व्यक्तित्वलाई सम्मान गर्न लागेको भ्रम फैलाइएको रहेछ । यो विज्ञप्ति मार्फत हामी आदरणीय महानुभावसंग कार्यक्रममा हाम्रो कुनै पनि तवरबाट संलग्न नरहेको जानकारी गराउंदछौं । यि कार्यक्रमका नाममा विभिन्न आर्थिक कारोवार गरिएको वा चन्दा रकम उठाइएको भन्ने सुन्नमा आएकोले सो संग हाम्रो कुनै संलग्नता नभएको व्यहोरा अवगत गराउंदछौं ।

हामीले नेपाल व्रिटेन डटकम मार्फत समाजमा योगदान गरेका मानिसलाई थप हौसल्ला प्रदान गर्न टप १० व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम गर्दै आएका थियौं । निश्चित मापदण्डका आधारमा पहिल्यै नै उत्कृष्ट व्यक्तित्व घोषणा गर्ने परम्परा विपरित अंध्यारो कोठामा बसेर एक वा दुई व्यक्तिले घोषणा गर्ने टप १० प्रति हामी अनभिज्ञ छौं । साथै टप टेन घोषणामा कुनै खालको आर्थिक चलखेल वा अनियमितता हुन सक्ने भन्ने आशयका समाचारहरु प्रकाशित भएको वा सो आशयका गाईंगुंई सुनिन आएकोले हामी सञ्चालक समितिमा नभएपछि हामीलाई यसबारेमा जानकारी रहने कुरा पनि भएन । त्यसैले सम्पूर्ण जनसमुदायहरुको हाम्रो असंलग्नतालाई बुझिदिनुहुन विनम्रतापूर्वक आग्रह गर्दै यहांहरुको जानकारीकालागि यो विज्ञप्ति प्रकाशित गरेका छौं ।

धन्यबाद

भवदीय, चिरन्जिवी ढकाल

भूतपूर्व अध्यक्ष, नेपाल ब्रिटेन डट कम

सञ्चालक समितिकातर्फबाट लन्डन

पुनश्चः हाल उक्त कार्यक्रममा प्रत्यक्ष र परोक्ष रुपमा संलग्न महानुभावहरुमा मामाको घोडा मेरो हिहि नगर्न अनुरोध गर्दछौं ।

तपाइँको प्रतिक्रिया