नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल ‘इन्जा’ युरोप कमिटी चयन

ईन्टरनेशनल नेटवर्क फर नेपाली जर्नालिस्ट (इन्जा) को युरोप कमिठी चयन भएको छ । ईन्जाको अमेरिकास्थित केन्द्रिय कार्यालयबाट आज सार्वजनिक गरिएको प्रेस बिज्ञप्तीका अनुसार पत्रकार ददि सापकोटा (फ्रान्स) को अध्यक्षतामा ईञ्जा युरोपको चयन भएको हो ।

वरिष्ठ पत्रकारहरु भगीरथ योगी र थानेश्वर सापकोटा सल्लाहकार रहेको इन्जा युरोपको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण देवकोटा (स्वीजरल्याण्ड), उपाध्यक्ष टुवल सापकोटा (जर्मनी), महासचिव दीपक धिताल (जर्मनी), सचिव निराजन श्रेष्ठ (स्विजरल्याण्ड), र कोषाध्यक्ष निलम घिमिरे (वेल्जियम) छन् ।

त्यस्तै, ईञ्जा युरोपको सदस्यहरुमा श्रीभक्त खनाल (वेलायत), विजय शर्मा दर्पण (स्पेन), दीपक खतिवडा (पोर्चुगल), रविचन्द्र भट्टराइ (अष्ट्रिया), विष्णु शर्मा (पोर्चुगल) र जयराम तामाङ (बेलायत) छन् ।

इन्जाद्वारा जारी बिज्ञप्तीका अनुसार नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (ईञ्जा) ले आगामी दुई वर्षका लागि ग्लोवल कमिटी र युरोप तथा एशिया महादेशीय कमिटीहरुको चयन गरेको हो ।

वरिष्ठ पत्रकार गुणराज लुइटेलको अध्यक्षतामा निर्वाचित ग्लोवल कमिटीको वरिष्ठ उपाध्यक्षहरुमा सुनिलमणि दाहाल (सचिवालय) र विष्णु शीतल (अन्तराष्ट्रिय समन्वय) छन् । उपाध्यक्षमा वरिष्ठ पत्रकारहरु टंक पन्त (एशिया), ददि सापकोटा (युरोप) र मनऋषि धिताल (अष्ट्रेलिया) छन् ।

ईञ्जा ग्लोवलको संरक्षकमा राम खरेल र योगेश उपाध्याय छन् भने सल्लाहकारमा नेपालका लागि अमेरिकाका पूर्व राजदुत स्कट एच डेलिसी, नेपाल पत्रकार महासंघका पूर्व सभापति तथा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाल, वरिष्ठ पत्रकार तीर्थ कोइराला र वरिष्ठ पत्रकार गंगा लामिटारे (अधिकारी), सामुदायिक रेडियो अभियन्ता घमराज लुइटेल छन् ।

ईञ्जा ग्लोवल कमिटीको निर्देशकमा किशोर सापकोटा (संगठन), अनुराधा पौडेल (नीति निर्माण तथा प्रशिक्षण), विजय थापा (सञ्चार) र भक्त घिमिरे (अन्तरदेशीय समन्वय) चयन भएका छन् ।

कमिटीको महासचिवमा शिव विष्ट, सचिवमा दीपक रिजाल र कोषाध्यक्षमा वर्षा भुजेल चयन भएका छन् । कोषाध्यक्ष भुजेलले फ्रेन्डस अफ ईञ्जा, अमेरिकाको इञ्चार्जको भूमिका समेत निर्वाह गर्ने छन् ।

ईञ्जाका सदस्यहरुमा अमेरिकावाट विष्णु शर्मा, भूपेन थापा, भोला सिवाकोटी, ज्योति कुमार श्रेष्ठ, विश्व थापा, उमेश शर्मा, सिर्जन ताम्राकार, राम लामा अभिनासी, सिर्जना उप्रेति, अंकुश नेपाल, तारा भट्टराई, सुनिल हुमागाइ, डोव ढकाल, खेम भट्टचन, र पूर्णसिंह वराइली छन् । त्यस्तै, क्यानाडाबाट डा. किश्मत भण्डारी र वद्री तिमिल्सिना, चीनवाट ध्रुब पौडेल, नेपालवाट कृष्ण ढुंगाना, रीता सापकोटा र विनेश खनाल चयन भएका छन् । त्यसैगरि भारतबाट भरत पौडेल र मध्यपूर्ववाट सुवास शर्मा र टेकवहादुर थापा चयन भएका छन् ।

ईञ्जा एसिया कमिटिपनि गठन

वरिष्ठ पत्रकार टंक पन्तको अध्यक्षतामा रहेको ईञ्जा एशियाको वरिष्ठ उपाध्यक्षमा नारायण न्यौपाने  छन् भने उपाध्यक्षहरुमा दीपक पुडासैनी (कतार), आनन्द कोइराला (जापान) र मञ्जु गुरुङ (कोरिया) रहेका छन् । महासचिवमा दीपेन्द्रदोङ तामाङ, सचिवमा खेमकुमारी पोख्रेल (दीपु) र कोषाध्यक्षमा रामकुमार कामत छन् । ईञ्जा एशियाको सदस्यहरुमा विकास थपलिया, रामप्रसाद भण्डारी, अर्जुन सापकोटा, लीला उपाध्याय, बिशाल गैरे र अनिल आचार्य चयन भएका छन् ।

तपाइँको प्रतिक्रिया