केसीको केहि शारिरिक अंग गलिसके, गम्भिर बन

-कनकमणी दिक्षित

       (डा. गोविन्द केसी)

-डा. गोविन्द केसीको सत्याग्रहको इतिहास छ, उनका सबै माग र तौरतरिकासँग तपाईं-म सहमत हुनुपर्दैन । तर सत्याग्रहीको ज्यान खतरामा परेको बेला सरकारले वार्ताको लागि लचक हुनुपर्छ । यसको लागि चिकित्सा शिक्षा विधेयक फिर्ता लेऊ, डा. केसीलाई उपत्यका ल्याइहाल। (थ्रेड १-१०)

-सत्याग्रही डा. केसीले कसैमाथि सांघातिक आक्रमण गरेका छैनन्, मात्र जन-स्वास्थ्य उँभो लगाउन आफ्नो विचारअडान ल्याएका हुन् ६ वर्ष यता ६-६ जना प्रधानमन्त्रीको विभिन्न कार्यकालमा । यसअघि उनीसँग वार्ता र सम्झौतामा पुग्ने सबै सरकारलाई बेठीक ठान्नुपर्ने हो?

-१५ अौं अनसनको दौरानमा हामी एक-एकले उनलाई हेर्ने आफ्नो चश्मा कसरी बदलेका छौँ, त्यो मनन् गरौँ । आफ्नो मनपरेको दल सत्तामा भए\नभए अनुसार उही सत्याग्रहको समर्थन गर्नु र नगर्नु जायज हुन सक्दैन ।

-डा. गोविन्द केसीको जीवन-मरणसँगै आम नेपालीको स्वास्थ्य, आत्मबल र नेपाल राज्यको आत्मसम्मान र अन्तर्राष्ट्रिय छवि गाँसिन पुगेको छ, सरकारले यता पनि हेर्नुपर्छ ।

-कसैले भनेको सुन्ने अनसनकारी होइनन् डा. केसी, उनको सत्याग्रहलाई कुनै पार्टी वा शक्ति समूहको भरथेग गर्ने ‘पोजिसन’ को रूपमा लिनु उचित होइन।

-१५ अौं अनसनको १९अौं दिन खपिसकेको डा. केसीको शरीरका प्रमुख ‘अर्गन’हरु एकदमै गलेका छन् यसपालि, कुनै पनि बेला अनिष्ट हुनसक्छ । त्यसैले उनको अडानको कदर नगर्नेले पनि ज्यान बचाउन बाटो खुला गर्नुपर्छ, यस घडीमा ।

-डा. केसीको व्यक्तित्वका आयामहरु बुझ्नु जरुरी छ – नेपालमा बाढी पहिरो जाँदा हिमाल-पहाड-तराई पुग्छन् उनी, नागरिकको उद्धार र सेवामा खट्छन् ।

-विकासोन्मुख संसारको कुनै कुनामा विपद् पर्दा मिडियामा हल्ला नगरी आफ्नै खर्चमा उद्धार र उपचारमा लाग्थे डा. केसी – जस्तै भुजगुजरात भूकम्प (२००१), पाकिस्तान भूकम्प (२००५), म्यानमार साइक्लोन (२००८), हाइटी भूकम्प (२०१०), पाकिस्तान बाढी (२०११), फिलिपिन्स सुनामी (२०१३)।

-सम्झिनैपर्ने कुरा – लोकमानसिंह कार्कीको बहिर्गमनको अभियानले गति लियो जब (उही ‘पागल’) डा. गोविन्द केसी अख्तियारका प्रमुख आयुक्तको विरोधमा उभिए । यसैको लागि पनि बिर्सने चरित्रको हाम्रो समाज उनीप्रति आभारी हुनुपर्छ ।

-आज जीवन-मरणको सँघारमा अडेका डा. केसीमाथि रोष्ट्रमबाट अमर्यादित शब्दप्रहार गर्नुको साटो सांसदहरुले उनको मागलाई सदनभित्रको बहसमा भित्र्याएर चिकित्सा शिक्षा कानून बनाउनतर्फ लागेको राम्रो । बिधेयक फिर्ता लेऊ, डा. केसीलाई उपत्यका ल्याइहाल ।

(स्रोत- दिक्षितको फेसबूक)

तपाइँको प्रतिक्रिया