विश्वकपमा नेपाली पारा

बिदेशमा बसोबास गर्ने कतिपय नेपालीले आफू बसेको, आफू बसेको नभए भाषा मिल्ने नजिकको देशको यति समर्थन गरेको, यति भविष्यवाणी गरेको, खेलको फ्यान भन्दा कुनै टिमको एयरकन्डिसन बनेको देखियो कि लाजै लाग्ने । तिनले भन्ने बेलामा चाहिँ ‘म नेपाली’ नै भन्छन् । तर म फ्रान्सेली, म बेलायती, म जर्मन, म इटालियन, म डच, म बेल्ज आदि भन्नेहरुले भन्दापनि बढि, आफ्नै छोरोनै खेल्न गएभन्दापनि अझ चर्कोसित पर्व मनाएको देखियो । विश्वकपको प्रवाशमा माहोल हेर्दा त नेपालीहरु प्रवाशको समाजमा कति राम्रोसित इन्टिग्रेट (घुलमिल) भएका । नेपालको भाषा, संस्क्रिति, जातजाति, राजनितिमा असाध्यै चिन्ता गर्नेपनि सायद तिनै पर्दा हुन् ।

अर्काथरी नेपाली देखिए, मेरो त पहिलेदेखिनै साखा सन्ताननै कांग्रेस भएकाले कांग्रेस, राजा भएकाले राजा वा वामपन्थी भएकाले अहिलेका हामपन्थीनै भएपनि तिनैका पक्षमा भने जस्ता । स्पेन, बेलायत, अर्जेन्टिना, जर्मनी, ब्राजिलका पक्षमा । खेलको रमाईलो, आनन्द लिने भन्दा तिनलाई पुरातनपन्थीनै हुन मन लाग्ने । बिगतमा जमाएर खेले भन्दै ति देशको खेलको अवस्था नहेरेर, नबुझेर तिनैले जित्छन् भनेर भविष्यवाणी गर्ने ।

फिफाले विश्वकपमा खेल्ने देशको तालिका निकाल्नु अघिनै कुन देशको खेलको क्षमता, गूण कस्तो र कुन स्तरमा दर्जा गरिएको छ भन्ने सार्वजनिक गरेको थियो । खेल भैरहँदापनि फूटबलका नेपाली फ्यानहरुले त्यो हेरेको, बुझेको वा ज्ञान लिएको देखिएन । फूटबलको टोलीको खेल नहेरि, नबुझिकनै हचुवाका भरमा फलानो टिम अब्बल, फलानोले जित्छ र फलानोले हार्छ भनिरहेका थिए । अझ कति भविष्यवाणीकर्ताले त यति गोलको अन्तरले जित्छ भनेर हावादारी ठोकुवासमेत गरेका थिए ।

अझ कतिपय नेपालीले त यो विश्व कपमा फलानोले जित्छ भनेर बाजी मारेका थिए । केहि फूटबलप्रेमी यति मूर्खसमेत देखिए कि फलानो देशले हारेमा आत्महत्या गर्छु, यति दिन खाना खान्न भनेर सामाजिक सन्जालमा टाँसे । कुनै टिमले हारेपनि वा जितेपनि भोज र पेय पदार्थको नशामा झुम बन्ने, देशैपिच्छेका जर्सी किनेर फेरिफेरि लगाउने, आफ्नो स्वास्थ्यको ख्यालै नगरि रातभरि बस्ने नेपालीको संख्यापनि कम थिएन । नेपाली पारा देख्दा लाग्थ्यो, नेपाललेनै विश्वकप जित्न लागेको छ । बेलायत, फ्रान्स, जर्मनी, क्रोएसिया, स्पेन, पोर्चुगल, ब्राजिल, अर्जेटिनाका देशलाई पछारेर नेपालले विश्व कप लैजान लागेकाले ति देशका नागरिकलाई भन्दा चासो नेपालीलाई लागेको हो । आफूले जित्ने पक्कापक्की भएपछि वा कम्तिमा नेपाल विश्वकप दाबेदारको अन्तिमतिर पुगेकाले नेपाली विश्व कपको लागि जुरुक्कै उचालिएका हुन् ।

विश्वकप नजितेको महादेशमा जाओस् । त्यसपछि कहिल्यै नजितेको देशले जितोस् । नयाँ देशहरु प्रभाशाली देखिउन् । यसरि महादेश अलग, जित्ने देश अलग र नयाँ हुँदा विश्व कपको स्वाद फेरिन्छ । रोमान्चक बन्छ । यसको फाईदापनि छरिन्छ, बाँडिन्छ भन्ने किन नलागेको नेपालीहरुलाई ? भोली आइतवारफ्रान्स र क्रोएशियाबिच खेल हुँदै छ । यो खेलमापनि जसले राम्रो खेल्छ उसैले जित्छ नै । खेल कसैलाई अन पर्नु र मन नपर्नु त हुनेनै भयो । खेलको नियम जसले गोल हान्छ वा बढि गोल गर्छ उहि राम्रो, प्रतिभाशाली र अब्बल ठानिन्छ । फूटबल खेलको नियमनै यहि हो । खेलकूदको आनन्द लिने मान्छेले जसले राम्रो, इज्जतिलो, न्यायपूर्ण, कम गल्ति गरेर, दादागिरि र मैमत्त नभै खेल्छ उसैको खेल रुचाउँछ ।

विश्वकप बारे तलका लेख, समाचारपनि हेर्नुस्

विश्व कप जित्नेले पाउने तिन करोड युरो र ट्रफीको रोचक पक्ष

विश्वकप फूटबलको आर्थिक पाटो : दिर्घकालिन विकास, अरबौं फाईदा

आफ्नो खेल नहुँदा के गर्छन् विश्वकपमा फ्रान्सेली खेलाडीले ?

दरबारकी बेहुली जस्तै विश्व कपमा मस्को (फोटो कथा)

तपाइँको प्रतिक्रिया