जनसंपर्क समिति युरोप र पत्रकार महासंघ युरोपबिच सहकार्य र एकताको सहमति

नेपाली कांग्रेसको प्रवाशस्थित भात्रि संगठन नेपाली जनसंपर्क समिति र नेपाली पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघ युरोप शाखाबिच सहकार्य र एकता गर्ने सहमति भएको छ ।  हिजो जुलाई आठ का दिन जनसंपर्क समिति बेल्जियमका अध्यक्ष सिता सापकोटा र नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राइले संयुक्त प्रेस बिज्ञप्ती जारि गर्दै यि दुई संस्थाले एकता र सहकार्य गर्ने उल्लेख गरेका हुन् ।

दुई संस्थाको बिचमा सहकार्य र भावनात्मक एकता गर्दै सामाजिक रुपान्तरणमा टेवा दिन प्रयत्न गर्ने सहमती भेको बिज्ञप्तीमार्फत जनाएका छन् । प्रेस बिज्ञप्तीमा उल्लेख छ ‘ नेपाली जनसंपर्क समिति बेल्जियम र नेपाल पत्रकार महासंघ युरोप शाखाबिच केहि समय यतादेखि भएका तिक्तताहरुलाई अन्त्य गर्दै आउने दिनहरुमा भावनात्मक एकता तथा सहकार्य गर्दै सामाजिक रुपान्तरणलाई टेवा दिन प्रयत्न गर्ने सहमति गरियो ।’

सन् २०१७ को मार्च मार्च महिनामा जनसंपर्क समिति बेल्जियमको निर्वाचन भएको थियो । त्यसमा पत्रकारहरुलाई सहजै प्रवेश गर्न नदिएको आरोप लगाएर पत्रकार महा संघ युरोप शाखाका अध्यक्ष केजिन राईले पत्रकार महासंघ युरोप शाखाले जनसंपर्क समिति, बेल्जियमको सबै न्युज बहिष्कार गर्ने घोषणा गरेका थिए । निर्वाचनको हुलमुलका बेला पत्रकारहरुलाई धकेलेर न्युज संकलनमा सहजै पहुँच नदिएकोले जनसंपर्क समिति बेल्जियमले माफि माग्नुपर्ने अन्यथा न्युज बहिष्कार गर्ने अडान राखेका थिए । जनसंपर्क समिति बेल्जियमले पत्रकार महासंघ युरोप शाखाका अध्यक्षको आरोपलाई अस्विकार गर्दै कुनै हालतमा माफि नमाग्ने अडान राखेको थियो । यहि घटनादेखि जनसंपर्क समिति र पत्रकार महासंघ युरोपबिच तिक्तता थियो ।

जन संपर्क समिति बेल्जियमले कुनैपनि हालतमा माफि नमागेपछि अहिले नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राई र जन नेपाली जनसंपर्क समिति बेल्जियमका अध्यक्ष सिता सापकोटाले त्यो तिक्तता हटाएर सहकार्य र एकता गर्ने बिज्ञप्ती जारि गरेका हुन् । यस्तो तिक्तता हटाउन दुई पक्षबिच भूमिका खेल्ने काम नेपाल पत्रकार महासंघ युरोपका सदस्य शेर बहादुर छन्त्यालले गरेको भन्दै ईन्द्र बहादु र्क्षेत्रीले प्रशंसा गरेका छन् । उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ‘सारै राम्रो निर्णय । दुबै सँस्थाका अध्यक्ष र मेलमिलापको वातावरण बनाउने पत्रकार शेर बहादुर छन्त्यालजीलाइ धन्यबाद छन् ।’

क्षेत्रीको प्रतिक्रियामा शेर बहादुर छन्त्यालले सहमति जनाएका छन्’सहमती र सहकार्यका लागी संस्थागत तथा व्यक्तिगत तत्परता देखाउनु हुने सबै मनहरु धन्यवादका पात्र हुन । सबैमा आभारी ।’

पत्रकार महासंघले जनसंपर्क समितिलाई बहिष्कार गर्ने निर्णयको त्यतिबेलाको यो न्युजपनि हेर्नुस्

जनसंपर्क समितिमा देउवा पक्षले हारेपछि पत्रकारले समाचार बहिस्कार गर्ने ?

तपाइँको प्रतिक्रिया