क्रिषकका समस्या समाधान गर्ने की बिउको माला लगाएर असार १५ मनाउने ?

हिजो असार १५ को दिन । यो नेपाली क्रिषककालागि एक महोत्सव, एउटा खुशि, उमंग र महत्वपूर्ण दिन । मुठी रोपेर मुरी फलाउने भनिन्छ । त्यसैले यो महत्वपूर्ण दिन हो । राजनितिक दलका नेताहरुले कुनै बन्द कोठामा धानको माला लगाएर असार १५ को महिमा गाएकोपनि देखियो । क्रिषी मन्त्रीले धान रोपेझैं गरेर केहिबेरमा मिनर वाटरले गोडा धोएको फोटोपनि सामाजिक सन्जालमा फैलिईरहेको छ । असार १५ को उत्सव मनाउने, हैशला बढाउने यो एक काइदा होला । यसले कसैलाई बेफाईदा त नगर्ला नै, फाईदापनि गर्दैन । यसमा द्रिष्टिकोणको अभाव छ । खेतमा गएर मनाउनुपर्ने उत्सव बन्दकोठामा मनाएर के फाईदा हुन्छ ?

असार १५ मा आम क्रिषकहरु मैदानमा हुन्छन् । हेलाम्मे खेत, धानका मुठा र हिलो माटोमा रमाईरहेका हुन्छन् । तिनलाई धान रोपेर हुने फाईदा र बेफाईदाको बहस र छलफल गर्ने फूर्सदपनि हुन्न । त्यसैले यो पर्व हिलोमाटो, रोपार, धानका मुठा, ब्याडसँग जोडिएर आउँनै पर्छ । असार १५ को महिमा घाँटीमा बिउको लगाएर हलमा मनाउने नै होइन । असार १५ मा क्रिषकहरु खेतमा हिलो, ब्याड, धानका मुठा, रोपाहारसित ब्यस्त रहेका बेला राजनितिक दलका नेताहरुले हलभित्र घाँटीमा धानको बिउ लगाएर कार्यक्रम गरेर के सन्देश दिन खोजेका हुन् ?

नेपाली आम क्रिषकका समान झन बढ्दै गएका छन् । मल र बिउ समयमा पाइन्न । मलको भाउ बढेर किन्नै नसकिने भएको छ । क्रिषकले मल र बिउ अति महँगोमा किन्छन् । क्रिषी औजारहरु उस्तै महँगा छन् । क्रिषी पेशा धान्नै नसकिने हुनलागेको छ । हरेक वर्ष क्रिषीको अवस्था खस्कँदो छ । हाम्रो उत्पादन घट्दो छ । त्यसैले आयात बढ्दो छ । हामीलाई खाँचो पर्ने खाद्दान्न बिदेशबाट ल्याउनुपर्छ । आफूलाई पुग्नेहरि आफ्नै देशमा उत्पादन कसरि गर्ने ? खै यसमा नेताहरुले ध्यान दिएको ? खै यो सरकारले निति बनाएको ? बनेका भए ति नितिहरु खै कडाईकासाथ लागू गरिएको ?

क्रिषकले अनेक दुखले उब्जाएको अन्नबाली ब्यापारीले तिनको बिउ, मल र औजारको खर्चपनि नउठ्नेगरि किनेर चार गुणा महँगोमा बेच्छन् । आफूले बिक्रि गरेको मूल्य भन्दा दश गुणा बढि मूल्यमा किसानहरुले किन्नुपर्छ । मल, बिउ बिजन, क्रिषी औजार र खाद्दान्न भण्डारको ब्यवस्था नहुँदा आफूले सस्तोमा बेक्रि गरेर महँगोमा किन्न नेपाली किसानहरु बाध्य छन् । तर राजनितिक दलका नेताहरु र सरकारले न बजार भाउ नियन्त्रणमा ध्यान दिएको छ । न क्रिषी मल, बिउ र औजारको मूल्य घटाएर वा अनुदान दिएर क्रिषकलाई सुविधा दिएको छ । नेपालको समग्र क्रिषी क्षेत्रको विकास, उन्नती र क्रिषकका समया समाधान गर्न पटक्कै ध्यान नदिने नेता र सरकारले असार १५ का दिन बिउको माला बनाएर घाँटीमा लगाउँदै हलभित्र असार १५ मनाउनु क्रिषकहरुप्रतिको ब्यंग्य हो । क्रिषी क्षेत्रप्रतिको उपहास हो ।

यो नेपालको आम क्रिषक र क्रिषी क्षेत्रसित जोडिएको महोत्सव भएकाले यसलाई समग्र रुपमा क्रिषक र क्रिषीलाईनै फाइदा हुने गरि मनाउन सकिन्छ । असार १५ नै मनाउने हो भने क्रिषी क्षेत्रको उन्नती र क्रिषकलाई न्याय हुनेगरि मनाउन सक्नुपर्छ ।

असार पन्ध्रको अवसरमा गोरखाको सिरानचोकमा रोपाईंमा सहभागिता जनाउँदै डा बाबुराम भट्टराई । तस्विरहरु अम्रितराज उपाध्यायको फेसबूक।

 

तपाइँको प्रतिक्रिया