लामिछानेले अमेरिकी नागरिकता त्यागे : दुतावास, लिखित रिपोर्ट पायौं : ग्रिह (प्रमाणसहित)

पत्रकार रवी लामिछानेलाई अझैपनि अमेरिकी नागरिक भनेर उचाल्ने काम गरिरहेका छन् केहि पत्रकार, प्रशासक र उनका बिरोधीहरुले । तर उनले अमेरिकी नागरिकता त्यागेको लिखित प्रमाणनै दिएको छ, अमेरिकी दुतावासले । काठमाडौंस्थित अमेरिकी दुतावासका कन्सुल जेरेमी जेविटले हस्ताक्षर गरेरै अमेरिकी स्ट्याप्म सहितको प्रमाण दिएका हुन् । त्यस्तैगरि आफूले प्राप्त गरेको अमेरिकी राहदानी, अमेरिकी नागरिकता र राष्ट्रियता फिर्ता बुझाएको प्रमाण ग्रिह मन्त्रालयले अध्यागमन विभाग मार्फत प्राप्त गरेकोपनि ग्रिह मन्त्रालयलेनै सार्वजनिक गरिदिएको छ । ग्रिह मन्त्रालयले अध्यागमन विभाग मार्फत पाएको भन्दै सूचना विभागलाई पत्र काटेरै जानकारि दिएको हो ।

रवी लामिछानी अमेरिकी नागरिक भन्दै नेपाल प्रेस काउन्सिलमा उनी बिरुद्द उजुरी पर्‍यो । काउन्सिलले उनका बारेमा छानबिन शुरु गरेको थियो । उनको वास्तबिक परिचय खोतल्ने क्रममा उनका बारेमा ग्रिह मन्त्रालयमापनि सूचना विभागले जानकारि माग्यो । त्यसपछि लामिछानेलाई देश निकाला गर्नुपर्ने, जेल हाल्नुपर्ने आदि बिभिन्न टिकाटिप्पणी गर्दै केहि मानिसहरु उनका बिरुद्द लागेका छन् । तर उनले अमेरिकी नागरिकता त्यागेको दुतावासले दिएको लिखत र ग्रिह मन्त्रालयको पत्रबाटै स्पष्ठ हुन्छ ।

नेपाल प्रेस काउन्सिलले भने उन्नीबिरुद्द उजूरी परेपछि सोधपुछ गर्दा ढाँटेको आरोप लगाएको छ । छानबिनका लागि सोधपुछका क्रममा रवी लामिछानेले आफू बिदेशी नागरिक भएको,  पत्रकार नभएको र श्रम ईजाजत लिएको झुठो जवाफ दिएको सूचना बिभावले उल्लेख गरेको छ । नेपालको कानुन, बिधी, प्रचलित नियमको पालना गर्दै शिष्ठ भाषा शैली प्रयोग गर्न, पत्रकारिताका आचार संहिता र पेशागत मर्यादामा ध्यान दिन भन्दै लामिछानेलाइ निर्देशन दिएको छ ।

तपाइँको प्रतिक्रिया