स्विजरल्याण्डमा बुद्दमार्गीकालागि अलग्गै चिहान, हिन्दूकालागिपनि बनाईने

स्विस सरकारले बुद्द धर्मावलम्भिहरुकालागि छुट्टै चिहान निर्माण गरिदिएको छ । गत मंगलवार स्विस सरकारले राजधानी बर्नमा बुद्द धर्मावलम्भिकालागि चिहान बनाएको घोषणा गरेको हो । ब्रेमगार्तेन भन्ने ठाउँको चिहान घोषणा कार्यक्रममा स्विस सरकारका करिब १५० उच्च प्रतिनिधीहरु सहभागि थिए । स्विजरल्याण्डमा पहिलो पटक यस्तो चिहान बनेको हो ।

सन् २०१६ को आँकडा अनुसार स्विजरल्याण्डमा ३७ हजार बौद्दमार्गीहरुको बसोबास छ । ति मध्ये धेरै थाई मूलका छन् । बौद्दमार्गीको माग अनुसार बर्न शहरका अधिकारीले यस्तो निर्णय गरेका हुन् । बौद्द धर्म विश्वको पाँचौ हो । बर्न शहरका अधिकारीको अबको योजना हिन्दूहरुकोलागि चिहान बनाइदिने छ ।

तपाइँको प्रतिक्रिया